Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलबाबर र इफ्तिखारको शतकीय इनिङ्समा पाकिस्तानले नेपाललाई दियो ३४३ रनको विशाल लक्ष्य

बाबर र इफ्तिखारको शतकीय इनिङ्समा पाकिस्तानले नेपाललाई दियो ३४३ रनको विशाल लक्ष्य


काठमाडौँ । एसिया कपको उद्घाटन खेलमा पाकिस्तानले नेपाललाई जितको लािग तीन सय ४३ रनको लक्ष्य दिएको छ ।

पाकिस्तानको मुल्तान रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानका कप्तान बाबर आजम र इफ्तिकर अहमदको सतकमा नेपाललाई पाकिस्तानले जितको लागि तीन सय ४३ रनको लक्ष्य दिएको हो । पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय ४२ रनको योगफल बनायो ।

विश्व वरियताको नम्बर एक ब्याटर बाबरले सर्वाधिक एक सय ५१ रनको योगदान दिए । उनले एक सय ३१ बलमा चार छक्का र १४ चौकाको मद्दतमा १५१ रनको योगदान दिएका हुन । बाबरलाई नेपालका सोमपाल कामीको बलमा सन्दीप जोराले खेल सकिन दुई बल बाँकी छँदा आउट गराएका हुन् ।

यसैगरी बाबरले ४१ दशमलव २ ओभरमा आफ्नो करियरको १९औँ शतक प्रहार गरेका हुन् । बाबरले अन्तिम पावर प्लेमा दीपेन्द्रसिंह ऐरीलाई दुई रन हान्दै शतक बनाएका थिए ।

त्यस्तै इफ्तिकरले आफ्नो करियरकै उच्च रन बनाए । उनले ७१ बलमा अविजित एक सय नौ रनको योगदान दिए । यसअघि न्युजिल्यान्डविरुद्ध उनले ९४ रन बनाएका थिए । दुवै खेलाडीले चौथो विकेटको लागि एक सय ३० बलमा दुई सय १४ रनको बलियो साझेदारी गरेका थिए ।

यसैगरी नेपाललाई करण केसीले पहिलो सफलता दिलाएका थिए । करणले पाँच दशमलव तीन ओभरमा सुरुआती ब्याट्सम्यान फखर जमानलाई विकेटकिपर आसिफ शेखबाट क्याच गराएका हुन् । फखरले २० बलमा तीन चौकासहित १४ रन बनाएका थिए ।

त्यस्तै पाकिस्तानले दोस्रो विकेटका रूपमा अर्का ओपनर इमान उलहकलाई गुमाएको थियो । उनी व्यक्तिगत पाँच रनमा आउट भएका थिए । नेपालका कप्तान रोहितकुमार पौडेलले इमानलाई आउट गराएका हुन् । फखर र इमामले पहिलो विकेटको लागि २१ रनको साझेदारी गरेका हुन् ।

तेस्रो विकेटको रूपमा पाकिस्तानले अनुभवी मोहम्मद रिजवानलाई गुमायो । पचास रनमा ४४ रन बनाइरहेका रिजवानलाई अलराउन्डर दीपेन्द्रसिंह ऐरीले रन आउट गराए ।

रिजवान र कप्तान बाबरले तेस्रो विकेटका लागि एक सय सात बलमा ८६ रनको साझेदारी गरेपछि पाकिस्तान बलियो स्थितिमा पुगेको हो ।

चौथो विकेट स्पिनर सन्दीप लामिछानेको नाममा रह्यो । सन्दीपले १४ बलमा पाँच रन बनाएर खेलिरहेका आघा सलमान कुशल भुर्तेलको हातबाट क्याच आउट गराए । त्यस्तै अन्तिम बलमा नेपालका सोमपाल कामीले पाकिस्तानका सदाम खानलाई आउट गराए । सदामले चार रन बनाएका थिए ।

नेपालले गत वैशाखमा घरेलु मैदानमा भएको एसिसी प्रिमियर कपको विजेताको हैसियतले एसिया कपमा सहभागिता जनाएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली…

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

वेष्टइण्डिज ‘ए’ टोली नेपाल आईपुग्यो

काठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न

नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा

काठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

Techie IT