लुका मोड्रिचसँग किन रिसाए रोनाल्डो

  • शनिबार, १६ भदौ, २०७५
  • 7 months ago
  • खेल

मिलान । यूरोपेली च्याम्पियन्स लिग ९यूइएफए० को बर्ष खेलाडीको व्यग्र प्रतिक्षा गर्दै आएका क्रिस्टियानो रोनाल्डो उपाधि क्रोयसियाका लुका मोडरिकले हात पारेसँगै क्रुद्ध बनेका युभेन्टस फुटबल क्लबका प्रशिक्षक मासिमिलानो अलेग्रीले शुक्रबार खुलासा गरेका छन् ।

 

रियल म्याड्रिड तथा क्रोयासियाको फुटबल टोलीमा मध्येक्षेत्रमा खेल्ने प्रसिद्ध खेलाडी मोडरिकले आफ्ना पूर्व टोली कप्तान रोनाल्डो र लिभरपुलका मोहम्मद सालालाई पछि पार्दै बिहीबार मोनाकोमा आयोजित पुरस्कार वितरण समारोहमा यस बर्षको बर्ष खेलाडी बन्न सफल भएका हुन् ।

 

बिहीबार रोनाल्डो साह्रै क्रुद्ध बने र यो सामान्य कुरा मात्र हो, अलेग्रीले भने ।

 

रानाल्डोले च्याम्पियन्स लिग मा अन्य सहयोगी खेलाडीको मद्दतमा १५ गोल गरे । उनकै टोलीका एक अर्का खेलाडीले पुरस्कार जिते । रोनाल्डोको धारणाले उनि अझै कति समय सर्वोत्कृष्ट खेलाडी रहने हो, शङ्का लाग्छ । यो हाम्रो लागि फाइदाको कुरा हो ।

 

अलेग्रीले थपे, ‘मोडरिकको छनौट मतदाताहरूको व्यक्तिगत छनौट थियो र यसलाई यस्तै रूपमा स्वीकार गर्नुपर्छ ।’

 

तेत्तीस बर्षीय रोनाल्डोलाई भने पत्रकार र च्याम्पियन्स लिग तथा यूरोपा लिगका फुटबल प्रशिक्षकहरूले सर्वोत्कृष्ट गोलकर्ताको उपाधिका लागि छनौट गरेका छन् । विश्वकपमा पनि सर्वोत्कृष्ट खेलाडीका रूपमा पुरस्कृत भएका मोडरिकको एकपछि अर्को गर्दै मिलेका सफलताले रोनाल्डो र लियोनल मेसीद्वारा करिब एक दशक कब्जा जमाएको बालन डि–ओरका लागि पनि दावेदार बनाएको छ ।

 

विश्व बर्ष खेलाडीको उपाधि पाँच पटक हात पारेका रोनाल्डोले रियल म्याड्रिड छोडेर यसै सिजनदेखि इटालियाली क्लब यूभेन्टसमा आवद्ध भएका  हुन् ।


थप समाचार

यस्तो रहेको छ तपाईको आजको भाग्य

  • 6 minutes ago
यस्तो रहेको छ तपाईको आजको भाग्य

वि.सं.२०७६ साल वैशाख ११ गते । बुधबार । ईश्वी सन् २०१९ अप्रिल २४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि पञ्चमी, २१ घडी १२ पला, दिउँस

पूर्वराष्ट्रपतिभन्दा पूर्वराजाको सुरक्षामा तीन गुणा बढी सुरक्षाकर्मी

  • 17 minutes ago
पूर्वराष्ट्रपतिभन्दा पूर्वराजाको सुरक्षामा तीन गुणा बढी सुरक्षाकर्मी

काठमाडौं । गणतन्त्र नेपालका पहिलो राष्ट्रपति रामवरण यादवको सरक्षामा ३० जना सुरक्षाकर्मी खटिएका । तर, पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि भने तीन गुणाभन्दा बढी सुरक्षाकर्मी खटिएको छ ।

रानी पोखरी निर्माणमा महानगरको दुई करोड डुब्यो

  • 18 minutes ago
रानी पोखरी निर्माणमा महानगरको दुई करोड डुब्यो

काठमाडौं । रानीपोखरी निर्माणमा महानगरपालिकाले दुई करोड घाटा व्यहोरेको छ । रानीपोखरी पुननिर्माण गर्ने १० वैशाख ०७३ मा निर्माण व्यवसायी वल्र्डवाइड कँडेल के एन्ड केजी जेभीसँग ६ करोड २९ लाखमा सम्झौता भएको



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ तपाईको आजको भाग्य

यस्तो रहेको छ तपाईको आजको भाग्य

वि.सं.२०७६ साल वैशाख ११ गते । बुधबार । ईश्वी सन् २०१९ अप्रिल २४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि पञ्चमी, २१ घडी १२ पला, दिउँसो ०२ बजेर ०२ मिनेट उप्रान्त षष्ठी । नक्षत्र मूल, ३८ घडी ४० पला, बेलुकी ०७ बजेर ०१ मिनेट उप्रान्त पूर्वाषाढा ।

विचित्र विश्व

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।