बलोन डी’ओर अवार्ड आफूले पाउनुपर्ने रोनाल्डोको तर्क

  • मंगलबार, १३ कार्तिक, २०७५
  • 6 months ago
  • खेल

काठमाडौ । इटाललियन फुटबल क्लब युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफूले बलोन डी’ओर अवार्ड पाउनुपर्ने तर्क गरेका छन् । बलोन डी’ओरको आयोजक फ्रान्स फुटबलसँग कुरा गर्दै रोनाल्डोले आफू इतिहासको उत्कृष्ट मध्येको एक फुटबल खेलाडी भएको कारणले गर्दा बलोन डी’ओर अवार्ड आफूले पाउनुपर्ने तर्क गरेका हुन् । 

 

अन्तर्वार्ताको क्रममा रोनाल्डोले आफूमाथि रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले व्यापार गरेको आरोप लगाएका छन् । पेरेजप्रति निकै आक्रामक बनेका रोनाल्डोले आफूले राम्रो गर्दा गर्दै पेरेजको व्यवहारको कारण आफू ९ वर्षपछि रियल छोड्न बाध्य भएको बताएका हुन् । 

समर ट्रान्सफर विन्डोमा कूल ११२ मिलियन यूरोमा रियलमड्रिडबाट स्थानान्तरण भएका क्रिस्टियानोले भने ‘पेरेजले जहिले पनि मलाई व्यापारिक आँखाले हेरे ।’ 

 

आफूसँग रियल मड्रिडको  मिठो सम्झना रहेको भन्दै उनले थपे ‘अध्यक्षले मलाई दिर्घकालिन रुपमा कहिल्यै पनि सोचेनन् । जे जति काम भयो व्यापारिक रुपले मात्रै भयो । यसरी म माथि निर्णय हुन थालेपछि मैले क्लब छोड्ने निर्णय लिएको हुँ ।’

 

तर, क्रिस्टियानोले आफू पैसाको लागि युभेन्ट्स नआएको बताएका छन् । यसबारेमा उनले भने ‘यदी पैसाको लागि भएको भए म चीन जान्थे ।’

त्यस्तै, अन्तर्वार्ताको क्रममा उनले आफू उत्कृष्ट मध्येको एक खेलाडी भएको कारणले गर्दा बलोन डी’ओर अवार्ड आफूले पाउनुपर्ने बताएका छन् ।

 


थप समाचार

यस कारण लाग्छ मानसिक रोग

  • 4 minutes ago
यस कारण लाग्छ मानसिक रोग

बोली, चेतना, भावना, विचार, स्मृति, स्मरणशक्ति आदिजस्ता मानव मस्तिष्कले गर्ने कार्यमा गडबडी हुनुलाई सामान्यतया मानसिक रोग भनिन्छ । मानसिक रोग लाग्ने विभिन्न कारण छन् ।

तारा सुतारिया भन्छिन्, ‘सिद्धार्थसँग चक्कर छैन’

  • 42 minutes ago
तारा सुतारिया भन्छिन्, ‘सिद्धार्थसँग चक्कर छैन’

करण जोहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर–२’बाट डेब्यु गरेकी अभिनेत्री तारा सुतारिया अचेल चर्चामा छन् । डेब्यु फिल्मले बक्स अफिसमा आशा अनुरुप ब्यापार पर्न नसकेपनि अभिनेता सिद्धार्थ मल्होत्रासँगको अफेयरको ख

अभिनेत्री दिशाले आफूलाई आलु ठानिन्

  • 52 minutes ago
अभिनेत्री दिशाले आफूलाई आलु ठानिन्

बलिउड अभिनेत्री दिशा पटानीको सुन्दर फिगरको राम्रो चर्चा हुने गरेको छ । कतिपयले उनको मेन्टिनेन्सको समेत तारिफ गर्ने गर्छन् । तर, उनी आफूले भने आलु जस्तो देखिने गरेकी बताउने गरेकी छन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस कारण लाग्छ मानसिक रोग

यस कारण लाग्छ मानसिक रोग

बोली, चेतना, भावना, विचार, स्मृति, स्मरणशक्ति आदिजस्ता मानव मस्तिष्कले गर्ने कार्यमा गडबडी हुनुलाई सामान्यतया मानसिक रोग भनिन्छ । मानसिक रोग लाग्ने विभिन्न कारण छन् ।