IIMS College

ISMT

HUB Education

कति छ बेलायतको राजपरिवारको सम्पत्ति ?

  • सोमबार, २८ पुष, २०७६
  • 2 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । बेलायतको राजपरिवारको आर्थिक अवस्थाबारे धेरैलाई थाहा छैन । किनकी उनीहरुको आर्थिक कारोबारको बारेमा धेरैलाई जानकारी नै दिइदैन । ब्रिटेनको राजपरिवारको कति सम्पत्ति छ भन्नेबारेमा एनबीसीले एउटा रिपोर्ट तयार पारेको छ । हामीले सोही रिपोर्टको आधारमा बेलायती राजपरिवारको सम्पत्तिबारे जानकारी प्रस्तुत गरेका छौं । 

 

क्विन एलिजावेद– द्वित्तिय राजपरिवारको सबैभन्दा धनी सदस्य हुन् । फोब्र्सका अनुसार उनको कूल सम्पत्ति ५३० मिलियन डलर छ । यो सम्पत्ति निकै धेरै हो तर, विश्वका धनीहरुको सूचीमा भने उनी पर्न सकेकी छैनन् । तै पनि एलिजावेदसँग कसरी यतिका धेरै पैसा छ त ?

 

एलिजावेदले मुख्य तीन तरिकाले सम्पत्ति जोड्ने गरेकी छिन् । उनको व्यक्तिगत सम्पत्ति, सार्वभौम अनुदान तथा निजी आम्दानीबाट उनले सम्पत्ति जोड्दै लगेकी हुन् । 

 

व्यक्तिगत सम्पत्तिमा रानीको इन्भेस्टमेन्ट पोर्टफोलियो तथा व्यक्तिगत जग्गाहरु छन् । उनको निजी गहना तथा कला रहेको छ । त्यस्तै, स्कटल्याण्डको बाल्मोरेलमा ठूलो दरबार छ । त्यो उनको पैत्रिक सम्पत्ति हो । जसको कूल मूल्य १७५ मिलियन डलर छ । त्यस्तै, घोडादौड रानीको शौख हो । पछिल्लो तीन दशकमा उनले घोडादौडबाट मात्रै ९ मिलियन डलर आम्दानी गरेकी छिन् ।

 

 

राजपरिवारलाई ब्रिटिस सरकारले अनुदान पनि दिने गरको छ । कसैको स्वागत गर्नको लागि, कुनै कुराको पुनःनिर्माण, घुम्न लगायतको कामको लागि सरकारले पैसा दिने गरेको छ । सन् २०१७ तथा २०१८ मा ब्रिटिस सरकारले राजपरिवारलाई १०० मिलियन डलर अनुदान दिएको थियो । त्यस्तै, इडेनवर्गको संसदबाट एलिजावेदका श्रीमानलाई ५ लाख डलर भत्ता आउने गर्छ । सन् २०१६ तथा २०१७ मा रानीले युके प्रतिव्यक्ति ९० सेन्ट राजश्व उठाएकी थिइन् । हुलाक टिकटमार्फत उक्त राजश्व उठाइएको हो ।

 

तेस्रो आम्दानीको स्रोत हो, डची ल्यानकास्टर । डची ल्यानक्यास्टरको भ्याल्यु करिब ७ सय मिलियन डलर छ । भाडामा दिइएको यो स्थानबाट रानीले वार्षीक २५ मिलिउन डलर पाउँछिन् । त्यस्तै, रानीको छोरा चाल्र्स जो वेल्सका राजकुमार पनि हुन् उनले पनि डची क्रोनवालबाट २५ मिलियन नै पाउँछन् । उनको नेटवर्थ ४०० मिलियन डलरको हाराहारीमा छ । 

 

युके राजपरिवारको सम्पूर्ण भ्याल्यु जम्मा १ बिलियन डलरभन्दा पनि बढी छ । त्यस्तै, प्रिन्स विलियमको ३० मिलियन, क्याम्ब्रिज डचेजको ७ मिलियन तथा प्रिन्स ह्यारीको २५ मिलियन छ । 

 

त्यस्तै, राजपरिवारको नाममा १७ बिलियन बराबरको क्राउन स्टेट छ । यसलाई बेलायतकै एउटा संस्थाले व्यवस्थापन गरिरहेको छ । त्यस्तै, मुकुट लगायतका मूल्यवान् गरगहनाहरु पनि राजपरिवारको नाममा रहेको छ । यसको जम्मा मूल्य १५ बिलियन डलर बराबर रहेको छ । यसलाई पुस्तौदेखि हस्तान्तरण गरिदै आएको छ । यसलाई रानीको निजी सम्पत्तिको रुपमा गनिदैन ।


थप समाचार

शनिबार भेटिएका तीन जना कोरोना भाइरस संक्रमितको स्वास्थ्य अवस्था कस्तो छ ?

  • 4 minutes ago
शनिबार भेटिएका तीन जना कोरोना भाइरस संक्रमितको स्वास्थ्य अवस्था कस्तो छ ?

काठमाडौँ । कैलाली र कञ्चनपुरमा भेटिएका तीन नयाँ कोरोना भाइरस सङ्क्रमितको उपचार सेती प्रादेशिक अस्पतालमा भइरहेको छ । नयाँ भेटिएका कोरोना भाइरसका सङ्क्रमितको अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालक

'जुन देशको पनि पहिलो काम त आफ्ना नागरिकको ज्यान बचाउने नै हो'

  • 55 minutes ago
'जुन देशको पनि पहिलो काम त आफ्ना नागरिकको ज्यान बचाउने नै हो'

काठमाडाैँ । शुक्रबार अपराह्न भैँसेपाटीस्थित निवास पुग्दा उहाँले चिनियाँ सरकारका प्रतिनिधि, प्राध्यापक र चिकित्सकहरुबाट बधाई ग्रहण गरिरनुभएको थियो । उहाँको वीच्याट अकाउन्टमा निरन्तर फोनको घन्टी बजिरहेप

नेपालमा एक दिनमै तीन जना नयाँ कोरोना भाइरस संक्रमित फेला परे

  • 1 hour ago
नेपालमा एक दिनमै तीन जना नयाँ कोरोना भाइरस संक्रमित फेला परे

काठमाडौँ । नेपालमा एक दिनमै तीन जना नयाँ कोरोना भाइरस संक्रमित फेला परेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप तीनजनामा कोरोना संक्रमित भेटिएको पुष्टि गरेको हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

काठमाडाैँ । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।