Techie IT
२०८१ वैशाख ६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिय४ वर्षपछि पाकिस्तान फर्किए नवाज शरीफ, फेरि प्रधानमन्त्री बन्ने उनको दाबी

४ वर्षपछि पाकिस्तान फर्किए नवाज शरीफ, फेरि प्रधानमन्त्री बन्ने उनको दाबी


एजेन्सी । पाकिस्तानबाट ४ वर्ष निर्वासन भोगेर स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री नवाज सरिफले लाहोरमा पहिलो जनसभा गरेका छन् ।

यस क्रममा उनले पाकिस्तानी जनताको भावना महसुस गर्दै आफ्नो भावी योजना सेयर गरेका छन् ।

नवाज शरीफ आगामी चुनावमा आफ्नो पार्टीको नेतृत्वमा चुनाव जित्ने उद्देश्यले पाकिस्तान फर्केका छन्।

उनी फेरि पाकिस्तानको प्रधानमन्त्री बन्न चाहन्छन् । त्यसैले उनले पाकिस्तानमा आउनेबित्तिकै धेरै ठूला सपना देखाइसकेका छन् । गरिबी, भोकमरी, बेरोजगारी र खराब अर्थतन्त्रसँग लडिरहेको पाकिस्तानलाई नवाजले ट्रयाकमा ल्याउने सपना देखेका छन् ।

नवाज शरीफले शनिबार नगद अभावमा परेको देशको हालको आर्थिक संकटमा शोक व्यक्त गर्दै भने, यदि देश आफ्नो १९९० को आर्थिक मोडेल मा अगाडि बढेको भए यहाँ एक जना पनि बेरोजगार हुने थिएन।

पाकिस्तान फर्केको केही घन्टापछि नै ७३ वर्षीय सरिफले शनिबार साँझ मिनार–ए–पाकिस्तानमा भेला भएका भीडलाई सम्बोधन गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भारतको कश्मीरमा डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी । भारत प्रशासित कश्मीरमा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा केही बालबालिका बेपत्ता

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन दूतावासको आग्रह

काठमाडौँ। इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध

युक्रेनको पावर प्लान्टमा रुसको आक्रमण

काठमाडौँ । रुसले युक्रेनको ठूलो मध्येको एक पावर प्लान्टमा आक्रमण गरी ध्वस्त बनाइदिएको छ । विहीबार कियभ क्षेत्रमा रहेको ट्रिपिलिस्का

गाजाको शरणार्थी शिविरमा इजरायलको हवाई आक्रमण

काठमाडौँ । गाजामा रहेको शरणार्थी शिविरमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा १४ जना प्यालेस्टाइनी नागरिकको ज्यान गएको छ । गएराति

ह्यारिस भए आयरल्याण्डकाे सबैभन्दा कान्छो प्रधानमन्त्री

लण्डन । आयरल्याण्डको संसदले सिमोन ह्यारिसलाई देशको नयाँ र सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा चयन गरेको छ । लियो वराडकरको गत

भारतको नैनितालमा जिप दुर्घटना हुँदा सात नेपालीको मृत्यु

काठमाडौँ । भारतको नैनितालमा जिप दुर्घटना हुँदा सात नेपालीको मृत्यु भएको छ । घटनामा अर्का एकजना भारतीयको पनि मृत्यु भएको

Techie IT