विमानस्थलबाट पक्राउ परेका रुप ज्योति र उनकी छोरीलाई ३ दिन हिरासतमा राख्न आदेश

  • शुक्रबार, २२ कार्तिक, २०७६
  • 6 months ago
  • नेपाल

काठमाडौँ  । ठगी आरोपमा पक्राउ परेका पूर्वअर्थ सहायकमन्त्री एवं व्यवसायी रुप ज्योतिलाई तीन दिन  हिरासतमा राख्न आदेश दिएको छ । शुक्रबार काठमाडौँ जिल्ला अदालतले मन्त्री रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई तीन दिन थुनामा राखेर मुद्दाको अनुसन्धान गर्न आदेश दिएको हो ।

 

प्रहरीले उनीहरुलाई एक साता थुनामा राख्न अनुमति मागेको भए पनि अदालतले तीन दिनको लागि मात्रै अनुमति दिएको हो । परिसरका डीएसपी होबिन्द्र बोगटीले अदालतको आदेशपछि आरोपीविरुद्धको उजुरीमा अनुसन्धान अगाडि बढाइने बताएका छन् । 

 

महानगरीय प्रहरी परिसर काठमाडौँले रुप ज्योतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार साँझ पक्राउ गरेको थियो । उनले हाउजिङका नाममा विभिन्न व्यक्तिसँग करोडौँ ठगी गरेको आरोप उनीमाथि लागेको छ ।


थप समाचार

मनाङमा देखा पर्यो सेतो हिमाली गिद्ध

  • 3 minutes ago
मनाङमा देखा पर्यो सेतो हिमाली गिद्ध

मनाङ । ‘सेतो हिमाली गिद्ध मनाङ’मा देखा पर्न थालेको छ । सो प्रजातिको गिद्धलाई विश्व संरक्षण सङ्घ (आइयुसिएन)ले सन् २०१७ मा लोपोन्मुख पंक्षी बर्गमा राखेको थियो ।

बौद्ध जोरपाटीका पसल खुला

  • 8 minutes ago
बौद्ध जोरपाटीका पसल खुला

काठमाडौँ । बौद्ध, जोरपाटी तथा नारायणटारका पसल खुल्न थालेका छन् । कोरोना भाइरसको जोखिम हुन नदिन गत चैत ११ गतेदेखि जारी लकडाउनको ७३ दिन बितिसकेको छ । लकडाउन लम्बिँदै गएपछि व्यवसायीले जीविकोपार्जन गर्न

अमेरिकी राष्ट्रपतिको चुनावको संघारमा ओबामा सक्रिय

  • 14 minutes ago
अमेरिकी राष्ट्रपतिको चुनावको संघारमा ओबामा सक्रिय

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकी समाजभित्रको गहिरो जातीय र सामाजिक–आर्थिक असमानता उजागर भएसँगै उत्पन्न ऐतिहासिक संकटका बीच आफ्नो सार्वजनिक जीवनलाई पुनः सक्रिय तुल्याएका छन्।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।