IIMS College

ISMT

HUB Education

राष्ट्रपति हमिदको रुपाकोटमा भव्य स्वागत

  • बिहीबार, २८ कार्तिक, २०७६
  • 3 weeks ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

कास्की । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको कास्कीको रुपाकोट गाउँपालिकास्थित रुपाकोट रिसोर्टमा भव्य स्वागत गरिएको छ । नेपालको राजकीय भ्रमणमा आएका राष्ट्रपति हमिद पोखरा र आसपासको दृश्यावलोकनका लागि आज यहाँ आएका हुन् । रुपाकोटमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, रुपा गाउँपालिकाका प्रमुख नवराज ओझा, उपप्रमुख लालसुब्बा गुरुङ, जनप्रतिनिधि तथा सरकारी कर्मचारीलगायतले स्वागत गरे । 

 

उनको स्वागतार्थ रुपा गाउँपालिकाको मुख्य प्रवेशद्वार खोलाको छेउ र रुपाकोट रिसोर्टको मुख्य प्रवेशद्वारमा आकर्षक स्वागतद्वार राखिएको थियो । राष्ट्रपति हमिद हेलिकोप्टरबाट सवार भए पनि स्थानीयवासीले उहाँ आउने सूचना पाएसँगै पोखराको विजयपुरदेखि नै बिहानैदेखि पानीले भरिएका घडा राखेर स्वागत गरेका थिए ।

 

राष्ट्रपति हमिदलाई स्वागतार्थ मुस्लिम समुदायको झाँकी, दलित समुदायको पञ्चेबाजा तथा नेवार समुदायबाट लाखे नाचका साथै गुरुङ समुदायको घाटु र मारुनी नृत्य देखाइएको थियो । राष्ट्रपति हमिद आउने कुरासँगै उत्साहित यहाँका स्थानीयवासी उहाँलाई स्वागत गर्न पाउँदा निकै खुशी देखिन्थे ।

 

पोखरा र लेखनाथका विभिन्न भूभागसहित रुपाताल र बेगनासतालको दृश्य एक साथ अवलोकन गर्न सकिने यहाँबाट देखिएको माछापुच्छ«, अन्नपूर्णलगायतका हिम शृङ्खलाले राष्ट्रपति हमिदलाई लोभ्याएको सहजै अनुमान गर्न सकिन्थ्यो ।

 

उनले हिमाल, तालसहितका दृश्य निकै उत्सुकताका साथ अवलोकन गरेका थिए । आज बिहानैदेखि मौसमको प्रतिकूलताका कारण नखुलेको हिमाल हमिद आउनुपूर्व केही समय अघि मात्रै खुलेको थियो । रुपाकोटमा रहँदा हमिदले ताल र हिमालका सम्बन्धमा अभिरुचिका साथ चासो व्यक्त गरे भने उच्च पहाडी भूभागमा सडक र खानेपानी पु¥याइएको सम्बन्धमा पनि जिज्ञासा राखेका थिए । 

 

राष्ट्रपति हमिदलाई गाउँपालिका प्रमुखले नेपालमा परम्परागतरुपमा उत्पादन गरिँदै आइएको काठको ठेकी उपहार दिए । झण्डै डेढ घण्टा समय रुपाकोटमा विताएर चियापान गरी राष्ट्रपति हमिद आजै काठमाडौँ फर्काए । उनलाई गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री बस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री चुमान, गाउँपालिका प्रमुख नवराज ओझालगायतले बिदाइ गरे । 


थप समाचार

भुटानी राजा र रानीको प्रेमकथा !

  • 14 minutes ago
भुटानी राजा र रानीको प्रेमकथा !

भुटानी राजा र रानीको प्रेम कथाबारे कमैलाई थाहा छ । भुटानी राजा जिम्मे खेसर नामग्येल वाङचुकले सन् २००८ मा राजगद्धी सम्हालेका थिए । ‘ग्रोस नेशनल ह्याप्पीनेश’ को सुरुवात गरेको भुटानमा १९९९ सम्म विदेशी टे

अनुहारमा चमक ल्याउन यस्ता चिया पिउने

  • 20 minutes ago
अनुहारमा चमक ल्याउन यस्ता चिया पिउने

जिराको चियाः यसका एन्टिअक्सिडेन्ट तथा ब्याक्टेरियल हुन्छ । यसले छालामा आउने डन्डीफोर ठीक पार्छ । बढ्दो उमेरमा अनुहारमा समस्या आउँदैछ ।

शेफिल्ड युनाइटेडलाई न्युक्यासलले हरायो

  • 24 minutes ago
शेफिल्ड युनाइटेडलाई न्युक्यासलले हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत न्युक्यासल युनाइटेडले जित निकालेको छ । शुक्रबार विहान सम्पन्न खेलमा न्युक्यासलले शेफिल्ड युनाइटेडलाई २ - ० गोलले पराजित गरेको हो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

अनुहारमा चमक ल्याउन यस्ता चिया पिउने

अनुहारमा चमक ल्याउन यस्ता चिया पिउने

जिराको चियाः यसका एन्टिअक्सिडेन्ट तथा ब्याक्टेरियल हुन्छ । यसले छालामा आउने डन्डीफोर ठीक पार्छ । बढ्दो उमेरमा अनुहारमा समस्या आउँदैछ ।

विचित्र विश्व

भुटानी राजा र रानीको प्रेमकथा !

भुटानी राजा र रानीको प्रेमकथा !

भुटानी राजा र रानीको प्रेम कथाबारे कमैलाई थाहा छ । भुटानी राजा जिम्मे खेसर नामग्येल वाङचुकले सन् २००८ मा राजगद्धी सम्हालेका थिए । ‘ग्रोस नेशनल ह्याप्पीनेश’ को सुरुवात गरेको भुटानमा १९९९ सम्म विदेशी टेलिभिजन प्रतिबन्ध थियो ।