रुपन्देहीमा प्रहरी र तस्करबीच गोली हानाहान, तस्करको ज्यान गयो, एक प्रहरी घाइते

सांकेतिक फाेटाे

भैरहवा । रुपन्देहीमा गस्तीमा रहेका प्रहरी टोलीमाथि अकस्मात् गोली प्रहार भएपछि जवाफी कारबाहीमा एक तस्कर मारिएका छन् भने एक प्रहरी जवान घाइते भएका छन्। 

 

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका एक तस्करले प्रहरीमाथि गोली चलाएपछि तत्कालै गरिएको जवाफी कारबाहीमा तस्कर घाइते भएपछि उपचारको लागि अस्पताल लैजाँदै तस्कर मारिएको प्रहरीले बताएको छ । भने प्रहरी जवानको बायाँ पाखुरामा गोली लागेको छ।

 

 

सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा प्रहरीले शनिबार राति गस्ती गरिरहेको बेला टोलीमाथि अकस्मात् गोली प्रहार भएपछि जवाफी कारबाहीमा ती तस्करको मृत्यु भएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले जानकारी बताए । 

 

हाल उनको शव हाल पोष्टमार्टमका लागि भीम अस्पताल, रुपन्देहीमा राखिएको छ । मृतकको परिचय भने खुलेको छैन ।  

 


थप समाचार

संसदमा विश्वासको मत जित्दै जोगाइन् बेलायती प्रधानमन्त्रीले कुर्सी

  • 25 minutes ago
संसदमा विश्वासको मत जित्दै जोगाइन् बेलायती प्रधानमन्त्रीले कुर्सी

बुधबार सांझ हाउस अफ कमन्समा मतदान हुँदा प्रधानमन्त्री मेको पक्षमा ३ सय २५ मत परेको छ भने विपक्षमा ३ सय ६ मत खस्यो ।

बेलायती प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि संसदमा मतदान हुँदै

  • 2 hours ago
बेलायती प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि संसदमा मतदान हुँदै

लण्डन । बेलायती प्रधानमन्त्री टेरेसा मेविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि बुधबार सांझ बेलायती संसद (हाउस अफ कमन्स) मा मतदान हुंदैछ ।

मानव बेचबिखनमा दाेषी ठहर गर्दै बीस वर्ष जेल सजायँ

  • 6 hours ago
मानव बेचबिखनमा दाेषी ठहर गर्दै बीस वर्ष जेल सजायँ

नुवाकोट । युवतीलाई ललाइफकाइ भारतमा बिक्री गरेको कसुरमा दोषी ठहर गर्दै एक जनालाई अदालतले २० वर्ष कैद सजायको फैसला सुनाएको छ ।



जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।