रश्मोरको दौडमा नेपालीहरुको उत्साहजनक सहभागिता

  • बुधबार, ३१ असोज, २०७५
  • 9 months ago
  • युके
Education Park

 

अल्डरसट । ग्रेटर रश्मोर नेपाली कम्युनिटी , रश्मोर बरो काउन्सिल र ब्ल्याकवाटर भ्याली रनर्सको संयुक्त आयोजनामा गत आइतबार १० किमी दौड तथा फन रन सम्पन्न भए ।

 

अल्डरसटस्थित कुइन्स एभिन्युमा  आयोजित दौडमा उल्लेख्य संख्याका नेपालीसहित  बेलायती र केहि अरु समुदाय समेत गरेर लगभग १६ सय जना भन्दा बढीको सहभागिता रहेको थियो ।१० किमी दौड र फन रन दुवैमा नेपालीहरु उत्साहजनक रुपमा सहभागी भएका थिए ।

 

यस वर्ष पहिलोपटक दौडको उद्घाटन ग्रेटर रश्मोर नेपाली कम्युनिटीका अध्यक्ष जिब बेल्वासेले गरेका थिए ।  दौडको संयोजन कम्युनिटीका सल्लाहकार मेजर खिम गौचन र सह संयोजन  सदस्य  बिर बलालले  गरेका थिए । स्थानीय सांसद समेत सहभागी भएको  रनको उद्घाटन गर्ने अवसर नेपाली कम्युनिटीका अध्यक्षलाई दिइनुले स्थानीय स्तरमा नेपालीको प्रतिष्ठा बढेको मात्र नभएर  अरु समुदायसंगको आपसी सद्भाव बढाउन संस्था सफल रहेको पनि प्रमाणित भएको  वरिष्ठ उपाध्यक्ष रामधन राईले बताए।

 

 

हरेक वर्ष अक्टोबर महिनामा ग्रेटर रशमोर नेपाली कम्युनिटी , रशमोर बरो काउन्सिल र ब्ल्याक वाटर भ्याली रनर्सको संयुक्त आयोजनामा हुने १० किमी र फन रन  कार्यक्रमले नेपाली  र ब्रिटिश समुदायबीच सुमधुर सम्बन्ध विस्तार गर्नमा ठुलो सहयोग पुगेको  सांसद लियो डोकतिले बताए ।

 

फन रन तर्फको सम्पूर्ण जिम्मा उपाध्यक्ष नेम थापाले लिएका थिए भने कोषाध्यक्ष टोप पल्लीले उनलाई सहसंयोजकको रुपमा सहयोग गरेका थिए । सिंगो कार्यसमिति एवं सल्लाहकारहरुको सक्रिय सहयोग तथा सहभागिता रहेको उक्त रनको कन्ट्रोल रुमको जिम्मा उपाध्यक्ष रन्जिता मल्ल, प्रवक्ता प्रमिला राई, सल्लाहकार क्याप्टेन ग्यारी घले, क्याप्टेन बिर थापा लगायतले लिएका थिए । महासचिव मान गुरुङले दौडको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए।

 

मार्शलतर्फ सल्लाहकार क्याप्टेन विष्णु थापा लगायत मद्धत समुहले भुमिका निभाएको थियो । दौडको समापनिपछि बिर थापाले सांस्कृतिक प्रस्तुति दिएका थिए ।

 

कार्यक्रमको अन्त्यमा अध्यक्ष जीव बेल्वासेले कार्यक्रमको सफलताको लागि प्रत्यक्ष एवं परोक्ष रुपमा सहयोग गर्ने  निवर्तमान अध्यक्ष, सल्लाहकारहरु, कार्यसमितिको टिम , संस्थाका आजीवन सदस्यहरुसहित नेपाली र स्थानीय बेलायती समुदायका साथै संयोजक सल्लाहकार मेजर खिम गौचन र उनको टिमलाई धन्यवाद ज्ञापन गरेका थिए । 

 

 

- प्रमिला लाबुंग राई

 


थप समाचार

हवाई आक्रमणमा बीस सर्बसाधारण मारिए

  • 55 minutes ago
हवाई आक्रमणमा बीस सर्बसाधारण मारिए

एजेन्सी । विद्रोहीको बलियो प्रभाव रहेको सिरियाको उत्तरपश्चिम भागमा पर्ने इद्लिब प्रान्तको व्यस्त बजार इलाकामा सोमबार भएको एक हवाई आक्रमणमा २० सर्वासाधारण मारिएका छन् ।

उत्तर कोरियाली बनायो पनडुब्बी

  • 1 hour ago
उत्तर कोरियाली बनायो पनडुब्बी

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ अनले हालै निर्माण गरिएको पनडुब्बीको निरीक्षण गरेका छन् ।

बेलायतको लिबरल पार्टी नेतामा पहिलो महिला निर्वाचित

  • 1 hour ago
बेलायतको लिबरल पार्टी नेतामा पहिलो महिला निर्वाचित

लन्डन । बेलायतको युरोपेली युनियन पक्षधर विपक्षी दल लिबरल डेमोक्र्याटिक पार्टीको नेतामा पहिलो पटक महिला नेत्री चुनिएकी छिन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

साउन महिनामा ब्रत किन बस्ने ?

साउन महिनामा ब्रत किन बस्ने ?

काठमाडौँ । हिन्दु धर्मको १० प्रमुख नियम रहेको छ ः १.ईश्वर भक्ति २.सन्ध्योपासना ३.व्रत ४.तीर्थ ५.चाड ६.दान ७.यज्ञ ८.संस्कार ९.सेवा १०.धर्म प्रचार । ईश्वर भक्तिको अर्थ ब्रम्ह शक्तिको सत्यमा समर्पित रहेको छ । सन्ध्या बन्दन एक विशेष प्रार्थना हो जुन आठ प्रहरमध्ये दुई प्रहर खास हुने गर्दछ ।

विचित्र विश्व

इन्स्टाग्राममा बेचिन्छ मानव खोपडि

इन्स्टाग्राममा बेचिन्छ मानव खोपडि

एजेन्सी । बेलायतमा सामाजिक सञ्जाल इन्स्टाग्राममा मानव खोपडि बिक्री हुने गर्दछ । स्थानिय मिडिया ‘द सन’ का अनुसार धेरैजसो हड्डी तथा खोपडिको विक्री रिसर्च तथा मेडिकल साइन्सको प्रयोजनका लागि गरिन्छ ।