Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनग्लोबल नेपाली फिल्म अवार्डको छैठौं संस्करण अगष्ट १२ मा न्यूयोर्कमा हुने

ग्लोबल नेपाली फिल्म अवार्डको छैठौं संस्करण अगष्ट १२ मा न्यूयोर्कमा हुने


काठमाडौँ। ‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को छैठौं संस्करण अमेरिकाको न्यूयोर्कमा अगष्ट १२ तारिखमा हुने तय भएको छ। चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को आयोजना गरिदैं आएको र यस बर्षको अवार्ड कार्यक्रम न्यूयोर्क क्विन्स शहरको मेलरोज बलरुममा हुने ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले बताएका छन्।

एटिए एभरेष्ट इन्स्योरेन्सको मुख्य प्रायोजन र सुनिल पाठक एजेण्ट अल स्टेट इन्स्योरेन्स कम्पनिको सह–प्रायोजनमा हुने ग्लोबल नेपाली फिल्म अवार्डको छैठौं संस्करणको होस्ट अर्गनाइजर ड्रिम्स युनिभर्सल एलएलसि न्यूयोर्क रहने भएको छ भने आयोजकको रुपमा नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड, गोल्डेन स्टेट मुभी मेकर र ८८४८ मिडिया हाउस एल एल सीले संयुक्त रूपमा छैठौं ग्लोबल नेपाली फिल्म अवार्ड’ आयोजना गर्ने अवार्डका संरक्षक तथा नेपाल फिल्म सोसाइटीका केन्द्रिय अध्यक्ष कृष्ण मल्लले जानकारी गराएका छन्। अवार्डका अघिल्ला पांच संस्करण कोलोराडो र सनफ्रान्सिस्कोमा भएका थिए।

अवार्ड आयोजनाको उद्देश्य विदेशमा नेपाली फिल्मको प्रवर्द्धन गर्नु रहेको आयोजक संस्थाड्रिम्स युनिभर्सल एलएलसि न्यूयोर्कका अध्यक्ष सैलेश श्रेष्ठले बताए।‘नेपाललाई फिल्म टुरिजमको हब बनाउन अवार्डले भूमिका खेल्नेछ’, उनले भने।

नेपालबाट गएका र अमेरिकामा बस्ने कलाकर्मीहरूको पुनर्मिलन गराउने र नेपाललाई विदेशीमाझ चलचित्र छायांकन गर्न सुन्दर ठाउँको रूपमा प्रचार गर्नु पनि अवार्डको उद्देश्य रहेको समेत चलचित्र निर्देशक ८८४८ मिडिया हाउस एल एल सीका अध्यक्ष नारायण पुरी बताउछन्।

‘यो अवार्डको उद्देश्य विदेशमा नेपाली चलचित्रको प्रबर्धन गर्नु हो। नेपाली चलचित्रको सफलता विदेशमा गएर मनाउनका लागि हो। अमेरिकामा नेपालबाट धेरै कलाकारहरु पुगेका छन्, उनीहरुसँग पूर्नमिलन गर्नु पनि अवार्डको उद्देश्य हो। संसारभर छरिएर बसेका नेपाली चलचित्रकर्मी तथा कलाकारहरुलाई एउटै स्थानमा जमघट गराएर नेपाली मौलिक कला, संस्कृतिलाइ संसारभर परिचित गराउने उदेश्य रहेको अर्का आयोजक संस्था गोल्डेन स्टेट मुभी मेकरका अध्यक्ष यज्ञ श्रेष्ठले बताए।

अवार्डको लागि चलचित्र छनौट समिति गठन भइसकेको र चलचित्र छनौट धमाधम भईरहेको छ भने नेपालबाट अवार्ड कार्यक्रममा सहभागी हुने कलाकार तथा समावेश हुने चलचित्रहरूको जानकारी केही दिनमा प्रेस बिज्ञप्ति मार्फत गरिने अवार्डका प्रेस संयोजक सुर्य चन्दले जानकारी गराएका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्याल

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो

इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

काठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली,

१०८ जनाको स्वर रहेको ‘बुद्धम् शरणम् गच्छामी’ सार्वजनिक

काठमाडौँ । नेपालका १०८ जना गायक गायिकाहरुको स्वरमा रेडर्क गरिएको श्लोक राखिएको ‘त्रिशरण गमनम्’ एल्बममा काठमाडौँमा सार्वजनिक गरिएको छ ।

फिल्म ‘ह्रस्व दीर्घ’मा हरिहरको लुक्स सार्वजनिक

काठमाडौँ । फिल्म ‘ह्रस्व दीर्घ’मा मुख्य भूमिकामा अभिनय गरेका अभिनेता तथा ज्योतिष हरिहर अधिकारीको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ ।

गायिका एलिना चौहानले गरिन् बिहे

काठमाडौँ । गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छन् । झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा बुधबार उनले प्रेमी विष्णु सापकोटासँग

Techie IT