विश्वकपमा आज तीन रोमाञ्चक खेलहरु हुँदै, कुन खेल कति बजे ?

काठमाडौं । रसिया विश्वकपको आठौं दिन आज तीन खेलहरु हुँदैछन् । आज समूह ‘सी’ को दुई खेल तथा समूह ‘डी’ को एक खेल हुन लागेको हो । 

 

आजको पहिलो खेल फिफा बरियताको १२ औं स्थानमा रहेको डेनमार्क र ३६ औं स्थानमा रहेको अस्ष्ट्रलियाबीच हुन लागेको हो । समूह ‘सी’मा डेनर्माकले ३ अंक जोडिसकेको छ भने अस्ट्रेलिया अंकबिहिन भएको छ । खेल नेपाली समय अनुसार साँझ ५ः४५ मा सामरा एरिनामा हुनेछ ।

 

 

आजको दोस्रो खेलमा समूह ‘सी’ बाटै फ्रान्स र पेरु भिड्दैछन् । फ्रान्सलाई विश्वकपको उपाधि दावेदार राष्ट्रको रुपमा हेरिएको छ । पहिलो खेलमा अस्ट्रेलियालाई पराजित गरेको फ्रान्सले पेरुसँग खेल्न लागेको हो । फ्रान्स फिफा बरियतामा सातौं स्थानमा रहेको छ भने पेरु ११ औं स्थानमा रहेको छ । खेल नेपाली समय अनुसार राति ८ः४५ मा एकटेरियान स्टेडियममा हुनेछ ।

 

आजको तेस्रो खेलमा अर्जेन्टिना र क्रोएशिया भिड्दैछन् ।  समूह ुडीु अन्तर्गतको खेलमा दुबै टिम जितको खोजीमा हुनेछन् । क्रोएशियाले अर्जेन्टिनालाई पराजित गरेको खण्डमा अन्तिम १६ मा पुग्ने निश्चित छ भने अर्जेन्टिनालाई अन्तिम १६ को यात्रा भारी हुनसक्छ । यी दुई राष्ट्रबीचको खेल नेपाली समय अनुसार राति ११ः ४५ मा नोभगोरोड स्टेडियममा सुरु हुनेछ ।

 


थप समाचार

कोरोनासँग जुध्न नेपाललाई बेलायतद्वारा थप आर्थिक सहयोग

  • 49 seconds ago
कोरोनासँग जुध्न नेपाललाई बेलायतद्वारा थप आर्थिक सहयोग

काठमाडौं । बेलायत सरकारले नेपालमा बढ्दै गइरहेको कोरोना सङ्क्रमणसँग जुध्न थप आर्थिक सहयोगको घोषणा गरेको छ । बेलायती सरकारले डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिफिड) मार्फत उक्त सहयोग गरेको हो ।

छर्ने बेलासम्म पनि धानको बीउ अभाव भएपछि...

  • 3 minutes ago
छर्ने बेलासम्म पनि धानको बीउ अभाव भएपछि...

कपिलवस्तु । शिवराज नगरपालिका– ३ खरेन्द्रपुरका निसार अहमदको खेत जोतेर धानको बीउ छर्न ठीक्क छ । घर नजीकैको एक कठ्ठा जग्गामा धानको बीउ छर्ने तयारीका लागि सबै जोरजाम गरिसकेका छन् तर धानको बीउ कहाँबाट ल्या

'रिल लाईफमा भिलेन, रियल लाईफमा हिरो'

  • 1 hour ago
'रिल लाईफमा भिलेन, रियल लाईफमा हिरो'

एजेन्सी । पर्दामा धेरैजसो खलनायकको भूमिकामा देखा पर्ने कलाकार हुन् सोनु सूद । तर वास्तविक जीवनमा भने हिरोजस्तै मैदानमा उत्रिएका छन् उनी ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ ।

विचित्र विश्व

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको घटनाको चौतर्फी विरोध भइरहँदा यस्तै अर्को घटनाबारे पनि खुलासा भएको छ । मिडिया रिपोर्टक अनुसार भारतको हिमाञ्चल प्रदेशको बिलासपुरमा पनि एउटा यस्तै घटना घटेको छ ।