विश्वकपको क्वार्टरफाइनल खेल्ने टिमको टुंगो लाग्यो, कुन खेल कहिले ?

काठमाडौं । रसिया विश्वकपमा ८ राष्ट्रले क्वार्टरफाइनलमा स्थान बनाएका छन् । विश्वकपको क्वार्टरफाइनलमा उरुग्वेले पोर्चुगललाई २–१ गोलले, फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलले, रसियाले स्पेनलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले, क्रोएशियाले डेनमार्कलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले, ब्राजिलले मेक्सीकोलाई २–० गोलले, बेल्जियमले जापानलाई ३–२ गोलले तथा इंग्ल्याण्डले कोलम्बियालाइ पेनाल्टीमा ४(३ गोलले हराउँदै  क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

 

अब सेमिफाइनल प्रवेशको लागि यी राष्ट्रहरु भिड्नेछन् । यसको लागि समिकरण समेत बनिसकेको छ ।

 

युरुग्वेविरुद्ध फ्रान्स

 

यो खेल जुलाई ६ मा अर्थात आउँदो शुक्रबार निज्नी नोभगोर्ड रंगशालामा हुनेछ । खेल बेलुकी पौने ८ बजे सुरु हुनेछ ।

 

ब्राजिलविरुद्ध बेल्जियम

 

ब्राजिलविरुद्ध बेल्जियमको खेल क्वार्टरफाइनलको प्रतिक्षितमध्येको एक खेल हो । यो खेल काजान एरिनामा शुक्रबार राति पौने १२ बजे सुरु हुनेछ ।

 

रसियाविरुद्ध क्रोएशिया

 

फिस्ट रंगशालमा विश्वकपको आयोजक राष्ट्र रसियाले क्रोएशियाको सामना गर्नुपर्नेछ । यो खेल आउँदो शनिबार अर्थात् जुलाई ७ को बेलुकी पौने १२ बजे सुरु हुनेछ ।

 

स्विडेनविरुद्ध इंग्ल्याण्ड 

 

यी दुई राष्ट्र सामरा रंगशालमा आउँदो शनिबार भिड्दैछन् । खेल बेलुकी पौने ८ बजे सुरु हुनेछ ।

 


थप समाचार

कर्णालीमा कोरोना सङ्क्रमित ५८७ पुगे

  • 1 hour ago
कर्णालीमा कोरोना सङ्क्रमित ५८७ पुगे

कर्णाली । कर्णाली प्रदेशमा कोभिड–१९ बाट सङ्क्रमित हुनेको कूल सङ्ख्या ५८७ पुगेको छ । शुक्रबार १०० थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या ४८९ पुगेको थियो ।

क्वारेन्टिनमा मृत्यु भएका वृद्धको शव व्यवस्थापन

  • 1 hour ago
क्वारेन्टिनमा मृत्यु भएका वृद्धको शव व्यवस्थापन

खप्तड । खप्तड छेडेदह गाउँपालिका– ७ स्थित मष्टा आधारभूत विद्यालयको क्वारेन्टिनमा मृत्यु भएका वृद्धको शव व्यवस्थापन गरिएको छ । स्वाब सङ्कलन गरेर धनगढी पठाएपछि सर्वपक्षीय सहमति र विज्ञको सुझावका आधारमा आ

आइतबारदेखि मालपोत कार्यालय खुल्ने

  • 1 hour ago
आइतबारदेखि मालपोत कार्यालय खुल्ने

काठमाडौँ । सरकारले आइतबारदेखि देशभरका सबै मालपोत कार्यालय खोल्ने भएको छ । लकडाउन शुरु भएपछि बन्द गरिएका मालपोत कार्यालय पुनःसञ्चालनमा ल्याउने तयारीका साथ भूमिसुधार तथा व्यवस्थापन विभागले मातहतका सबै क



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण खाने गर्नुपर्छ भुटेको चना

यसकारण खाने गर्नुपर्छ भुटेको चना

काठमाडौं । चना स्वास्थ्यका लागि निकै फाइदाजनक छ । हरेक बिहान भुटेको चना खानाले तपाईरहाम्रो शरीरलाई विभिन्न किसिमबाट फाइदा हुन्छ । यसमा पौष्टिक तत्व हुन्छ । यसले तपाईरहाम्रो पेटमा हुने कब्जियतबाट बचाउँछ ।

विचित्र विश्व

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको घटनाको चौतर्फी विरोध भइरहँदा यस्तै अर्को घटनाबारे पनि खुलासा भएको छ । मिडिया रिपोर्टक अनुसार भारतको हिमाञ्चल प्रदेशको बिलासपुरमा पनि एउटा यस्तै घटना घटेको छ ।