यसरी हुँदैछ रसिया विश्वकपको समापन समारोह

  • आइतबार, ३१ आषाढ, २०७५
  • 4 months ago
  • खेल

एजेन्सी । जुन १४ बाट सुरु भएको रसिया विश्वकमा अब केवल १ खेल अर्थात फाइनल मात्रै बाँकी छ । आज दुई युरोपियन राष्ट्रहरु फ्रान्स र क्रोएशियाबीचको भिडन्तपछि २१ औं संस्करणको यात्रा सकिनेछ । 

 

आज हुने विश्वकपको फाइनल खेलको समापन समारोह छोटो भए पनि विशेष हुने फिफाले बताएको छ । फाइनल खेल सुरु हुनुअघि केही समय सांगीतिक कार्यक्रम हुनेछ । समापन समारोह पनि ३० मिनेट सम्मको हुनेछ । 

 

लुज्निकी रंगशालामा फ्रान्स र क्रोएशिया उपाधिको अन्तिम प्रतिस्पर्धाका लागि मैदानमा उत्रनु ३० मिनेटअघि सांगीतिक कार्यक्रम सुरु हुनेछ । उद्घाटनमा जस्तै समापन समारोहमा पनि नायक तथा र्‍यापर विल स्मिथ, अमेरिकन गायक निक्की जाम र कोसोभियन गायिका इरा इस्टेरिफीले सांगीतिक प्रस्तुति दिनेछन् । उनीहरूले जारी विश्वकपको आधिकारिक गीत ‘लिभ इट अप’ गाउनेछन् ।

 

सांगीतिक प्रस्तुति सकिएपछि जर्मनीलाई सन् २०१४ मा विश्वकपको उपाधि दिलाएका रक्षक एवं कप्तान फिलिप ल्हाम विश्वकपको ट्रफीसहित मैदानमा प्रवेश गर्नेछन् । उनलाई रुसी मोडल नाटालिया भोदियानोभाले साथ दिनेछिन् ।

 

फाइनल खेलपश्चात् मेडल र ट्रफी वितरण समारोह हुनेछ । त्यससँगै २१औं संस्करणको विश्वकप फुटबल सम्पन्न हुनेछ । यसको चार वर्षपछि सन् २०२२ मा कतारले २२औं संस्करण आयोजना गर्नेछ ।

 


थप समाचार

बेलायतमा मधेशी नेपालीले मनाए छठ

  • 7 minutes ago
बेलायतमा मधेशी नेपालीले मनाए छठ

एशोसिएसन अफ नेप्लिज मधेशी इन यूके र युरोपियन मधेशी सोसाइटीले संयुक्त रुपमा लण्डनमा छठ मनाएका हुन् । शनिबार लण्डनको फेल्थाम कलेजमा आयोजित समारोहमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको समेत उपस

बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका जिवनको गित !

  • 1 hour ago
बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका  जिवनको गित !

हाम्रो मनको पिडा ब्यथा,कस्ले बुझी देला” “जन्मेउ जहाँ त्यहाँ छैन बास फर्की जाने केही छैन आश “ भुटानमा जन्मीएर पनि नेपाली भाषा कला संकृती र साहित्यलाई अंगालेर नेपालमा शरणाार्थी जिवन बिताइरहेका भुटा

फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

  • 1 hour ago
फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

तत्कालीन नेकपा माओवादी केन्द्र का पोलिटब्यूरो सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा आज उहाँको निवास खुमलटारम



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर