उत्तर कोरियाली नेतालाई रुसी राष्ट्रपतिको निमन्त्रणा

सोल । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाली किम जोङ उनसँग भेटघाट गर्न तयार हुनु भएको छ । पुटिनले छिटै किमसँग भेटघाट गर्ने उत्तर कोरियाली सञ्चार माध्यमले बुधबार जानकारी दिएका छन् । 

 

पुटिनले उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनलाई अगामी जुन महिनामा रुसको भ्लादिभोस्तोकमा हुन गइरहेको आर्थिक मञ्चमा निमन्त्रण गरेका छन् । 

 

उत्तर कोरियाली नेता किमले भने यस निमन्त्रणाबारे कस्तो प्रतिक्रिया देखाउँछन् प्रष्ट भएको छैन । कोरियाली स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति पुटिनले पठाएको सन्देशमा नेता किम सम्मेलनमा भाग लिने आकाङ्क्षा व्यक्त गरेका छन् । 

 

“जतिसक्दो चाँडो किमसँग भेटघाट गरी द्वीपक्षीय सम्बन्ध र क्षेत्रीय मामिलाका विविध विषयमा छलफल गर्न तयार छौं,” राष्ट्रपति पुटिनको भनाई उद्धृत गर्दै उत्तर कोरियाको आधिकारिक समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले जनाएको छ । तर सन्देशमा भेटघाटको यकिन मिति भने दिइएको छैन । 

 

दक्षिण कोरियाको पनि सहभागितामा आपसी समन्वयसहितको त्रिकोणीय परियोजनाको थप विकास हुने पुटिनले आशा गरेका छन् । 

 

किमले पनि पुटिनलाई सन्देश पठाएको छ, तर पत्रमा पुटिनको निमन्त्रणाको विषयमा किमले कुनै प्रतिक्रिया दिएका छैनन् । 

 

कोरियाली प्रायःद्वीपमा शिध्र रुपमा कुटनीतिक सम्बन्ध सामान्य हुनुको पछाडि किमले दुई पटकसम्म दक्षिण कोरियाली राष्ट्रपतिसँग भेटघाट गर्नु तथा चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटघाट रहेको बताइन्छ । 


थप समाचार

कमाउन गएको छोरो काठको बाकसमा आउँदाको पीडा

  • 1 week ago
कमाउन गएको छोरो काठको बाकसमा आउँदाको पीडा

काठमाडौं । सानो, त्यो पनि बाँसको टाटीले बेरेर माटोको लिउनले भित्र बाहिर नदेखिने गरी मुस्किलले घामपानी र जाडो छल्ने गरी बनाएको दुई कोठे एउटा झुप्रो घर त्रियुगा नगरपालिका–५ श्रीपुरको जंगल नजिक देखिन्छ।

बोक्सी आरोपमा जेठाजु र जेठानीद्वारा पञ्चायत र गाउँलेहरूकै अगाडि कुटपिट

  • 1 week ago
बोक्सी आरोपमा जेठाजु र जेठानीद्वारा पञ्चायत र गाउँलेहरूकै अगाडि कुटपिट

काठमाडौं । बोक्सी आरोप लगाउँदै धनुषामा एक महिलालाई निर्घात कुटपिट गरिएको छ। गाउँका पञ्च भलादमीले उनलाई ५० हजार रुपैयाँको भोज खुवाउन र ५० हजार रुपैयाँ जरिवानासमेत गरेका छन्।

हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार शुरु, आज काग तिहार

  • 1 week ago
हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार शुरु, आज काग तिहार

काठमाडौं । हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार शुरु भएको छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने चाड यमपञ्चक अर्थात् तिहार आजबाट शुरु भएको हो । यमपञ्चकको पह



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

एचआईभी भएको कसरी थाहा पाउने ?

एचआईभी भएको कसरी थाहा पाउने ?

एजेन्सी । एचआईभी र एड्स आज विश्वको लागि एक गम्भिर समस्या हो । कति विकासशील र अविकसित देशको लागि एचआईभी ठूलो समस्याको रुपमा देखा परेको छ ।