इडलिबमा भएको द्वन्द्वबारे टर्की र रूसको मतान्तर

तेहरान । सिरियाको इडलिबमा भएको द्वन्द्वका बारेमा टर्की र रूसले फरक फरक मत व्यक्त गरेका छन् । 

 

टर्कीले तत्काल युद्वविराम गर्न आह्वान गरिरहेका बेला रूसले भने आतङ्ककारीहरूलाई नियन्त्रणमा लिनु सिरियाको अधिकार भएको तर्क गरेको छ । 

 

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले इडलिबमा रूसी हवाई हमला भएपछि शुक्रबार युद्व विराम गर्न आह्वान गर्नु भएको हो । 

 

“यदि हामीले यहाँ युद्वविराम सुनिश्चित गर्न सक्याँै भने शिखर सम्मेलनका लागि यो एउटा महत्वपूर्ण कदम हुनेछ, यसलाई गम्भीरतापूर्वक लिनुपर्ने देखिन्छ,” इर्डोगानले भने । 

 

इरानको राजधानी तेहरानमा शुक्रबारबाट सुरु भएको शिखर बैठकको सुरुमा उहाँले यस्तो बताउनु भएको हो । इरान र रूसलाई दमास्कसका विषयमा मुख्य पक्ष मानिन्छ । 

 

सिरियाको इडलिबमा जारी द्वन्द्वको अन्त्य गरी त्यहाँ रहेका नागरिकको भविष्य सुरक्षित गर्ने उद्देश्यले तेहरानमा इरान, रसिया र टर्कीका राष्ट्रपतिहरूबीच बैठक सुरु भएको हो । 

 

यस शिखर बैठकले सिरियाको इडलिब प्रान्तमा गएको करिब दुई वर्षदेखि कब्जा जमाउँदै आएका विद्रोही र उनीहरूको कब्जामा रहेका सिरियाका अरू सर्वसाधारणका बारेमा छलफल गरी आवश्यक रणनीति बनाउने अपेक्षा गरिएको छ । 

 

तेहरानबाट शुक्रबार प्राप्त समाचारमा उक्त प्रान्तमा रहेका लडाकू र उनीहरूको नियन्त्रणमा रहेका नागरिकको भविष्यका बारेमा महत्वपूर्ण निर्णय लिने बताइएको छ । 

 

बैठकमा सहभागी रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने आफ्नो क्षेत्रलाई नियन्त्रणमा लिनु इरानको अधिकार भएको तर्क गर्दै आक्रमण जायज र आवश्यक रहेको सङ्केत गरे । 

 

रूसको सहयोगमा सिरियाली सेनाले इडलिबमा आक्रमण गर्ने बताउँदै आएको छ । उक्त आक्रमणको तयारी भइरहेको पनि बुझिएको छ । यसै समयमा यो शिखर बैठक बसेको हो । 

 

सिरियामा गएको करीब सात वर्षदेखि सिरियाली विद्रोहीका कारण गृहयुद्ध मच्चिएको छ । ती विद्रोहीले पनि इडलिबलाई मुख्य अखडा बनाएका छन् । सन् २०१५ देखि त उनीहरूले उक्त शहर कब्जा नै गरेका थिए । 

 

इडलिबमा अहिलेकै अवस्थामा आक्रमण हँुदा ठूलो मानवीय क्षति हुने चेतावनी दिइएको छ । संयुक्त राष्ट्रसङ्घ लगायतका सङ्घसंस्थाहरूले पनि यहाँ हवाई आक्रमण नगर्न भनेका छन् । 

 

यहाँका विद्रोहीलाई टर्कीको समर्थन रहिआएको छ । त्यस्तै सरकारी सेनालाई छिमेकी रूस र इरानको समर्थन छ । त्यसैले पनि अहिलेकै अवस्थामा आक्रमण गरी उक्त शहरमा कब्जा गर्ने प्रयत्न सरकारी सेनाले गर्ने हो भने ठूलो मानवीय क्षति हुनसक्ने अनुमान सर्वत्र गरिएको छ । 

 

सन् २०१५ मा कब्जा गरिएको इडलिब र त्यस वरपरका इलाकामा मात्र करीब ३० लाख मानिस बस्छन् । तीमध्ये आधा जति नागरिक सिरियाका अन्य क्षेत्रबाट विस्थापित भएर आएका हुन् । 

 

विगतमा टर्की सरकारले सहायता दिएकाले यहाँ विद्रोहीको सङ्ख्या बढेको बताइएको छ । इडलिबको सीमा टर्कीसँग जोडिएको छ । त्यसैले पनि यहाँ टर्कीले सैनिक जाँच चौकीसमेत स्थापना गरेको छ । 

 

सिरियामा गृहयुद्ध जारी छ । सात वर्षसम्म यहाँ चलेको यस युद्धका कारण हालसम्म तीन लाख ५० हजारभन्दा बढीको ज्यान गइसकेको छ । यस युद्धका कारण एक करोड १० लाख मानिस विस्थापित छन् । 


थप समाचार

न्यायको निम्ति धर्नामा बसेका निर्मलाका आमाबुबा बिरामी

  • 25 minutes ago
न्यायको निम्ति धर्नामा बसेका निर्मलाका आमाबुबा बिरामी

कञ्चनपुर । बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन् । पाँच दिन अघिदेखि हत्यारा पत्ता लगाउन म

मलेसियाका पूर्वप्रधानमन्त्रीकी श्रीमतीलाई सौर्य ऊर्जामा लाखौँ डलर हिनामिना गरेको आरोप

  • 57 minutes ago
मलेसियाका पूर्वप्रधानमन्त्रीकी श्रीमतीलाई सौर्य ऊर्जामा लाखौँ डलर हिनामिना गरेको आरोप

क्वालालमपुर । मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाककी श्रीमतीलाई नयाँ अभियोग लगाइएको छ । उनलाई ग्रामीण क्षेत्रका विद्यालयहरूमा सौर्य ऊर्जा जडानसम्वन्धी परियोजनामा लाखौँ अमेरिकी डलर हिनामिना

पाकिस्तानका प्रधानमन्त्री इमरान खान मलेसिया जाने

  • 1 hour ago
पाकिस्तानका प्रधानमन्त्री इमरान खान मलेसिया जाने

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी मुलुक मलेसियाको भ्रमण गर्ने भएका छन् । उनी यही नोभेम्बर २० तारिखका दिन दुईदिने औपचारिक भ्रमणका लागि मलेसिया जान लागेको पाकिस्तानको वि



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

किन झमझमाउँछ खुट्टा ?

किन झमझमाउँछ खुट्टा ?

एजेन्सी । खुट्टा निदाउँने वा झमझमाउने समस्याले तपाईलाई कत्तिको सताउने गरेको छ ? खुट्टा भारी भएजस्तो हुने, स्पर्श अनुभव गर्न नसक्ने, झन्झनाहट हुने अवस्थालाई खुट्टा निदाएको भनिन्छ । खुट्टामा दवाव पर्न जाँदा यस्तो हुने गर्छ ।

विचित्र विश्व

एक अजबगजबका सन्त !

एक अजबगजबका सन्त !

पौराणिक कथाहरूमा ऋषि–मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन् ।