रूसद्वारा अहिलेसम्मकै विशाल सैन्य अभ्यास

चिता, रूस । रूसले मङ्गलबार अहिलेसम्मकै सबैभन्दा विशाल सैन्य अभ्यास शुरु गरेको छ । 

 

लाखौँ सैनिकले एकैसाथ गरिएको उक्त अभ्यासमा तीन लाख सेना, ३६ हजार सैनिक गाडी, ८० पानीजहाज र एक हजार विमान, हेलिकोप्टर तथा मानवरहित युद्धक विमान सहभागी हुनेछन् । 

 

अभ्यासमा तीन हजार ५०० चिनियाँ सेनालेसमेत भाग लिएका छन् । 

 

रूस र चीन सहभागी विशाल सैन्य अभ्यास गरिने सूचनासँगै उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)ले सैन्य अभ्यासलाई ‘विशाल द्वन्द्व’ को अभ्यास भन्दै यसको आलोचना गरेको छ । 

 

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त विशाल सैन्य अभ्यासलाई प्रत्यक्ष अवलोकन गर्ने भएको छ । 

 

रूसले सुदूरपूर्वी शहर भ्लादिभोस्टोकमा आयोजना गरेको भोस्टोक–२०१८ नाम दिइएको चिनियाँ राष्ट्रपति लगायतका विश्व नेताहरू सहभागी हुने आर्थिक सम्मेलनमा सहभागिता भएपछि राष्ट्रपति पुटिनले सैनिक अभ्यासको अवलोकन गर्नेछन् । 

 

रूसी रक्षामन्त्रीले विशाल सैन्य अभ्यास शुरु हुनुपूर्व नै तयारी अवस्थामा राखिएका सैनिक गाडी, जहाज, हेलिकोप्टर र पानी जहाजको भिडियो दृष्यलाई सार्वजनिक गरेका थिए । 

 

यसैबीच रूसको चीनसँग बढ्दो निकट सम्बन्धको सम्मेलनका अबसरमा भाग लिन रूस पुगेका चिनियाँ राष्ट्रपतिसँगको भेटमा मुक्त कण्ठले प्रशंसा गरे । 

 

“हामीबीच राजनीतिक, सुरक्षा तथा रक्षा क्षेत्रमा विश्वासिलो सम्बन्ध रहेको छ,” रूसी राष्ट्रपतिले भने । 

उक्त अवसरमा चीनका राष्ट्रपति सीले दुई मुलुकबीचको मित्रता सबै समय मजबुत रहेको बताए । 

 

मङ्गोलियाली सैनिकले पनि सहभागिता जनाउने उक्त सैन्य अभ्यासको नेटोले ‘विशाल द्वन्द्व’को अभ्यास भनी आलोचना गरेको छ । 

 

सैन्य अभ्यास रूसले पश्चिमी मुलुकका गतिविधिमाथि हस्तक्षेप गरेको भन्ने बिषयमा मस्कोमाथि आरोप लगाइएको र उनीहरूबीच तनाब बढेको बेला आयोजना गरिएको छ । पश्चिमा राष्ट्रहरूले यूक्रेन र सिरिया रूसी हस्तक्षेपको पनि आलोचना गरिरहेका छन् । 

 

रूसी सेनाले सैन्य अभ्यासलाई सन् १९८१ मा सोभियत सङ्घले गरेको करिब एक लाख ५० हजार सैनिक सहभागी जापड–८१ ९वेस्ट–८१० को विशाल युद्धअभ्याससँग तुलना गरिएको छ । 

 

रक्षामन्त्री सेर्गेइ सोइगुले अहिलेको सैन्य अभ्यास त्योभन्दा अझ विशाल भएको बताए । 

 

राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले नेटोद्वारा देखाएको चासोप्रति खण्डन गर्दै यो नियमित सैन्य क्षमता विकासका लागि गरिएको बार्षिक अभ्यास भएको मङ्गलबार बताएका छन् । 

 

यी महत्वपूर्ण अभ्यास पक्कै हुन् तर यी सेना क्षमता विकासका लागि गरिने बार्षिक कार्यक्रम मात्रै हुन्, पेस्कोभले सञ्चारकर्मीसँग बताए । 

 

पेस्कोभले यस पहिले रूसले अन्तराष्ट्रिय अवस्थालाई मध्यनजर राख्दै गर्न लागेको विशाल सैन्य अभ्यास जायज भएको दावी गर्नुभएको थियो ।


थप समाचार

‘खाए मकै, नखाए भोकै’ कुमाल बस्ती

  • 15 minutes ago
‘खाए मकै, नखाए भोकै’ कुमाल बस्ती

पोखरा । मुलुकमा ठुल्ठूला परिवर्तन आए पनि कालीगण्डकी नदीको किनारस्थित कुमाल बस्तीमा अहिले पनि ‘खाए मकै, नखाए भोकै’ भन्ने उखान चरितार्थ हुँदै आएको छ ।

प्रहरी महानिरीक्षक इन्टरपोलको महासभामा

  • 19 minutes ago
प्रहरी महानिरीक्षक इन्टरपोलको महासभामा

काठमाडौँ, । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को यही मङ्सिर २ देखि ५ गतेसम्म संयुक्त अरब इमिरेट्सको दुबइमा हुने ८७औँ महासभामा सहभागी हुन शुक्रबार राति त्यसतर्

प्रधानमन्त्रीद्वारा कर दिवसको शुभकामना, आर्थिक रुपान्तरणतर्फ अग्रसर हुन आह्वान

  • 22 minutes ago
प्रधानमन्त्रीद्वारा कर दिवसको शुभकामना, आर्थिक रुपान्तरणतर्फ अग्रसर हुन आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर सङ्कलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक कर्मचारीहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।