सभापति देउवाबाट फेरी धोका

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिबद्धता लत्याउँदै युटर्न लिएका छन् । २०७५ पुषको पहिलो साता पार्टीको हमहासमिति बैठक सम्पन्न हुनुपूर्व केन्द्रीय सदस्य तथा पदाधिकारी स्वतः महाधिवेशन प्रतिनिधि हुने प्रावधान हटाउने गरी पार्टीको विधान संसनेधन हुनुपर्छ भन्ने चर्को आवाज उठेपछि सभापति देउवा विधान संशोधन गरेर केन्द्रीय सदस्य तथा पदाधिकारीहरु स्वतः महाधिबेशन प्रतिनिधि हुने व्यवस्था हटाउन सार्वजनिकरुपमा नै सहमत भएका थिए ।

 

सम्पन्न आम निर्वाचनको समीक्षा गर्न भनेर महासमितिको बैठक बोलाइएको भएपनि २०७५ मंसिर २८ गते सुरु भएर पुष २ गते सम्पन्न हुने भनिएको नेपाली कांग्रेसको महासमिति बैठक उल्लेखित विावदकै कारण १० दिनसम्म लम्बिएको थियो । जिल्ला सभापतिहरुले सामूहिक रुपमानै केन्द्रीय सदस्य तथा पदाधिकारीहरु स्वतः महाधिबेशन प्रतिनिधि हुने प्रावधान हटाएर सबै महाधिबेशन प्रतिनिधिहरु तलबाटै चुनिएर आउनुपर्ने गरी विधान संशोधन हुनुपर्छ भन्ने प्रस्ताव राखेका थिए । र सभापतिहरुको प्रस्तावप्रति महासमिति बैठकमा अधिकांशहरुले समर्थन गरेका थिए ।

 

यो प्रस्तावमाथि समर्थन नजनाए विधान संशोधन नै हुने नसक्ने अवस्था आएपछि सभापति देउवनले केन्द्रीय समितिको बैठकमार्फत यो प्रावधानलाई समेत समेटेर विधान संशोधन गर्ने वचन महासमितिबैठकमा दिएका थिए । यो वचन दिएपछि मात्र महासमितिको बैठकले विधान संशाृधनलाई सर्वसम्मत रुपमा अनुमोदन गरेको थियो । यो खबर आजको साप्ताहिक साँघुबाट ।

 


थप समाचार

नेपालमा ८.५ रेक्टर स्केलको भुकम्प जानसक्ने सम्भावनाः अनुसन्धानकर्ता

  • 12 minutes ago
नेपालमा ८.५ रेक्टर स्केलको भुकम्प जानसक्ने सम्भावनाः अनुसन्धानकर्ता

एजेन्सी । हिमालय क्षेत्रमा शक्तिशाली भुकम्प जाने प्रवल सम्भावना रहेको भारतीय वैज्ञानिकहरुले बताएका छन् ।

राष्ट्रपति चीन प्रस्थान गर्न लाग्दा उपत्यकाको सवारी आवागमन प्रभावित

  • 35 minutes ago
राष्ट्रपति चीन प्रस्थान गर्न लाग्दा उपत्यकाको सवारी आवागमन प्रभावित

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी एकसाता लामो भ्रमणका लागि आज चीन प्रस्थान गर्नै लाग्दा केहीबेर काठमाडौँ उपत्यकाको सवारी आवागमन प्रभावित हुने भएको छ । ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल

राष्ट्रपति भण्डारी आज चीन जाँदै

  • 53 minutes ago
राष्ट्रपति भण्डारी आज चीन जाँदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी एकसाता लामो भ्रमणका लागि आज चीन प्रस्थान गर्ने भएकी छिन् । बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलनमा सहभागी हुन राष्ट्रपति चीन जाने भएकी हुन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

अनुहारमा बरफ दल्नुका फाइदा

अनुहारमा बरफ दल्नुका फाइदा

गर्मी याममा अनुहारमा चमक ल्याउन आइस प्रयोग गर्न सकिन्छ । प्राकृतिक चमक पाउन अनुहारमा नियमित बरफ दल्नुपर्छ ।

विचित्र विश्व

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।