कोशीपारि जान वैकल्पिक सडक

  • मंगलबार, ३ बैशाख, २०७६
  • 3 days ago
  • नेपाल

बनेपा । जिल्लाको विकट क्षेत्र कोशीपारि जानका लागि अब वैकल्पिक सडक खुलेको छ । काभ्रेपलाञ्चोकको कोशीपारि भुम्लु गाउँपालिकाको सिलामेबाट बेखसिम्ले जोड्ने मोटरबाटो सोमबारदेखि शुरु भएको हो । 

 

सो मोटर बाटो खुला गर्न विगत नौ वर्षदेखि नै काम शुरु गरे पनि सम्पन्न हुनसकेको थिएन । डिभिजन सडक कार्यालयको करीब रु एक करोडको लागतमा सडकको ट्र्याक खुला गरेपछि यात्रुबाहक बस सञ्चालनमा आएको भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले बताए ।

 

सडक खन्ने काम सम्पन्न भएपछि यात्रुबाहक बस सञ्चालनमा ल्याइएको उल्लेख गर्दै अध्यक्ष कुँवरले अब सो भेगका स्थानीय बासिन्दाका लागि आवतजावतमा सहज हुनुका साथै त्यहाँ उत्पादन गरेका तरकारी बजारसम्म पु¥याएर आम्दानी गर्न सहज हुने बताए । 

 

उनले भने, “नौ वर्ष अगाडिदेखि शुरु भएको बाटो यसअघि सापिङ गाविसबाट रु एक लाख ७५ हजार रकम छुट्याएर शुरु गरेकामा माथिबाट र तलबाट गरी दोहोरो शुरु गरे पनि भट्टेटार भन्ने स्थानमा करीब ७०० मिटर चट्टाने भीर परेका कारण खुल्न सकेको थिएन, ट्र्याक खोल्न डिभिजन सडक कार्यालयमार्फत काम गरेपछि अहिले यो काम सम्पन्न गरी बस सञ्चालनमा ल्याएका हौँ ।”

 

सडकलाई थप विस्तार गर्न यसै वर्ष प्रदेश सरकारको रु ५० लाख योजना परिसकेको गाउँपालिका अध्यक्ष कुँवरले बताए । जिल्लाको कोशीपारि सञ्चालन हुँदै आएको पुरानो बाटो मर्मत सुधार गर्नुपर्ने भएका कारण बन्द भएपछि सो सडकलाई सोमबारदेखि नै खुला गरिएको छ । पहिलादेखि सञ्चालनमा आएको सडकहुँदै कोशीपारिको बेखसिम्ले पुग्नलाई चार घण्टा लाग्ने गरेकामा अब भने सो नयाँ सडकबाट दुई घण्टामा नै पुग्नसक्ने स्थानीय उद्धवराज गिरीले बताए ।

 

स्थानीय बासिन्दा देवीप्रसाद पन्तले धेरै पहिलादेखि खन्न शुरु गरेको भए पनि रकम अभावका कारण खोल्न नसकेको सडकमा अहिले यात्रुबाहक बस सञ्चालनमा आएपछि गाउँमा उत्पादन हुने नगदेबाली बजारीकरण गर्नका लागि निकै सहज हुने र भाडा पनि कम लाग्ने बताए । 

 

यसअघि जिल्लाको भुम्लु र चौँरीदेउराली गाउँपालिका जानका लागि दोलालघाट हुँदै सल्ले–चौबास–भएर जानुपथ्र्यो । सो सडक खण्डहुँदै छिमेकी जिल्ला सिन्धुपाल्चोकको लिसङ्खुपाखर, बाफल र रामेछापको गुराँसेसम्म यात्रुबाहक बस चल्ने गरेको छ । त्यसका लागि दोलालघाट पारिबाट एउटैमात्र सडक भएका कारण समस्या भोग्दै आएकामा अब सहज भएको स्थानीय बासिन्दाको भनाइ छ । अरनिको यातायात सेवा समितिले सो क्षेत्रका लागि दैनिक २८ यात्रुबाहक बस सञ्चालनमा ल्याइरहेको समितिका अध्यक्ष चित्रबहादुर कुँवरले बताए ।


थप समाचार

२२ वर्षीया आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार

  • 4 hours ago
२२ वर्षीया आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार

गिल्डफोर्ड काउन्सिलको पारब्राइट वडाको काउन्सिलरको लागि २२ वर्षीया आकांक्षा गुरुङ लेबर पार्टीको तर्फबाट उम्मेदवार बनेकी हुन् ।

हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजीमा सरकार

  • 6 hours ago
हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजीमा सरकार

काठमाडौँ । मुलुकको चुलिँदो व्यापार घाटा कम गर्ने लक्ष्यका साथ सरकारले नेपालको हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजी गर्ने भएको छ ।

हतियार बुझाउन दिइएकाे समयसीमाभित्र २ सय ५९ थान हतियार संकलन

  • 6 hours ago
हतियार बुझाउन दिइएकाे समयसीमाभित्र २ सय ५९ थान हतियार संकलन

काठमाडौँ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सरकारले अवैध हतियार बुझाउन दिएको समयसीमाभित्र प्रहरीमा २५९ हतियार सङ्कलन भएको छ । सङ्कलित हतियारमा अवैध भन्दा वैध हतियार बढी



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

एजेन्सी । माल्दिभ्स अन्तराष्ट्रिय पर्यटकहरुको एउटा प्रमुख गन्तव्य हो । वार्षिक लाखौँ पर्यटकहरु यो देशको भ्रमण गर्न आउँछन् ।