सधैँ सास्तीः बाह्रैमास काठमाडौँको सडकबाट दिक्क

  • शुक्रबार, २२ भदौ, २०७५
  • 9 months ago
  • नेपाल
Education Park

काठमाडौँ ।  बाह्र्रैमास काठमाडौँको सडकबाट दिक्क हुने स्थिति आउन थालेको छ । चाबहिल–साँखु सडकखण्डको अवस्थाबाट सवारीसाधनका चालक र यात्रु दिक्क छन् । वर्षामा हिलो र खाल्डाखुल्डी तथा हिउँदमा धुलोबाट आजित हुनु परेको छ । 

 

चाबहिल–साँखु सडकखण्डमा जताजतै खाल्डाखुल्डी मात्रै छन् । पानी जमेको छ । सडक हिलाम्मे भएपछि सर्वसाधारणले सहजै सडक वारपार गर्न सक्ने स्थिति छैन । सडकमा गिट्टी छरपष्ट छ । दिनहुँ मोटरसाइकल चिप्लिएर पल्टिन्छन् ।

 

 तीन वर्षयता सडकको अवस्थामा कुनै सुधार हुन सकेको छैन । धुलोका कारण यहाँका बासिन्दाले सास्ती खेप्नु परेको छ । “धुलो आँखामा पस्दा सडक पार गर्न सकिन्न । वर्षामा सधैँ हिलोको डर रहन्छ,” नारायणटारका देवनारायण चौलागाईँले पीडा सुनाए । 

 

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुप यही सडकखण्डमा पर्छ । यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले सडकका कारण सास्ती खेप्दै आएका छन् । 

 

पर्यटक घण्टौँ जाममा पर्दा दिक्क मान्छन् । खाल्डाखुल्डीले विद्यार्थी सबैभन्दा बढी प्रभावित छन् । ठूलो पानी पर्दा सडक खोलामा परिणत हुन्छ । 

 

सो सडकखण्डमा दिनहुँ यात्रा गर्दै आउनुभएका जयराम खतिवडा भन्नुहुन्छ, “मान्छे, मोटरसाइकल र स्कुटर हिलोमा नपछारिएको दिनै हँुदैन ।” मोटरसाइकल, साइकल र स्कुटरमा यात्रा गर्नेलाई बढी समस्या छ । 

 

“घरबाट आउँदा लगाएको जुत्ता र कपडाको अवस्था फर्किदा हेरिनसक्नु हुन्छ,” जोरपाटीका उदय श्रेष्ठले भन्नुभयो । सडक मर्मतसम्भार गर्न उहाँले आग्रह गर्नुभयो । 

 

विसं २०७२ मा सरकारले चाबहिलबाट साँखुसम्मको सडक चार लेनको बनाउने योजना ल्याएको हो । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सो सडक निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । असोजमा निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो । 

 

पाँच कम्पनीले एघार किलोमिटर लामो सो सडकखण्ड विस्तार गरिरहेका छन् । आव २०७४÷७५ भित्र सो काम सक्नुपर्ने छ । 

 

कम्पनीले सर्वोच्च अदालतको अन्तरिम आदेश, मुआब्जा प्रक्रिया, विद्युत् र टेलिफोनको पोल तथा तार, खानेपानी तथा ढलका कारण काम समयमै गर्न नसकेको जनाउँदै आएका छन् । 

 

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी विश्वविजयलाल श्रेष्ठका अनुसार सडक निर्माणको ठेक्का पाएको युनाइटेड विल्डर्स एण्ड इञ्जिनीयर्स प्रालिले १५ प्रतिशत, बज्रगुरु÷च्याङमिला÷खानी जेभीले ४०, बज्रगुरु÷विरुवा÷खानी जेभीले ४०, बिटी÷सुनकोशी÷वल्डवाइड जेभीले ३५ तथा लामा÷समानान्तर जेभीले २५ प्रतिशत काम सम्पन्न गरेको छ । 

 

सर्वोच्च अदालतले सडकमा जग्गा परेका परिवारलाई मुअब्जा दिन हालै आदेश दिएको थियो । मुआब्जाको प्रक्रियामा जाँदा अझै दुई वर्षसम्म सडक निर्माण रोकिने श्रेष्ठ बताउनुहुन्छ । बजेट विनियोजन, जग्गाको सर्वे, मुआब्जा दाबी तथा वितरण गर्न समय लाग्ने देखिन्छ । 

 

उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले स्थानीयवासीको अवरोधले सडक स्तरोन्नतिको काम हुन नसकेको बताउनुभयो । “सरकारले मुआब्जाका लागि रकम छुट्याएको छैन, सडक निर्माणमा अझै ढिलाइ हुन्छ ।” मुआब्जा वितरण र सडक निर्माण सँगसँगै गर्नुपर्ने छ । बिजुलीको पोल हटाउने तथा तार व्यवस्थापनको काम बाँकी नै छ । बौद्ध–जोरपाटी सडकखण्ड निर्माणका लागि एक वर्ष समय थप गरिएको छ । 

 


थप समाचार

यस्तो रहेको छ विहीबारको तपाईको भाग्य– असार १२ गते

  • 6 minutes ago
यस्तो रहेको छ विहीबारको तपाईको भाग्य– असार १२ गते

आज वि.सं.२०७६ साल असार १२ गते । विहीबार । ईश्वी सन् २०१९ जुन २७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । आषाढ कृष्णपक्ष । तिथि दशमी, ५५ घडी ५७ पला, रातको ०

माथिल्लो तामाकोशीको ठाडो सुरुङमा पेनस्टक पाइप जडान

  • 15 minutes ago
माथिल्लो तामाकोशीको ठाडो सुरुङमा पेनस्टक पाइप जडान

जिरी । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई अर्को सफलता मिलेको छ । माथिल्लोे ठाडो सुरुङमा पेनस्टक पाइप जडानका लागि पाइप जोडिएको छ । एउटा पाइप माथिबाट तल सफलतापूर्वक पु¥याएसँगै जडानकार्य पनि शुरु भएक

तीन दशकपछि कालोपत्रे सुरु भयो

  • 18 minutes ago
तीन दशकपछि कालोपत्रे सुरु भयो

डडेल्धुरा । डडेल्धुराको वुडर जोगबुढा सडक निर्माण शुरु भएको तीन दशकपछि कालोपत्रे लगायतको काम शुरु भएको छ । डोटी वुडरदेखि डडेल्धुराको सदरमुकाम जोगबुढासम्मको ३० किलो मिटर सडकमा कालोपत्रेको काम थालिएको हो



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ विहीबारको तपाईको भाग्य– असार १२ गते

यस्तो रहेको छ विहीबारको तपाईको भाग्य– असार १२ गते

आज वि.सं.२०७६ साल असार १२ गते । विहीबार । ईश्वी सन् २०१९ जुन २७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । आषाढ कृष्णपक्ष । तिथि दशमी, ५५ घडी ५७ पला, रातको ०३ बजेर ३४ मिनेट उप्रान्त एकादशी । काठमाडौंमा सूर्योदय ०५ बजेर १२ मिनेट, सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट ।

विचित्र विश्व

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राह्म्ण समाज प्याज, लसुन र च्याउलाई परै बस्छन् । ब्राहम्णहरुलाई समाजमा हेर्ने दृश्य र व्यवहार अरु जातिको भन्दा भिन्न रहेको छ । उनीहरुको जीवनलाई निकै भिन्नताका साथ हेर्ने गरिन्छ । उनीहरु लुसन, प्याज, र च्याउका प्रयोग गर्न रुचाउँदैनन् ।