गल्छी–रसुवागढीः ‘भृकुटी राजमार्ग’ नाम राख्न आग्रह

  • सोमबार, ८ असोज, २०७५
  • 2 months ago
  • नेपाल

रसुवा ।  गल्छीदेखि रसुवागढी क्षेत्रको सडकलाई भृकुटी राजमार्ग कायम गर्न रसुवावासीले आग्रह गरेका छन् । नेपालकी छोरी भृकृटीको घर माइत गर्ने प्रमुख मार्ग नुवाकोट, केरुङ हुँदै तिब्बत थियो । 

 

जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टका अनुसार भृकुटीको तिब्बतका राजा स्रङ्चङगोम्बोबीच विवाह हुँदा जन्ती आएको गएको तथा घर माइती ओहोरदोहर रसुवाबाट भएको थियो । 

 

उनी राष्ट्रिय विभूतिसमेत रहेकाले गल्छी–मैलुङ– स्याफ्रुबेंसी–रसुवागढी खण्डको सडकलाई भृकुटी राजमार्ग कायम गर्न प्रस्ताव गरिएको हो । 

 

अहिले बालाजु–धुञ्चे सडकको नाम राष्ट्रिय विभूति सगरमाथा आरोही पासाङल्हामु शेर्पाको नामबाट राखिएको छ । 

 

सो सडकको नाम ‘भृकुटी राजमार्ग’ राख्ने प्रस्तावमा रसुवाका पाँच गाउँपालिका प्रमुख तथा रसुवा नागरिक समाजले समेत समर्थन गरेका छन् । भृकुटी राजमार्ग नामकरण गर्न समर्थन गर्नेमा गोसाइँकुण्ड गापा अध्यक्ष कैसाङनुर्पु तामाङ, कालिका गापा अध्यक्ष सीतादेवी पौडेल, ,उत्तरगया गापा अध्यक्ष उपेन्द्र लम्साल, नौकुण्ड गापा अध्यक्ष नुर्पुसाङ्मो घले र पार्वतीकुण्ड गापा अध्यक्ष बुचुङ तामाङ तथा रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ रहेका छन् । 

 

गल्छीदेखि मैलुङ रसुवागढीको दूरी ८७ किमी रहेको डिभिजन सडक कार्यालय नुवाकोटका इञ्जिनीयर वीरेन्द्रप्रकाश गुप्ताले जानकारी दिए । 

 

काठमाडौँ देवपतनका महासामन्त अंशुवर्माले तिब्बतको सम्भावित आक्रमणबाट नेपाललाई जोगाउन, बौद्ध धर्म तिब्बतमा प्रचारप्रसार गर्न र तिब्बतमा सुन छ भन्ने मोहबाटै नाता सम्बन्ध स्थापित गर्न आफ्न छोरी भृकृटीलाई तिब्बतका राजा स्रङ्चङगम्पोसँग विवाह गराएको पूर्वप्रशासक एवं इतिहासकार रेशमबहादुर पाण्डे बताउँछन् ।

 

 राष्ट्रिय विभूतिका रुपमा समेत सम्मानित भृकुटीका नामबाट राजमार्गको नामकरण गर्दा अत्यन्तै उपयुक्त हुने सुझाव उनले दिए । 

 

भृकुटीले विवाहपछि दुलहीका रुपमा काठमाडौँको जीतपुर फेदी, नुवाकोट डाँडा, गेर्खुटार, बेत्रावती, कालिकास्थान, स्याफ्रुबेंसी, टिमुरे, रसुवागढी हुँदै गएको र यही मार्गबाट घरमाइती गर्ने गरेको इतिहास रहेको बताउँदै पाण्डेले नेपाल र तिब्बत व्यापार व्यवसायको शुरुआत गर्ने पहिलो व्यक्ति भृकुटी नै भएको ठोकुवा गरे । 

 


थप समाचार

पहिलो 'द भोइस अफ नेपाल' बने सिडी विजय अधिकारी 

  • 2 hours ago
पहिलो 'द भोइस अफ नेपाल' बने सिडी विजय अधिकारी 

काठमाडौं ।  नेपालको चर्चित गायन रियालिटी शो ‘द भोइस अफ नेपाल’ को पहिलो संस्करणमा   सिडी विजय अधिकारी विजेता    बनेका छन् ।

नुवाकोटमा मिनी-ट्रक दुर्घटना : १६ जनाको शव भेटियो, मृतकको संख्या बढ्न सक्ने

  • 7 hours ago
नुवाकोटमा मिनी-ट्रक दुर्घटना : १६ जनाको शव भेटियो,  मृतकको संख्या बढ्न सक्ने

र्घटनामा मृत्यु भएका १६ जनाको शव फेला परिसकेकोे प्रहरीले जनाएको छ । ५ जना घाइतेहरुलाई थप उपचारको लागि पठाइएको छ ।उद्धार कार्य जारी रहेकाले घाइते र मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ ।

ब्रेक्जिट सम्झौतामा थप वार्ता गर्ने बेलायती प्रधानमन्त्रीको प्रस्ताव युरोपबाट अस्वीकृत

  • 8 hours ago
ब्रेक्जिट सम्झौतामा थप वार्ता गर्ने बेलायती प्रधानमन्त्रीको प्रस्ताव युरोपबाट अस्वीकृत

गत महिना प्रधानमन्त्री मेले युरोपेली संघसंग गरेको ब्रेक्जिट सम्झौता बेलायतमा लगभग अस्वीकृत जस्तै बनेपछि सम्झौताका केहि बुंदामा परिमार्जन गराउने उनको कोशिस थियो । तर युरोपेली संघले सम्झौता थप वार्ताको



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

विचित्र विश्व

अजबगजबका १० देश जसबारे कमैलाई थाहा छ

अजबगजबका १० देश जसबारे कमैलाई थाहा छ

एजेन्सी– विश्वमा केही यस्ता देशहरु रहेका छन् जसकाबारेमा कमैलाई थाहा छ । आज हामी तिनै देशबारे तपाईहरुलाई जानकारी दिदै छौ ।