असारेझरी पर्दै गरेका बेला ढलान गरिएको सडक २२ दिनमै भत्कियो
- सोमबार, ८ असोज, २०७५
- 4 months ago
- नेपाल
काठमाडौँ । असारेझरी पर्दै गरेका बेला ढलान गरिएको सडक २२ दिनमै भत्किएर डण्डी निस्कँदा सवारीसाधन र यात्रु दुर्घटनाको जोखिममा परेका छन् ।
गत असार २ गते झमझमी पानी पर्दै थियो । यस्तै बेलामा गोकर्णेश्वर नगरपालिका––८ स्थित आरुबारी ओरालोबाट नेपाल मेडिकल कलेज हुँदै माकालबारी निस्कने सडक ढलान गरियो ।
केही स्थानीयवासीले पानी परेको समयमा सडक ढलान नगरौँ भनेका थिए । नगरपालिकाले गठन गरेको उपभोक्ता समितिले कसैको कुरा नसुनी ओरालाको सो सडक ढलान ग¥यो ।
असार २ गते ढलान गरिएको उक्त सडक असार २४ गते नै भत्किएर डण्डी देखिएको मेडिकल कलेजको अत्तरखेलचोकमा २५ वर्षदेखि फलफूल पसल चलाउँदै आउनुभएका माया तामाङले बताए ।
“निस्किएको डण्डी ठाडो भई धेरैपटक दुर्घटना भइसकेको छ, यस सम्बन्धमा उपभोक्ता समिति र वडा कार्यालयलाई पटक÷पटकभन्दा पनि नसुनेपछि हामी आफैँले डण्डी काट्यौँ, यो सडकको तीन ठाउँमा डण्डी ठाडो भएर दुर्घटनाको जोखिम बढेको छ”–उनले भने ।
नगरपालिका र मेडिकल कलेजको सक्रियतामा सो सडक ढलान गरिएको हो । सडक ढलानका लागि नगरपालिकाबाट रु १६ लाख विनियोजन गरिएको प्रवक्ता एवं ८ नं वडाध्यक्ष मनोजकुमार ढङ्ुगानाले बताए ।
बीच सडकमा डण्डी ठडिएर दुर्घटनाको जोखिम बढेपछि एकपटक मेडिकल कलेजकै कर्मचारीले आएर काटे ।
गुणस्तरीय निर्माण सामग्री नहाली ढलान गरिएको, पानी पर्दै गर्दा ढलान गरिएको र ढलान गरेको एक हप्तामै बाटो खोलिएकाले २२ दिनमै सडक जीर्ण बनेको हो । मेडिकल कलेजले सामान लैजान एक हप्तामै बाटो खोलेको हो ।
मेडिकल कलेजका अस्पताल निर्देशक राजेशकिशोर श्रेष्ठ सम्पर्कमा आउन चाहेनन् ।
सो क्षेत्रमा बस्ती बढेसँगै वर्षाद्मा परेको पानीको भेल आरुबारीबाट वाग्मतीतिर जाने खहरेलाई सडकका रुपमा विकास गरिएको थियो ।
पानी परेका बेला सो सडकमा ठूलो भेल आउँछ । सडकको एकातिर नाली बनाइए पनि अर्कोतिर छैन ।
एकातिरको नाली मेडिकल कलेजले नै पुरेको स्थानीयवासी बताउँछन् ।
कलेजले चोकमा राखेको बत्ती पनि नबल्ने भएकाले राति आकस्मिक सेवामा अस्पतालमा आएका सवारीसाधन दुर्घटनामा पर्ने गरेका छन् । पानी परेपछि सेफ्टी ट्याङ्की पनि सडकमै बग्ने गरेको छ ।
यसरी बगेको सेफ्टी ट्याङ्कीसहितको ढल सिधैँ वाग्मती नदीमै मिसिन्छ ।
सडक ढलानका लागि दुई उपभोक्ता समिति गठन गरिएको थियो । अत्तरखेल–सुन्दरीजल मूल सडक माथितिर र तलतिर गरी दुई समिति गठन गरिएको वडाध्यक्ष ढुङ्गानाले बताए ।
माथिल्लो भागको उपभोक्ता समिति अध्यक्ष सुजीतसिंह ठकुरी मेडिकल कलेज र वडाध्यक्षको दबाबमा पानी परेका बेला ढलान गर्दा सडक भत्किएको दाबी गर्छन् ।
माथिल्लो भागको ढलानका लागि नगरपालिकाबाट रु तीन लाख मात्र छुट्याइएको उनले दाबी गरे ।
वडा कार्यालयले भने दुई पटक गरी उपभोक्ता समितिलाई रु छ लाख उपलब्ध गराएको जनाएको छ ।
ढलानका लागि मेडिकल कलेजले दुई हजार किलोग्राम डण्डी र सिमेन्ट उपलब्ध गराएको बताइएको छ ।
अत्तरखेलबाट माकालबारी निस्कने सडक उपभोक्ता समिति अध्यक्ष टेकबहादुर बस्नेत सम्पर्कमा आउन चाहेनन् ।
उक्त सडकका लागि वडा कार्यालयले रु १० लाख बजेट विनियोजन गरेको थियो ।
सो सडकको पनि ठाउँ ठाउँमा डण्डी देखिएर जीर्ण बनेको छ ।
गाउँघरकै सिंहदरबारले जनताको विकास निर्माणको सपना पूरा गर्ने आशा गरिए पनि खासै फरक नदेखिएको समता मानवअधिकार तथा नागरिक समाजका अध्यक्ष नोर्साङ शेर्पाले बताए ।
“पहिले र अहिलेको काम गराइमा खास फरक छैन, विकास निर्माणका कामप्रति जनताको चासो अझै बढ्न सकेको छैन, पदमा बस्नेलाई जे गरे पनि हुन्छ, भन्ने भान परेको छ”– उनले भने ।
ढलान गरिएको सडक २२ दिनमा भत्किएपछि पानी पर्दा हिलो र घाम लाग्दा धुलोको समस्याबाट यहाँका बासिन्दा मुक्त हुन सकेका छैनन् ।
नगरपालिकाका उपप्रमुख एवं अनुगमन समिति संयोजक शान्ति नेपाल गत वर्षको योजनामा समस्या आएपछि यसवर्ष असोज मसान्तमा सबै योजनाको लागत तयार गरी कात्तिकदेखि कार्यान्वनमा लैजाने निर्णय गरिएको बताउँछन् ।
“विकास निर्माणका काम पानी परेका बेला हतार हतारमा गर्ने गरिएकाले कात्तिकदेखि नै काम गर्ने गरी निर्णय गरिएको हो, चालु आर्थिक वर्षको असारमा विकास निर्माणका काम हुँदैनन्”–उनले भने ।
आर्थिक वर्षको ११ महिनासम्म चुपचाप बस्ने अनि अन्तिम महिनामा सबै काम सक्ने गलत संस्कृतिको अन्त्य नभएसम्म विकास निर्माणमा विनियोजन गरिएको बजेटको सदुपयोग हुन नसक्ने देखिन्छ ।
थप समाचार
गोर्खा समस्या समाधानको लागि उच्चस्तरीय पहल गर्न संसदीय समितिको निर्देशन
- 9 hours ago

नेपालको स्वतन्त्रता, सार्वभौमिकता र स्वामित्वलाई सर्वोपरी राख्दै भूतपूर्व गोर्खाहरुले न्याय र समानताको लागि उठाएका मागहरु र औंल्याएका समस्याहरुको समाधान गर्न सरकारलाई समितिले सुझाएको छ ।
काभ्रेमा क्रसर अवैधानिक ठहर, कानुनतः भए स्राेत खुलाउन अल्टिमेटम
- 10 hours ago

काभ्रेपलाञ्चोक । जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिद्वारा गठित प्राविधिक उपसमितिले जिल्लामा सञ्चालित क्रसर (ढुङ्गा, गिट्टी, बालुवा प्रशोधन तथा उत्पादन उद्योग) अवैधानिक भएको ठहर गरी प्रतिवेदन आज अनुग
इन्टेक २०१९ मा भर्ती हुने ४ सय गोर्खा आइपुगे बेलायत (भिडियो)
- 10 hours ago

नयां भर्ती भएका गोर्खाहरु क्याटरिक आइपुग्दा उनीहरुलाई गोर्खा ब्रिगेडका कामाण्डिंग अधिकृतहरुले स्वागत गरे । हिन्दू परम्पराअनुसार पण्डितले रातो टिका र आशिर्वाद समेत प्रदान गरे ।
प्रेम र यौन
के हो राम्रो सेक्स ?
पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
जीवनशैली/स्वास्थ्य
तपाईलाई ‘ब्लड प्रेसर’ छ ? बिना औषधि कसरी नियन्त्रण गर्ने ?

काठमाडौं । साइलेन्ट किलरका रुपमा ब्लड प्रेसरलाई मानिन्छ । यसले बिना कुनै लक्षण तपाइँलाई भित्रभित्रै गम्भीर रोगको शिकार बनाउने गर्छ । यसमा ब्लड सर्कुलेशन कम वा उच्च हुने गर्छ ।
विचित्र विश्व
यसरी कृष्ण सोह्र हजार पत्नीका पति हुन पुगे

एजेन्सी । कृष्णको गोपिकाहरुसँगको प्रेम र सोह्र हजार रानीहरुको घटनालाई यदाकदा चर्चाको विषय बनाउने गरिन्छ ।