अबदेखि सडकमा फोहर फाल्नेलाई जरिवाना !

कास्की । पोखरा महानगरपालिका–९ मा जनप्रतिनिधिको नेतृत्वमा गठन भएको सरसफाइ समितिका सदस्यले सडकमा फोहरमैला फाल्नेहरुको गतिविधि निगरानी गर्न साँझ बिहान गस्ती गर्ने गरेका छन् । समितिले फोहरमैला सार्वजनिक स्थलमा फालेको भेटिएमा पहिलोपटक फोहरसहित फिर्ता पठाउने छ भने दोस्रोपटक पनि फेला परे जरिवाना गराउने छ । अनुगमन टोलीको आँखा छलेर फोहरमैला फाले भने पनि टोलीले कसको फोहरमैला हो भनेर पत्ता लगाएर जरिवाना गराएरै छाड्ने छ । 

 

पोखराको मुख्य बजार महेन्द्रपुल, चिप्लेढुङ्गा र न्यूरोडको क्षेत्रपर्ने वडा नं ९ मा सरसफाइ अनुगमन समिति गठन भएर प्रत्येक रात र बिहान समिति गस्तीमा निस्कने गरेको छ । फोहरमैला महानगरको फोहर बोक्ने गाडीमा मात्र फाल्नुपर्ने र जथाभावी सडकमा ल्याएर फाल्नेक्रम बढेपछि वडाले अनुगमन समिति बनाएर दैनिक गस्ती गर्न थालेको हो । 

 

आफ्नो घरायसी, सङ्घसंस्था तथा कार्यालयलगायतको फोहरमैला रातको समयमा ल्याएर सडकमा फालेर सडक प्रदूषित भएपछि सडक सफा राख्न वडा कार्यालयले निर्माण गरेको अनुगमन समितिले नै निगरानी गर्न साँझ बिहान गस्तीमा निस्कने गरेको वडाध्यक्ष रामराज लामिछानेले बताए । 

 

गत साउनदेखि अनुगमन टोलीले गस्ती गर्न थालेपछि सडकमा फोहर फाल्ने प्रबृत्तिमा विगतमा भन्दा ९० प्रतिशत कमी आएको भनाइ उहाँको छ । अनुगमन टोली हरेक दिन बिहान ४ः३० देखि ८ बजेसम्म र साँझ ७ः३० देखि ११ बजेसम्म सडकमै अनुगमनमा खटिने गरेको लामिछाने बताउँछन् । 

 

सार्वजनिकस्थलमा फोहर फाल्दै गर्दा अनुगमन समितिले पुस १५ गतेसम्म ३८ जनालाई जरिवाना तिराएको छ । त्यस्तै जरिवाना तिर्न अटेर गर्ने १२ जनालाई कारवाहीका लागि महानगरपालिकामा सिफारिश गरिएको छ भने ६० जनालाई पहिलो पटकका लागि भनेर फोहरसँगै फिर्ता पठाइएको वडासचिव लोकदर्शन कोइरालाले जानकारी दिए । 

 

हालसम्म वडाले जरिवानाबापत रु ८५ हजार ५०० सङ्कलन गरेर महानगरमा दाखिला गरिसकेको र फोहरको परिणाम र प्रकृति हेरिकन रु १०० देखि छ हजारसम्म जरिवाना तोकिएको कोइरालाले बताए। 

 

वडा नं ९ का वडासदस्य राममाया मानन्धरको नेतृत्वमा अर्का सदस्य गीता चर्माकार तथा खीमा गुरुङ, विना श्रेष्ठ, सीता खवास, सन्तोष आले, झकबहादुर गुरुङ र देउमाया गुरुङको अनुगमन टोली प्रत्येक दिन अनुगमनमा निस्कने गरेको छ । टोलीलाई धेरैजसो समय वडासचिव तथा सामाजिक अभियन्ता कोइरालाले साथ दिँदै आएका छन् । 


थप समाचार

बलात्कार मुद्दामा थुनामा रहेका कैदीकाे मृत्यु

  • 20 minutes ago
बलात्कार मुद्दामा थुनामा रहेका कैदीकाे मृत्यु

चितवन । जबरर्जस्ती करणी मुद्दामा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ ।

‘रिल’का गोपी बिपिनले ‘रियल लाइफ’कै गोपी भेटे

  • 21 minutes ago
‘रिल’का गोपी बिपिनले ‘रियल लाइफ’कै गोपी भेटे

चितवन । शनिबारबाट फिल्म ‘गोपी’को प्रचारमा निस्किएका बिपिन कार्कीले चितवनमा साँच्चिकैका गोपी भेटेका छन् । उनले फिल्मको प्रचारका क्रममा फिल्ममा झैं गाई व्यवसाय गर्ने गोपी ढकाललाई भेटेका हुन् । बिपिनले च

कङ्गोको राष्ट्रपतिमा शिसेकेडी विजयी भएको अदालतको घोषणा

  • 26 minutes ago
कङ्गोको राष्ट्रपतिमा शिसेकेडी विजयी भएको अदालतको घोषणा

किन्सासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको संवैधानिक अदालतले विपक्षी नेता फेलिक्स शिसेकेडी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ । उनका निकटतम प्रतिद्वन्द्वी मार्टिन फायुलुले चुनावमा धाँधली भएको आ



जीवनशैली/स्वास्थ्य

घरमा सुख शान्ति बनाइराख्न यस्ता कामहरु गर्नुहोस्

घरमा सुख शान्ति बनाइराख्न यस्ता कामहरु गर्नुहोस्

घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके ।

विचित्र विश्व

सिङ्गै गाउँ चार जनाको नाममा

सिङ्गै गाउँ चार जनाको नाममा

डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, ५ फुल्चिङका ६९ वर्षीय चन्द्रलाल चलाउनेको नाममा एक टुक्रा पनि जग्गा छैन । घरअगाडिको प्रशस्त जमिनमा मेहनतका साथ अधियाँ खेती गरे पनि उनको परिवारलाई वर्षभरि जीविका चलाउन मुस्कल पर्छ ।