साफ च्याम्पियनसिपः पाकिस्तानविरुद्ध नेपालको प्रतिस्पर्धा

  • मंगलबार, १९ भदौ, २०७५
  • 2 weeks ago
  • खेल

काठमाडौँ ।  साफ च्याम्पियनसिप फुटबलको १२ औँ संस्करण आजदेखि बङ्गलादेशको ढाकामा शुरु हुँदैछ । 

 

नेपालले दुई वर्षअघि ‘बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप’को उपाधि जितेको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पाकिस्तानविरुद्ध आज प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो ३ः४५ बजे शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । दुवै टोली अहिलेसम्म साफमा उपाधिविहीन छन् । 

 

साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध नेपालले हालसम्म खेलेका छ खेलमध्ये दुईमा जित, तीनमा बराबरी र एकमा पराजय भएको थियो । उक्त प्रतियोगितामा नेपाल र पाकिस्तानबीच सन् १९९३ जुलाई १६ मा पाकिस्तानमा भएको पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको थियो । 

 

सन् १९९५ मार्च २९ मा श्रीलङ्कामा भएको दोस्रो संस्करणमा नेपाल २–० गोलले विजयी भएको थियो । 

 

सन् १९९७ सेप्टेम्बर ४ मा काठमाडौँमा भएको तेस्रो साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग २–० गोलको पराजित भएको थियो । सन् २००८ जुन ७ मा श्रीलङ्का र माल्दिभ्सले संयुक्तरुपमा आयोजना गरेका सातौँ संस्करमामा नेपाल ४–१ गोलले विजयी भयो । 

 

सन् २०११ डिसेम्बर ६ मा भारतमा भएको आठौँ संस्करणमा नेपाल र पाकिस्तान १–१ गोलको बराबरीमा रोकिएको थियो भने सन् २०१३ सेप्टेम्बर ३ मा नेपालमा भएको नवौँ संस्कारणमा १–१ गोलले बराबरी भएको थियो । 

 

साफ च्याम्पियनसिपमा नेपालले हालसम्म खेलका २८ खेलमध्ये आठमा जित, १६ मा हार, चारमा बराबरीको नजिता निकालेको थियो । 

 

साफको २५ वर्षे इतिहासमा छ पटकको प्रतिस्पर्धामा पाकिस्तानसँग एक पटकमात्र पराजय भएको नेपालले आज जित्न सके आगामी चरणको यात्राका लागि सहज हुनेछ । यसअघि भएको साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलभन्दा अघि बढ्न सकेको थिएन । 

 

अहिलेसम्मका नतिजाले पाकिस्तानविरुद्ध नेपाललाई जित निकाल्न सहज देखिँदैन । हालै इन्डोनेसियामा सम्पन्न १८ औँ एशियाली खेलमा नेपालाई पराजित गरेको पकिस्तान सोही नतिजा दोहो¥याउने मनसायमा छ भने नेपाल त्यसको बदला लिने सोचका साथ आज मैदान उत्रने भएको छ । 

 

आज शुरु भई यही भदौ ३० गतेसम्म हुने प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल यही भदौ २१ गते भुटानसँग र समूह चरणको अन्तिम खेल बङ्गलादेशसँग २३ भदौमा खेल्नेछ । 

 

प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काले प्रतिस्पर्धा गर्नेछन् । नेपालसहित बङ्गलादेश, पाकिस्तान र भुटान समूह ‘ए’मा छन् । 

 

त्यस्तै भारत, माल्दिभ्स र श्रीलङ्का समूह ‘बी’ मा छन् ।च्याम्पियनसिपको समूहको शीर्ष दुई टोलीले अन्तिम चार ९सेमिफाइनल०मा स्थान बनाउनेछन् । 

 

नेपाली टोलीमा गोलकिपर किरणकुमार लिम्बू, विकेश कुथु र एलन न्यौपाने, डिफेन्समा दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द र सुमन अर्याल, मिडफिल्डमा हेमन्त थापामगर, हेमन गुरुङ, विशाल राई, सुनिल वल, सुजल श्रेष्ठ र नीराजन खड्का तथा फरवार्डमा भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट छन् । 

 


थप समाचार

प्रवेश परीक्षामा सामेल नभएकाले पनि कानून पढ्न पाउने

  • 2 minutes ago
प्रवेश परीक्षामा सामेल नभएकाले पनि कानून पढ्न पाउने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कानून सङ्कायले प्रवेश परीक्षामा सामेल नभएका पनि कानून तहको स्नातक तह प्रथम वर्षमा पढ्न पाउने व्यवस्था गरेको छ ।

अमेरिकी गोलीकाण्ड, चार जनाको मृत्यु

  • 12 minutes ago
अमेरिकी गोलीकाण्ड, चार जनाको मृत्यु

एबरडीन । अमेरिकाको मेरिल्यान्डस्थित एक औषधि भण्डारगृहमा कार्यरत एक महिलाले आफ्नै सहकर्मी साथीहरुमाथि अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । गोली चलाउने महिलाले पनि आत्महत्या गरेक

छब्बीस वर्षदेखि सडकको सपना, अझै खच्चडकै भर!

  • 19 minutes ago
छब्बीस वर्षदेखि सडकको सपना, अझै खच्चडकै भर!

तेह्रथुम । पर्यटकीय क्षेत्र तीनजुरे मिल्के जलजले क्षेत्रको वसन्तपुर–गुफा सडकखण्ड शिलान्यास भएको छब्बीस वर्ष बितिसक्दा पनि निर्माण कार्य पूरा नहुँदा त्यस क्षेत्रका बासिन्दा खच्चडकै भर पर्नु परेको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

होस् गर्नुहोस् तपाईको यस्तो बानीले नपुसंक बनाउँछ

होस् गर्नुहोस् तपाईको यस्तो बानीले नपुसंक बनाउँछ

पुरुषको धेरै आनीबानीहरु स्पर्म काउन्ट घटाउन जिम्मेबार हुन्छन् । चिकित्सकहरुका अनुसार शरिरको तापक्रमको तुलनामा अण्डकोशको थैलीको तापक्रम करिब एक डिग्री कम हुन्छ । अण्डकोश थैलीको तापक्रम बढ्नाले स्पर्म काउन्ट कम हुन सक्छ । यसैगरी स्पर्म काउन्टमा तनावले पनि नकरात्मक असर पार्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।