साफको १२ औं संस्करणसम्म आइपुग्दा नेपाल पाँचौँपटक सेमिफाइनलमा, बिमलको कीर्तिमानी

  • आइतबार, २४ भदौ, २०७५
  • 4 months ago
  • खेल

काठमाडौं । आयोजक बङ्गलादेशलाई २–० गोलले पराजित गर्दै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ । 

 

बङ्गलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशालामा भएको खेलमा ३३औँ मिनेटमा बिमल घर्तिमगरको गोलबाट नेपालले अग्रता लिएको थियो । करीब ३३ यार्ड टाढाबाट पाएको ‘फ्री किक’ अवसरलाई घर्तिमगरले सानदार गोलमा परिणत गरे । 

 

सुनिल वललाई बङ्गलादेश डिफेण्डर वाले फैजलले फाउल गरेपछि नेपालले झण्डै ३३ यार्डबाट फ्री किकको अवसर पाएको थियो । 

 

पहिलो हाफमा १–० गोलले अग्रता लिएको नेपालका लागि ८९औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आग्रता दोब्बर बनाएका थिए । 

 

जीतसँगै नेपाल ६ अङ्क जोड्दै समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश ग¥यो । समान अङ्क भए पनि पाकिस्तान गोल अन्तरका आधारमा उपविजेता बन्दै अन्तिम ४ मा प्रवेश ग¥यो । बङ्गलादेश र भूटान प्रतियोगिताको समूह चरणबाटै बाहिरिए । 

 

नेपाल समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भए पनि दोस्रो खेलमा भूटानविरुद्ध ४–० र आयोजक बङ्गलादेशलाई २–० ले पराजित गर्न सफल भयो । 

 

सेमिफाइलनको खेल आगामी मङ्गबारदेखि हुनेछ । साफको बाह्रौँ संस्करणसम्म आइपुग्दा नेपाल पाँचौँपटक सेमिफाइनल पुगेको हो । 

 

साफमा बिमलको कीर्तिमानी 

 

साफ फुटबलमा नेपालका स्ट्राइकर बिमल घर्तिमगरले कीर्तिमान बनाएका छन् । प्रतियोगितामा नेपालका तर्फबाट चार गोल गर्ने खेलाडीको सूचीमा बिमलले रेकर्ड बनाए । 

 

बिमलले सन् २०१३ को साफमा पाकिस्तानविरुद्ध पहिलो गोल गरेका थिए । उनले सन् २०१५ मा भारतविरुद्ध गोल गर्दै सङ्ख्या दुई पु¥याए । बङ्गलादेशमा जारी साफमा दुई गोल गर्दै उनले कीर्तिमान कायम गरे । 

 

पहिलो खेलमा पाकिस्तानविरुद्ध पनि बिमलले गोल गरेका थिए । योसँगै साफमा उनको गोल सङ्ख्या ४ पुगेको छ । साफमा चार गोल गर्ने खेलाडीमा हरि खड्का, अनिल गुरुङ र जुमानु राईको नाम छ । 


थप समाचार

वैदेशिक सहायतामा १६ प्रतिशतले वृद्धि

  • 21 minutes ago
वैदेशिक सहायतामा १६ प्रतिशतले वृद्धि

काठमाडौँ । मुलुकको विकास निर्माणका निम्ति अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर सहायता प्राप्त भइरहेको छ भने त्यसको मात्रामा पनि उल्लेख्य वृद्धि भएको छ ।

नार्ककाे वैज्ञानिक पलायनबारे अनुसन्धान गर्नुपर्ने बेला आयाे : कृषिमन्त्री खनाल

  • 33 minutes ago
नार्ककाे वैज्ञानिक पलायनबारे अनुसन्धान गर्नुपर्ने बेला आयाे : कृषिमन्त्री खनाल

भरतपुर । कृषिमन्त्री चक्रपाणि खनालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) कै अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

सात दशमलव ५७ विन्दुले घटेर शेयर बजारकाे ओरालो यात्रा जारी

  • 39 minutes ago
सात दशमलव ५७ विन्दुले घटेर शेयर बजारकाे ओरालो यात्रा जारी

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्य ओरालो लागेको छ ।



जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।