सगरमाथामा इतिहासकै सबैभन्दा धेरै आरोही

फाइल फाेटाे
Education Park

काठमाडौँ । सगरमाथा आरोहणको वसन्त ऋतुको याममा इतिहासकै सबैभन्दा बढी आरोहीले सगरमाथाको चुचुरो चुमेका छन् । पर्यटन विभागका अनुसार यस याममा जारी हिमाल आरोहणका क्रममा आजसम्म ३५० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । 

 

विभागको पर्वतारोहण शाखाका अनुसार यस याममा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका ३८१ ले आरोहण अनुमति लिएका छन् । सन् २०१८ मा ३८ आरोही समूहका ३४६ ले आरोहण अनुमति लिएका थिए । जसमा शेर्पा आरोहीसहित ७२१ ले सगरमाथा आरोहण गरेको विभागले जनाएको छ । 

 

यस्तै सन् २०१७ मा ४३ आरोही समूहका ३६६ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए । यसअघि सन् २०१३ मा करीब पाँच सय र सन् २०१६ मा ४५१ जनाले सगरमाथा आरोहण गरेका थिए । सन् २०१४ मा हुदहुद आँधी र सन् २०१५ मा भूकम्पका कारण सगरमाथा आरोहण रोकिएको थियो ।

 

सगरमाथा आरोहण इतिहासमा यस पटक सबैभन्दा बढी आरोही सगरमाथा आरोहणमा गएका र हालसम्म ३५० भन्दा बढीले चुचुरो चुमेको विभागका निर्देशक मीरा आचार्यले जानकारी दिए । 

 

आज बिहान मात्रै ५० आरोहीले सगरमाथा आरोहण गरेको उनले बताए । सगरमाथासहितका विभिन्न हिमाल आरोहण गर्न ९०० को हाराहारीमा स्वदेशी तथा विदेशी आरोहीले आरोहण अनुमति लिएका छन् । यस याममा कूल ११३ आरोही समूहका ८६८ आरोहीले आरोहण अनुमति लिएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण गत वैशाख ३१ गते शुरु भएको थियो । तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८४८ मिटर अग्लो विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक पाइला टेकेका थिए । 

 

त्यसयता ६६ वर्षको अवधिमा आठ हजारभन्दा बढी पर्वतारोही शिखरमा पुगिसकेका छन् । आरोहणकै क्रममा अहिलेसम्म करीब २९० आरोहीले ज्यान गुमाएको तथ्याङ्क छ । आरोहण शृङ्खलामा नयाँ नयाँ कीर्तिमान पनि कायम भएका छन् ।  

 

कामिरिताको नयाँ कीर्तिमान

 

सगरमाथा आरोहीको सङ्ख्या मात्रै हैन, आरोहणमा नयाँ विश्व कीर्तिमान पनि कायम भएका छन् । यस याममा कीर्तिमान आरोही कामिरिता शेर्पाले यही जेठ ७ गते २४औँ पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका छन् । शेर्पाले यसअघिको आफ्नै २३औँ पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका हुन् ।

 

 

यसअघि आरोही शेर्पाले जेठ १ गते सगरमाथाको २३औँ पटक आरोहण गरेका थिए । उनी सात दिनको अवधिमै पुनः सगरमाथाको आरोहण गर्न सफल भएका छन् । सोलुखुम्बुको थामेगाउँमा जन्मिएका ४९ वर्षीय कामिरिताले आगामी वर्ष २५ औँ पटक सगरमाथा आरोहण गरेर सन्यास लिने यसअघि नै बताइसक्नुभएको छ । यसअघि आप्पा शेर्पा र फुर्वा टासी शेर्पाले २१ पटक सगरमाथा आरोहण गरी कीर्तिमान बनाएका थिए ।

 

सगरमाथा आरोहणमा अन्य नयाँ कीर्तिमान पनि बनेका छन् । यद्यपि, विभागले हालसम्म कति आरोहीले सगरमाथा चढे, कुन कुन कीर्तिमान भए भन्नेबारे पछि मात्र पूर्ण जानकारी गराउने जनाएको छ । अहिले विभिन्न एजेन्सीमार्फत जानकारीका आधारमा आरोहणको विवरण दिइएको विभागको भनाइ छ ।

 

सगरमाथाको आधार शिविरमा रहनुभएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार दुई दिनयता बाक्लो सङ्ख्यामा आरोहीले सगरमाथा आरोहण गरेका छन् । केही आरोही फर्कने क्रममा छन् । एक÷दुई दिनमै सबै आरोही सगरमाथाको चुचुरो पुगिसक्ने जनाइएको छ ।

 

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले यस वर्षको आरोहण उत्साहजनक भएको बताए । मौसमले साथ दिए अबको तीनदेखि चार दिनभित्र धेरै सङ्ख्यामा आरोहीले सगरमाथाको आरोहण सक्ने जानकारी दिँदै उनले आरोहणमा गएका सबै आरोही अहिले क्याम्प २ भन्दा माथि छन् । केही समूह क्याम ४ मा पुगिसकेका छन् ।  

 

सगरमाथासहितका २८ हिमाल आरोहणका लागि नेपालसहित ४८ मुलुकका आरोही हिमाल आरोहणमा निक्लिएका छन् । यस याममा हिमाल आरोहणबाट करीब रु ५० करोड सलामी दस्तुर जम्मा भएको छ । यसमा सबैभन्दा धेरै रु ४४ करोड ४२ लाख ४३ हजार सगरमाथाबाट मात्र छ । 

 

सगरमाथा आरोहणका लागि विदेशीलाई ११ हजार अमेरिकी डलर र नेपालीलाई ७५ हजार रुपैयाँ सलामी दस्तुर लाग्छ । नेपालमा हाल पाँच हजार ८०० मिटर अग्ला ४०३ वटा हिमाल आरोहणका लागि खुल्ला गरिएका छन् । 

 

भूगर्भविद् डा हर्क गुरुङको अध्ययन प्रतिवेदनअनुसार पाँच हजार ८०० मिटरभन्दा अग्ला १७ हजार हिमाल आरोहण योग्य छन् । एक हजार ३८९ हिमालको आरोहण खोल्न बाँकी छ । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये नेपालमा आठ वटा छन् । (रासस)


थप समाचार

उत्तम सञ्जेल दम्पत्ती प्रहरी नियन्त्रणमा, विमला तामाङमाथि बलात्कार भएकाे आशंका

  • 2 hours ago
उत्तम सञ्जेल दम्पत्ती प्रहरी नियन्त्रणमा, विमला तामाङमाथि बलात्कार भएकाे आशंका

काठमाडौं । बौद्धस्थित समता अस्पतालमा कार्यरत कर्मचारी विमला तामाङ अस्पताल परिसरमै झुण्डिएको अवस्थामा मृत फेला परेपछि अस्पतालका सञ्चालक उत्तम सञ्जेल पक्राउ परेका छन् ।

कर्णाली नदीमा गाडी खस्दा बेपत्ता हुनेको सङ्ख्या १० पुग्याे

  • 2 hours ago
कर्णाली नदीमा गाडी खस्दा बेपत्ता हुनेको सङ्ख्या १० पुग्याे

हुम्ला । खार्पुनाथ गाउँपालिका–५ बेणुबिसौना र कैलेबालु भन्ने स्थानको सडकबाट लु१ज ७१६६ नम्बरको महेन्द्र पिकअप गाडी कर्णाली नदीमा खसेर बेपत्ता हुनेको सङ्ख्या १० पुगेको छ ।

लोकसेवाकाे आवेदन दिने मिति असार १० गतेसम्म थप

  • 3 hours ago
लोकसेवाकाे आवेदन दिने मिति असार १० गतेसम्म थप

काठमाडौँ । लोकसेवा आयोगले स्थानीय तहका कर्मचारी मागका लागि आवेदन दिने समय थप गरेको छ । आज आयोग पदाधिकारी बैठकले असार १० गतेसम्म आवेदन दिने समय थप गरको हो ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

काठमाडौँ । हाम्रो भान्सामा पाक्ने केही कुरालाई पकाउनु आवश्यक छैन । केही खानेकुरा पकाउँदा तिनको पोषण हराएर जान्छ । अनि कुनै खानेकुरा पकाउँदा विषालु पनि हुन्छन् । पोषक तत्त्वको भरपूर अवशोषण शरीरले गर्नका लागि केही कुरा काँचै खाएको राम्रो हुन्छ ।

विचित्र विश्व

यौनप्रस्तावले हैरान भएका यी पुरुष

यौनप्रस्तावले हैरान भएका यी पुरुष

एजेन्सी । यौन प्रस्तावका लागि युवतीहरुको ओइरो लागेपछि एक युवक तनावमा परे । उनी हुन् मोहम्मद अवद । समाचार एजेन्सीका अनुसार, दर्जनौं युवतीले स्कटल्याण्डका ती पुरुषसँग सेक्स गर्न चाहेको सन्देश पठाए । आखिर किन उनीसँग महिलाहरुले यौन सम्पर्क गर्न चाहे त ? उनको कृतिम लिंगप्रति महिलाहरु लोभिएका हुन् । ती महिलाले कृतिम लिंगको अनुभव लिन खोजेका हुन् ।