सगुनलाई बेलायती सांसदले पठाए सफलताको शुभकामना

  • मंगलबार, ८ साउन, २०७५
  • 1 month ago
  • युके

 

लण्डन । अमेरिकामा बस्ने नेपालीहरुले सुरु गरेको सोसल कमर्स साइट सगुन डटकमलाई बेलायती सांसद विरेन्द्र शर्माले शुभकामना पठाएका छन् । 

 

सगुनका बेलायत संयोजक युवराज सेढाईंलाई सोमबार एक पत्र पठाएर सांसद शर्माले सगुनको सफलताको  कामना गरेका छन् । 

 

सगुनले नविनतम अवधारणा र सोंचका साथ अघि बढाएको प्रोजेक्ट सफलताउन्मुख रहेको भन्दै सांसद शर्माले खुशी व्यक्त गरेका छन् । 

 

सगुनको अभियानलाई भावी दिनमा थप सफलताको कामना गर्दै उनले सगुनले लिएको लक्ष्य सफलतापूर्वक हासिल गर्ने विश्वास समेत व्यक्त गरेका छन् । 

 

यसअघि सगुनबारे जानकारी दिने उद्धेश्यले केहि साता पहिले सगुनका सल्लाहकार सुर्य गुरुङ र बेलायत संयोजक सेढाईंले सांसद शर्मासंग भेटवार्ता गरेका थिए । 

 

 

मिनी आइपिओमार्फत सगुनमा लगानी गर्ने अन्तिम अवसर यहि जुलाई २६ तारिख समाप्त हुंदैछ । 

 

सगुनको प्रोजेक्टमा अहिलेसम्म ३५ सय बढि लगानीकर्ताबाट ५ मिलियन डलर भन्दा बढिको लगानी आइसकेको छ । बेलायतबाट पनि यसभन्दा अघिल्लो चरणसम्ममै ४ सय ५० भन्दा बढि  समाजका अग्रज, एनआरएन अगुवा,  व्यवसायी तथा सर्वसाधारणले सगुनमा लगानी गरिसकेका छन् । हिन्दुस्तान टाइम्स एक्लैले सगुनमा ५ मिलियन डलर लगानी गर्ने घोषणा गरेको छ ।

 

स्थापनाताका २ मिलियन डलर रहेको कम्पनीको भ्यालु अहिले बढेर ९३ मिलियन पुगेको सगुनका अभियन्ताहरुको दाबी छ । सन् २०२२ सम्ममा यसलाई बढाएर ५ बिलियन डलरसम्म पुरयाउने लक्ष्य उनीहरुको छ । यो लक्ष्य हासिल भएको अवस्थामा अहिले १ हजार डलर लगानी गर्नेको शेयर भ्यालु ५३ हजार डलर पुग्ने बताइएको छ । 

 

केहि महिनाअघि सगुनले सार्वजनिक गरेको एन्ड्रोइड एप अहिलेसम्म १० लाख भन्दा बढिले डाउनलोड गरिसकेका छन् भने सगुनका प्रयोगकर्ता २५ लाख नाघिसकेका छन् । 

 


थप समाचार

सातौं बिग आइकन सुबास लण्डनमा, पहिलो कार्यक्रम शनिबार माया पबमा

  • 2 hours ago
सातौं बिग आइकन सुबास लण्डनमा, पहिलो कार्यक्रम शनिबार माया पबमा

लण्डन । पोखरास्थित बिग एफएमले हरेक वर्ष आयोजना गर्ने गायन प्रतिस्पर्धा बिग आइकनको सातौं संस्करणका विजेता सुबास गुरुङ लण्डन आइपुगेका छन् । बेलायतका विभिन्न स्थानमा प्रस्तुति गर्न बिग आइकन सुबास बिग एफए

रश्मोरका काउन्सिल लिडरले भने, 'नेपालीबाट बेलायतीले धेरै सिक्न सक्छन्'

  • 2 hours ago
रश्मोरका काउन्सिल लिडरले भने, 'नेपालीबाट बेलायतीले धेरै सिक्न सक्छन्'

ग्रेटर रश्मोर नेपाली कम्युनिटीले विहिबार अल्डरसटमा आयोजना गरेको इन्फरमेसन डे कार्यक्रममा काउन्सिल लिडर डेभिड क्लिफोर्डले स्थानीय नेपालीहरुको प्रशंसा गरेका हुन् ।

बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

  • 8 hours ago
बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

बेलायतले २ वर्षे पाइलट कार्यक्रम घोषणा गर्दै २५ सय गैरयुरोपेली कामदारहरुलाई बेलायतमा तरकारी तथा फलफूल खेतीको कामका लागि ल्याउने योजना सार्वजनिक गरेको हो ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।