सहारा यूकेलाई 'ह्याम्पशायर एफए' अवार्ड

  • सोमबार, २१ जेष्ठ, २०७५
  • 10 months ago
  • युके

लण्डन । सहारा यूकेलाई बेलायतको ह्याम्पशायर एफएले 'ह्याम्शायर एफए इक्विलिटी च्याम्पियन अवार्ड'ले सम्मान गरेको छ । गत शनिबार साउथ ह्याम्पटन क्लबको कन्फरेन्स हलमा आयोजित समारोहमा सहारालाई उक्त अवार्ड प्रदान गरिएको हो । 

 

ह्याम्पशायर एफएका तर्फबाट क्रिस स्मिथले सहारा यूके अध्यक्ष मिनबहादुर गुरुङ साईंलालाई उक्त अवार्ड प्रदान गरेका थिए। सहारा यूके अध्यक्ष गुरुङ ह्याम्पशायर इन्क्लुसिभ एड्भाइजरी ग्रुपमा पनि सदस्य छन् । 

 

अवार्ड विरण समारोहमा सहारा यूकेका संस्थापक अध्यक्ष नविन गुरुङ, एफसी अध्यक्ष कुसन गुरुङ, महासचिव कृष्ण गुरुङ, एफसीका धनु थकाली लगायत सहभागी थिए । 

 

सहारा यूकेले हालैका दिनमा एफएसंगको आफ्नो सम्बन्ध बढाउंदै लगेको छ । सहारा यूके अध्यक्ष गुरुङकै पहलमा गत गोर्खाकपमा एफए कप प्रदर्शनीका लागि ल्याइएको थियो । 

 

सहारा यूकेले एफएसंगको सहकार्यमा भविष्यमा नेपाल तथा इङल्याण्डबीचको मैत्रीपुर्ण खेलका साथै खेलाडी ट्रेनिङ तथा रेफ्री ट्रेनिङ समेत गराउने योजना बनाएको छ ।

 

अध्यक्ष गुरुङलेसहारा यूकेका सल्लाहकारहरु, सिंगो कार्यसमिति, शुभचिन्तक, पत्रकार सबैको साथ बिना अवार्ड पाउन सम्भव नरहेको भन्दै सबैलाई धन्यवाद व्यक्त गरेका छन् । 


थप समाचार

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

  • 36 seconds ago
माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

एजेन्सी । माल्दिभ्स अन्तराष्ट्रिय पर्यटकहरुको एउटा प्रमुख गन्तव्य हो । वार्षिक लाखौँ पर्यटकहरु यो देशको भ्रमण गर्न आउँछन् ।

सुन र चाँदीको मूल्य स्थिर

  • 11 minutes ago
सुन र चाँदीको मूल्य स्थिर

काठमाडौँ । आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन (बिहीबार कै मूल्य) तोलाको ५९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

ग्वार्डीवालाले गरे म्यानचेस्टर सिटीको ८१२ मिलियन युरो खर्च, उपलब्धि बालुवामा पानी बराबर

  • 27 minutes ago
ग्वार्डीवालाले गरे म्यानचेस्टर सिटीको ८१२ मिलियन युरो खर्च, उपलब्धि बालुवामा पानी बराबर

एजेन्सी । यस सिजन च्याम्पियन्स लिग म्यानचेस्टर सिटीले जित्ने अनुमान गरिएको थियो । तर, टोटनहमसँग पराजित भएपछि पेप ग्वार्डीवामाथि प्रश्नहरुको बाणहरु तेर्सिएका छन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

एजेन्सी । माल्दिभ्स अन्तराष्ट्रिय पर्यटकहरुको एउटा प्रमुख गन्तव्य हो । वार्षिक लाखौँ पर्यटकहरु यो देशको भ्रमण गर्न आउँछन् ।

विचित्र विश्व

वाइन कण्डमबारे थाहा पाउनु भएको छ ?

वाइन कण्डमबारे थाहा पाउनु भएको छ ?

एजेन्सी । कण्डम भन्ने वित्तिकै झट्ट याद आउने विष हो– सेक्स । कण्डमलाई परिवार नियोजनको भरपर्दो साधनको रुपमा अथ्र्याइन्छ । तर, अब शारीरिक सम्पर्कका बेला मात्रै होइन पेय पदार्थ वियरको सुरक्षाको लागि पनि कण्डम प्रयोग हुन थालेको छ ।