शनिबार वुल्वीचमा साहित्य चौतारी यूकेको दोस्रो वार्षिक श्रृंखला

  • शुक्रबार, २२ भदौ, २०७५
  • 2 months ago
  • युके
फाइल फोटो

 

लण्डन । साहित्य चौतारी यूकेले आफ्नो नियमित २४ औं तथा दोस्रो वार्षिक श्रृंखला शनिबार वुल्वीचमा आयोजना गर्दैछ । 

 

वुल्वीच लाइब्रेरीको सभाकक्षमा मध्यान्ह १२ देखि दिउंसो साढे ३ बजेसम्मका लागि कार्यक्रम तय गरिएको छ । 

 

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम डायस्पोरिक नेपाली साहित्यका विज्ञ डा गोविन्दराज भट्टराई रहनेछन् । त्यसैगरी, विशेष अतिथीका रुपमा अन्तर्राष्ट्रिय स्तरकी नेपाली कथावाचिका सपनादेवी श्रेष्ठ र वुल्वीच लाइब्रेरीका लाइब्रेरियन टोनी म्यारोन पनि कार्यक्रममा सहभागी हुनेछन् । 

 

त्यसअवसरमा साहित्य चौतारी यूकेले सञ्चालन गर्न लागेको नेटवर्क लाइब्रेरी 'हातेमालो पुस्तकालय'को उद्घाटन गर्ने कार्यक्रम छ । साहित्य चौतारीलाई सहयोग पुर्याउंदै आएका विभिन्न संस्था तथा व्यक्तिहरुलाई प्रशंसापत्र वितरण गरिदैछ । त्यसबाहेक कार्यक्रममा स्रष्टाहरुका कविता वाचन समेत हुनेछन् । 

 

साहित्य चौतारी यूके बेलायतस्थित नेपाली सर्जकहरुको साझा चौतारीका रुपमा २ वर्षअघि सुरु भएको थियो । त्यसयता यो समुहले हरेक महिना नियमित रुपमा साहित्यिक श्रृंखला आयोजना गर्दै आएको छ ।

 

मासिक कार्यक्रममा सर्जकहरुले आ आफ्ना सिर्जना सुनाउने, एक आपसमा सुझाव तथा सल्लाह आदानप्रदान गर्ने , नेपाली साहित्यका विविध पक्षहरुमा अन्तरक्रिया गर्ने र कतिपय अवसरमा साहित्यिक व्यक्तित्वहरुलाई अतिथिका रुपमा सहभागी गराउने समेत गरिन्छ । 

 

शनिबारको कार्यक्रम २४ औं नियमित श्रृंखला मात्र नभएर दोस्रो वार्षिक श्रृंखलाको विशेष अवसर समेत रहेको भन्दै साहित्य चौतारी युकेका संयोजक वासु शर्माले बेलायतबासी सबै सर्जक तथा साहित्यप्रेमीहरुलाई उपस्थितिको लागि आग्रह गरेका छन् । 

 


थप समाचार

बेलायतमा मधेशी नेपालीले मनाए छठ

  • 1 hour ago
बेलायतमा मधेशी नेपालीले मनाए छठ

एशोसिएसन अफ नेप्लिज मधेशी इन यूके र युरोपियन मधेशी सोसाइटीले संयुक्त रुपमा लण्डनमा छठ मनाएका हुन् । शनिबार लण्डनको फेल्थाम कलेजमा आयोजित समारोहमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको समेत उपस

बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका जिवनको गित !

  • 2 hours ago
बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका  जिवनको गित !

हाम्रो मनको पिडा ब्यथा,कस्ले बुझी देला” “जन्मेउ जहाँ त्यहाँ छैन बास फर्की जाने केही छैन आश “ भुटानमा जन्मीएर पनि नेपाली भाषा कला संकृती र साहित्यलाई अंगालेर नेपालमा शरणाार्थी जिवन बिताइरहेका भुटा

फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

  • 2 hours ago
फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

तत्कालीन नेकपा माओवादी केन्द्र का पोलिटब्यूरो सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा आज उहाँको निवास खुमलटारम



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर