साहित्य चौतारीको दोस्रो वार्षिकत्सवमा नेटवर्क लाइब्रेरी शुभारम्भ

  • बुधबार, २७ भदौ, २०७५
  • 1 week ago
  • युके

 

लण्डन । साहित्य चौतारी यूकेको दोश्रो वार्षिक उत्सव तथा २४औं श्रृंखला गत  शनिबार एक समारोहबीच सम्पन्न भयो । 

 

साहित्य चौतारीका एक सक्रिय सदस्य एवम् समाजसेवी अर्कराज तिम्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि हाल बेलायत भ्रमणमा रहेका नेपाली डायस्पोरिक साहित्यका विज्ञ एवम् साहित्यकार डा. गोविन्दराज भट्टराई थिए भने विशिष्ट अतिथिहरुमा हाल बेलायतको भ्रमणमा रहेकी भागवतवाचनमा देश विदेशमा ख्यातिप्राप्त सपनादेवी श्रेष्ठ र वुल्वीच लाईब्रेरीका प्रबन्धक टोनी मेरियोन थिए । 

 

करिब ४० जना साहित्यकार एवम् साहित्यानुरागीहरुको उपस्थिति रहेको सो कार्यक्रममा स्वागत मन्तव्य साहित्य चौतारी यूकेका संयोजक वासु शर्माले दिएका थिए । 

 

दोश्रो वार्षिक उत्सवको अवसर पारेर साहित्य चौतारी यूकेले नेपाली हातेमालो पुस्तकालय ( नेपाली नेटवर्क लाइब्रेरी )  को शुभारम्भ गरेको छ । कार्यक्रमका प्रमुख अतिथिद्वारा वेभसाइटको उद्घाटन गरिएको सो पुस्तकालयमा बेलायतमा छरिएर रहेका नेपालीहरुसंग रहेका नेपाली भाषा साहित्यका विभिन्न ग्रन्थहरुको सूचि https://www.nepalinetworklibrary.org.uk  मा राखी पढ्न चाहनेहरुले पुस्तक धनीसंग सम्पर्क र अनुरोध गरी पढ्नका लागि सापटी लिने दिने प्रयोजनका लागि साहित्य चौतारी यूकेद्वारा हातेमालो पुस्तकालयको थालनी गरिएको हातेमालो पुस्तकालयका संयोजक विनोद न्यौपानेले बताए । 

 

सो अवसरमा साहित्य चौतारी यूकेलाई सहयोग पुर्याउने विभिन्न संस्था एवम् व्यक्तिहरुलाई प्रसंशापत्र प्रदान समेत गरिएको थियो । यसरी प्रसंशापत्र प्राप्त गर्ने संस्थाहरुमा वुल्वीच लाइब्रेरी, साहित्य संगम यूके र वातावरण साहित्य सन्जाल यूके थिए भने व्यक्तिहरुमा वुल्वीच लाइब्रेरीका टोनी मेरियोन र शाजिया अहमेदका साथै नेपालबाट अनलाइन जोडिएर श्रोतव्यक्तिका रुपमा सहयोग पुर्याएका करुण थापा, डा. रजनी ढकाल, डा. नेत्र एटम र डा. द्रोण पौडेल थिए । 

 

चौतारीका एक सक्रिय सदस्य दिनेश पौड्यालद्वारा सन्चालित सो कार्यक्रम साहित्य चौतारी यूकेको अनलाइन रेडियो http://nepaliwriters.uk  मार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो । 

 

कार्यक्रममा प्रमुख अतिथि र विशेष अतिथिहरुको मन्तव्यहरुका साथै उपस्थित कविहरुले कविता वाचन समेत गरेका थिए ।

 


थप समाचार

सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको टोली राख्न स्वीकृति

  • 5 minutes ago
सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको टोली राख्न स्वीकृति

पशुपतिनगर । इलाम जिल्लाको नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको सुरक्षा टोली राख्न स्वीकृति दिइएको छ । नेपाल भारत सीमा क्षेत्रका नेपाली नागरिकले लामो समयदेखि सीमा क्षेत्रमा सुरक्षाको व

गुण र दोषका आधारमा सरकारलाई सहयोग गरिनेः गगन थापा

  • 8 minutes ago
गुण र दोषका आधारमा सरकारलाई सहयोग गरिनेः गगन थापा

पाल्पा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारलाई संविधान कार्यान्वयनका विषयमा सहयोग गरिने बताएका छन् । उनले सरकारको गुण र दोषका आधारमा काङ्ग्रेसले

शिक्षकको परीक्षाका कारण विद्यालय बन्द

  • 10 minutes ago
शिक्षकको परीक्षाका कारण विद्यालय बन्द

डडेल्धुरा । शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै विद्यालय बन्द गरिएका छन् ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

एजेन्सी । मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको सेप्टेम्बर महिनाबाट इटालीमा ‘इन्गेजमेन्ट’ को रौनक चलिरहेको छ ।

विचित्र विश्व

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

काठमाडौँ । चीनले पछिल्लो रुपमा दु्रत विकासलाई प्राथमिकता दिएको छ । हरेक कुरालाई व्यवस्थित गर्ने योजनामा आधारित रहेको चीनका करिब १०० वटा सहरमा, प्रत्येक सहरैपिच्छे १० लाख भन्दा बढी मानिसहरु बसोबास गर्दै आइरहेका छन् ।