जब सत्य साइ बाबालाई ४० हजार करोड रकम गलत रुपमा प्रयोग गरेको आरोप लाग्यो

एजेन्सी । भारतका चर्चित बाबामध्येका एक बाबा हुन् ‘सत्य साई बाबा’। विश्व चर्चित साइ बाबाका भक्तजनहरु १२६ देशमा रहेको मानिन्छ ।

 

उनलाई ‘भगवान’ नै हुन् भन्नेहरु पनि धेरै छन् । सन् २०११ मा उनको मृत्यु भएको थियो । धेरै मानिसहरुको मनमा राज गरेका सत्य साई बाबाका नाममा विश्वभर ट्रष्ट, स्कुल, कलेज, हस्पिटल तथा बिल्डिङहरु रहेका छन् । सामाजिक सद्भावका लागि उल्लेख्य काम गरेका साइ बाबा पनि धेरै विवादमा परेका थिए ।  

 

उनको जीवनमा केही गम्भिर विवादहरु सिर्जना भए । उनलाई झुटो जादु गरेको, यौन शोषण गरेको तथा बाल यौन शोषण समेत गरेको आरोप लाग्यो । यस्ता आरोप लागेपछि उनका भक्तजनहरुले यसको ठुलो प्रतिकार गरेका थिए । 

 

राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सत्य साइ बाबाले गरेका जादुमयी कामहरुले उनलाई विवादमा तान्यो । शान्त हावाबाट उनले सुनका गहनाहरु तथा रिङहरु निकाल्ने गर्थे । केही सोधकर्ताहरु तथा तर्कवादीहरुले यो अरु केही नभइ सानोतिनो जादु भएको बताएका थिए । 

 

तर, यी आरोपहरुले उनका भक्तजनहरुलाई केही फरक पारेन । उनी माथि विश्वास गर्ने भक्तजनहरुले यस्ता आरोपहरु बाबालाई बदनाम गराउन लगाइएको बताएका थिए ।

 

केही यस्ता गम्भिर आरोपहरु सत्य साइबाबा माथि लागे । उनका पुर्व भक्तजनहरुले उनले यौन शोषण र बाल यौन शोषण गरेको आरोप लगाएका थिए । 

 

उनीमाथि सबैभन्दा ठुलो आरोप सन् १९९३ जुन ६ मा उनको पुट्टापर्थीमा रहेको आश्रम प्रशान्ति निलायममा लागेको थियो । साइबाबाको कोठामा चार जना सदिंग्ध व्यक्तिहरुले भक्तजनहरुमाथि चुरा प्रहार गरेका थिए । जसमा दुई जना मारिएका थिए भने दुई जना गम्भिर घाइते भएका थिए । ती चारजना मानिसलाई प्रहरीले गोली हानी मारेको थियो ।

 

उनलाई आर्थिक हिनामिना गरेको आरोप समेत लाग्यो । साइ बाबा फाउण्डेसनको ४० हजार करोड रकम गलत रुपमा प्रयोग गरिएको आरोप उनीमाथि लाग्यो । साइ बाबाको मृत्यु पश्चात ११.५ करोड भारतीय रुपैयाँ नगद, ९८ किलो सुन, ३०७ किलो चादीका सामानहरु फेला परेको थियो जसले सबैको होस समेत उडायो । उक्त रकम गन्न ३६ घण्टा लागेको थियो । 

  

 


थप समाचार

एटीपी फाइनल्सको उपाधि एलेक्जेन्डर जेभेरेभलाई

  • 14 minutes ago
एटीपी फाइनल्सको उपाधि एलेक्जेन्डर जेभेरेभलाई

काठमाडौं । विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिचलाई पराजित गर्दै एलेक्जेन्डर जेभेरेभले एटीपी फाइनल्स टेनिसको उपाधि जितेका छन् । उनले जोकोभिचलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरेका हुन् । पहिलो

सरकारले गर्यो बद्नामहरुको नियुक्ति, पार्टीको काँधमा अपजसको भारी

  • 34 minutes ago
सरकारले गर्यो बद्नामहरुको नियुक्ति, पार्टीको काँधमा अपजसको भारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका राजनीतिक नियुक्तिहरु एकपछि अर्को विवादमा पर्दै गएका छन् । प्रधानमन्त्री ओलीले पार्टीबाट निर्णय गर्नु त कता हो कता सामान्य छलफल नै नगरी फुत्तफुत्त राजदूत

आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गर्दै मनाइदै

  • 53 minutes ago
आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गर्दै मनाइदै

काठमाडौं । प्रत्येक वर्ष शुक्ल एकादशीका दिन मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ । यो पर्वमा भगवान विष्णुको प्रतिकको रपमा तुलसीको विवाह र विशेष पूजाआजा गर्ने प्रचलन छ । घरघरमा तथा देशैभरक



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।