साझा नेपाली समाज युकेको अधिवेशन सम्पन्न, नयां नेतृत्व छान्ने जिम्मा निर्वाचन समितिलाई

  • बुधबार, ९ जेष्ठ, २०७५
  • 5 months ago
  • युके

 

 

लण्डन । साझा नेपाली समाज युकेको चौथो अधिवेशन सम्पन्न भएको छ । नटिंघमको म्यान्सफिल्डमा रहेको गोरखा जंग्सन रेष्टुरेण्टमा सम्पन्न अधिवेशनले विधान, प्रतिवेदन र आगामी योजनाहरु समेत पारित गरेको छ । 

 

अधिवेशनमा तत्कालिन अध्यक्ष रणबहादुर केसीले पूरानो कार्यसमिति विघटनको घोषणा गरे । नयां नेतृत्वका लागि अर्को सुचना प्रकाशित गरेर प्रकृया अगाडि बढाउने निर्वाचन समितिका संयोजक  दयानिधी सापकोटाले जानकारी दिए । निर्वाचन समितिमा संयोजक दयानिधी सापकोटा र सदस्यहरु तारानाथ भण्डारी, गंगा गौतम रहेका छन् । 

 

अधिवेशनको उद्घाटन तत्कालिन अध्यक्ष रणबहादुर केसी, पूर्व अध्यक्ष गंगा गौतम, पूर्व उपाध्यक्ष तथा एनआरएनए बेलायतका सचिव तारानाथ भण्डारीले संयुक्त रुपमा ब्यानर अनावरण र पानसमा बत्ति बालेर गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य पिटरबरो नेपाली समाजका अध्यक्ष पवन शर्माले दिए । त्यस अवसरमा विभिन्न संघ संस्थाका पदाधिकारीहरुले शुभकामना दिएका थिए । 

 

अधिवेशनमा साझाका संस्थापक सदस्य केशव भण्डारीकी स्वर्गीय आमा र पिटरबोरो नेपाली समाजकी सकृय सदस्य स्वर्गीय मिना पौडेलको आत्माको चीर शान्तिको कामना गर्दै शोक प्रस्ताव पारित गरियो  भने एक मिनेट मौनधारण समेत गरियो । कार्यक्रम नेपाली राष्ट्रिय गान बजाएर सुरु गरिएको थियो । 

 

कार्यक्रममा न्युयोर्कका पत्रकार किशोर पन्थीबाट लिखित महाभूकम्पमा आधारित पुस्तक कम्पनको परिचय गराइनुका साथै पुस्तकका लेखकले पुस्तकबारे बोलेका थिए । पत्रकार पन्थीको पुस्तक कम्पन आजदेसख अमेजन युकेमा समेत उपलब्ध छ । पुस्तकको विश्वब्यापी लोकार्पण मे ११ मा न्युयोर्कमा गरिएको थियो भने त्यसअगाडि पूर्व प्रधानमन्त्रीहरुबाट नेपालमा लोकार्पण गरिएको थियो ।

कार्यक्रमको संचालन साझाका तत्कालिन महासचिव हरिकृष्ण कार्कीले गरेका थिए ।

 


थप समाचार

क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु

  • 1 hour ago
क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु

प्याराडाइज । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ । अझै एकसय भन्दा बढी व्यक्ति बेपत्ता रहेको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’

  • 1 hour ago
नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’

काठमाडौँ । सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत सरकारी संस्थालाई दिइने ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ नेपाल प्रहरीले प्राप्त गरेको छ । जापानस्थित एशियन–ओसिएनियन कम्युटिङ इन्डष्ट्री अर्गनाइजेस

नेपालमा लगानी र व्यापारका अवसरहरुबारे लण्डन दूतावासमा चर्चा

  • 2 hours ago
नेपालमा लगानी र व्यापारका अवसरहरुबारे लण्डन दूतावासमा चर्चा

दूतावास र ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बिएनसिसी) मिलेर आयोजना गरिएको कार्यक्रमका सहभागीहरुले नेपालमा विदेशी लगानी तथा व्यापारको लागि अहिले अनुकुल समय रहेको धारणा राखे ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

किन युवतीलाई दारी पाल्ने युवक मनपर्छ ?

किन युवतीलाई दारी पाल्ने युवक मनपर्छ ?

युवतीहरुलाई इम्प्रेस पार्नका लागि केटाहरु हरेक प्रकारका कोशिसहरु गर्ने गर्छन् । तर, हालै गरिएको एक अनुसन्धानले केटीहरुलाई ट्रिम दारी भएका केटाहरुतर्फ आकर्षित हुने बताएको छ ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।