मिडल्याण्डको साझा नेपाली समाजको नेतृत्व महेश अधिकारीलाई

  • मंगलबार, ९ असोज, २०७५
  • 7 months ago
  • युके
नवनिर्वाचित अध्यक्ष महेश अधिकारी

 

लण्डन । बेलायतका मिडल्याण्ड क्षेत्रका संस्थाहरु मिलेर बनेको साझा संस्था 'साझा नेपाली समाज यूके'को अध्यक्षमा महेश अधिकारी चयन भएका छन् । सोमबार मिडल्याण्डको वुल्भरह्याम्पटनमा सम्पन्न संस्थाको विशेष भेलाले अधिकारीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति निर्वाचित गरेको हो । 

 

चौंथो कार्यसमितिका नवनिर्वाचित अध्यक्ष अधिकारी निवर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् । यसअघि उनले पिटरबरो नेपाली समाजको अध्यक्षका रुपमा २ कार्यकाल काम गरिसकेका छन् । 

 

साझाको नयां कार्यसमितिमा नारायण फुंयाल र रामचन्द्र सुवेदी उपाध्यक्ष, मिलन सापकोटा महासचिव र नृपेश उप्रेती सचिवको जिम्मेवारीमा आएका छन् । सदस्यहरुमा हरि भुषाल, सुदर्शन पराजुली, पुण्डरी अर्याल, टिकाराम गौतम, रामप्रसाद बञ्जाडे, श्याम खत्री, भिम शर्मा, विष्णु लामिछाने, कमल आचार्य चुनिएका छन् । 

 

कोषाध्यक्ष, सहकोषाध्यक्षसहित केहि सदस्य पदहरुमा भने अहिले रिक्त रहेको र केहि दिनमै नियुक्त गरिने नवनिर्वाचित अध्यक्ष अधिकारीले बताएका छन् । 

 

मिडल्याण्ड क्षेत्रमा रहेका पिटरबरो नेपाली समाज, सिर्जनशिल लेस्टर नेपाल, हाम्रो नेपाली समाज , वुल्भरह्याम्पटन लगायतका संस्थाहरुबाट चुनिएर आएका प्रतिनिधीहरुलाई समेटेर साझाको नयां कार्यसमिति गठन गरिएको हो । नवनिर्वाचित कार्यसमितिको कार्यकाल २ वर्ष रहनेछ । 

 

यसअघि कार्यसमिति चयनको जिम्मा दयानिधी सापकोटा संयोजक तथा गंगाधर गौतम र तारानाथ भण्डारी सदस्य रहेको निर्वाचन समितिलाई दिइएको थियो । 

 

नवनिर्वाचित अध्यक्ष अधिकारीले मिडल्याण्ड क्षेत्रका सबै नेपालीहरुको प्रतिनिधित्व गर्ने साझा संस्थाको नेतृत्वमा आफुलाई विश्वास गर्ने स्थानीय तथा संघसंस्थाका प्रतिनिधीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । संस्थाको अवधारणाअनुसार नै मिडल्याण्डको साझा बन्ने गरी सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । 

 

नवगठित कार्यसमितिलाई बधाई एवं शुभकामना दिँदै निवर्तमान अध्यक्ष रण बहादुर खातीले आफ्नो सहयोग साझालाई सदा रहने प्रण गरे  ।  साझाका भूतपूर्व अध्यक्षद्वय गंगा गौतम र राजु कँडेलले पनि बधाई दिएका थिए भने संस्थापक अध्यक्ष शंकर भन्डारीले नयाँ कार्यसमिति टिमलाई खादा र टिका लगाएर बधाई एवं शुभकामना दिए  । 

 

सन् २०१२ मा विशुद्द सामाजिक सेवाभावको लक्ष्य बोकेर स्थापित साझा नेपाली समाज यूकेले स्थापना भए यता मिडल्यान्ड र यस वरपर अवस्थित नेपाली संघ सस्थाहरुबीच छाता संगठनको रुपमा समन्वयकारी भूमिका निर्वाह गर्दै आएको छ । संस्थाले नेपालमा आई पर्ने प्राकृतिक विपत्तिमा सरसहयोग तथा अन्य कल्याणकारी कार्य  निरन्तर रुपले गर्दै आएको छ ।  

 

 


थप समाचार

प्रधानमन्त्रीकाे हातमा साबेल

  • 2 hours ago
प्रधानमन्त्रीकाे हातमा साबेल

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गमा (अप्टिकल फाइवर नेटवर्क) को धादिङको गल्छी गाउँपालिका वडा नं. ४ मासटारमा सोमबार शिलान्यास गर्दै ।

‘मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत’

  • 3 hours ago
‘मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत’

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसद्मा दर्ता गरिएको मिडिया विधेयक सरोकारवालासँग परामर्श नगरी एकोहोरो रुपमा ल्याउनु गलत भएको बताएका छन् । रफत सञ्चार क्लबमा आज

बन्द विमान कम्पनीको बक्यौता असुल्न समस्या

  • 3 hours ago
बन्द विमान कम्पनीको बक्यौता असुल्न समस्या

काठमाडौँ । सञ्चालनमा नरहेका र टाट पल्टेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान कम्पनीको करीब रु. १३ करोड बक्यौता असुल गर्न कानूनी जटिलता देखिएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।