सामाजिक सुरक्षासहित न्यूनतम पारिश्रमिक निर्धारणको माग

  • सोमबार, २१ जेष्ठ, २०७५
  • 1 year ago
  • अर्थ
Education Park

बुटवल । श्रमिक मजदूरलाई सामाजिक सुरक्षासहित न्यूनतम मासिक रु २० हजार पारिश्रमिक निर्धारण गर्नुपर्ने माग ट्रेड युनियनकर्मीहरुले गरेका छन् । 

 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार बुटवलमा आयोजना गरेको न्यूनतम पारिश्रमिक निर्धारणसम्बन्धी अन्तक्र्रिया तथा सुझाव संकलन कार्यक्रममा उनीहरुले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी न्यूनतम रु २० हजार नयाँ पारिश्रमिकको माग गरेका हुन् । 

 

मजदूरका छोराछोरीको अध्ययन र स्वास्थ्य उपचारमा विशेष व्यवस्था गरी वैदेशिक रोजगारीमा जान बाध्य हुने परिस्थितिको अन्त्य गर्न पनि उनीहरुले सुझाव दिएका छन् । 

 

सो अवसरमा जिफण्टका प्रदेश अध्यक्ष हरि कार्कीले उद्योगी र मजदूरबीचको सम्बन्ध एक अर्काको परिपूरक रहेको बताउँदै मजदूरलाई कम्तीमा रु २० हजार पारिश्रमिक तोकिनुपर्नेमा जोड दिए । 

 

मजदूर नेता अयोध्याप्रसाद थारु, नारायणबहादुर हमालले र पञ्चकन्या इन्डष्ट्रिजका अधिकृत सुनिल कुशवाहाले मजदूरहरुको स्वास्थ्य, शिक्षा र सुरक्षाको जिम्मा सरकारले लिन सके मात्रै मजदूर र उद्योगबीचको सम्बन्ध राम्रो हुने बताए । 

 

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले मुलुकमा लगानीमैत्री वातावरणको निर्माण हुनुपर्ने बताउँदै मजदूरको जीवनयापन चल्न सक्ने गरी नयाँ पारिश्रमिक निर्धारण गर्नुपर्नेमा जोड दिए । 

 

विसं २०७२ मा मजदूरको न्यूनतम पारिश्रमिक मासिक रु नौ हजार ७०० तोकिएको थियो । श्रम ऐन, २०७४ ले साउन १ गतेदेखि नयाँ पारिश्रमिक तोक्नुपर्ने बाध्यात्मक व्यवस्था गरेकाले त्यसअघि नै न्यूनतम पारिश्रमिक तोक्न सरकारले समितिमार्फत तयारी गरेको छ । 

 


थप समाचार

युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

  • 1 hour ago
युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

काठमाडौँ । सरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ । राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्र

बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

  • 1 hour ago
बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

रुपन्देही । अखिल नेपाल भिक्षु महासङ्घले रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र सिद्धार्थ राजमार्गको शङ्करनगर चोकदेखि नयाँ मिलसम्म सुनियोजित तवरमा एकै पटक पाँच वटा बुद्धमूर्ति तोडफोड भएको घटनाले शान्तिका

भरतपुरमा अजबगजबको नियमः एक वडा एक रङ

  • 1 hour ago
भरतपुरमा अजबगजबको नियमः एक वडा एक रङ

भरतपुर । भरतपुर महानगरपालिकाभित्र एक वडा एक रङ गरिने भएको छ । महानगरपालिकाभित्र रहेका २९ वडामा रङको चयन गरी सबै घरमा सोहीअनुरुप रङरोगन गरिने नीतिगत व्यवस्था गर्न लागिएको हो ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

नियमित महको सेवनले हाम्रो स्वास्थमा धेरै फाइदा पुर्याउछ । मानव स्वास्थको लागि बहुउपयोगी मानिन्छ । मह सही तरिकाले खाइएन भने यसले स्वास्थमा नराम्रो असर पनि गर्न सक्छ ।