सलमानको ब्यंग्य– ‘‘भारत’ छाडेर श्रीमती बन्न रुचाइन् प्रियंका’

Education Park

काठमाडौं । अमेरिकी पप गायक निक जोनससँग विहे गर्नकै लागि भनेर अभिनेत्री प्रियंका चोपडाले साइन गरिसकेकी सलमान खानकोे फिल्म ‘भारत’ छोडेकी थिइन् । यो विषयमा खुलेर नबोले पनि अभिनेता सलमानले बेला–बेलामा प्रियंकालाई वचनको झटारो हान्ने गरेका छन् । 

 

प्रदर्शनरत ‘भारत’ को प्रोमोशनको क्रममा एक अन्तर्वार्तामा सलमानले भनेका थिए, ‘प्रियंकाले नछोडेकी भए हामी फिल्ममा क्याट्रिनालाई कसरी ल्याउँथ्यौं ? प्रियंकाले त्यही गरिन्, जो उनलाई ठीक लाग्यो । क्याट्रिनाले आफूले पाउनुपर्ने भूमिका पाइन् । फिल्ममा प्रियंकाको राम्रै भूमिका थियो । उनलाई स्क्रिप्ट पनि मन परेको थियो । तर, उनले श्रीमतीको भूमिका गर्न रुचाइन् । उनी भारत छाडेर अमेरिका जान चाहिन् । मान्छे भारत जस्तो फिल्मको लागि आफ्नो श्रीमान छोड्न सक्छन्, तर प्रियंकाले फिल्म छोडिन् ।’

 

यसअघि पनि सन् २०१४ मा करण जोहरको च्याट शो ‘कफी विद करण’मा सलमानले ‘अभिनयमा सक्रिय नरहने हो भने प्रियंकाले गृहिणी बन्नुपर्छ, उनी असल गृहिनी बन्न सक्छिन्’, भनेका थिए ।

 

प्रदर्शनरत सलमान र क्याट्रिना कैफ स्टारर् ‘भारत’ले बक्स अफिसमा नयाँ रेकर्ड बनाएको छ । यो फिल्मले रिलिज भएको पाँच दिनै १५० करोड भन्दा बढीको ब्यापार गर्न सफल भएको छ । फिल्मले ओपनिङ डे मै ४२ करोडको बक्स अफिस कलेक्शन गर्दै नयाँ रेकर्ड कायम गरेको थियो । 

 


थप समाचार

आज सुन र चाँदीको भाउ बढ्यो

  • 2 minutes ago
आज सुन र चाँदीको भाउ बढ्यो

काठमाडौँ । आज सुन र चाँदीको भाउ बढेको छ । आज छापावाल सुन तोलाको ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारभन्दा तोलामा ५ सय रुपैयाँको वृद्धि देखिएको हो ।

कति छ प्रियंका गान्धीको सम्पत्ति ?

  • 7 minutes ago
कति छ प्रियंका गान्धीको सम्पत्ति ?

एजेन्सी । पछिल्लो समय भारतीय राजनीतिमा प्रियंका गान्धीको नाम चर्चामा रहेका छन् । मिडिया रिपोर्टका अनुसार उनी भारतीय काँग्रेस पार्टीको अध्यक्षका लागि पनि दाबेदारी प्रस्तुत गर्न लागि परेकी छिन् ।

बाढी पीडितको उद्धार र राहतमा जुट्न सभापति देउवाको आग्रह

  • 10 minutes ago
बाढी पीडितको उद्धार र राहतमा जुट्न सभापति देउवाको आग्रह

बर्दिवास । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गरेका छन् । महोत्तरीका बाढी तथा डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमन एवं प



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

मानसिक र शारीरिक रुपमा तन्दुरुस्त रहन मदीरा सेवनबाट टाढै रहन आवश्यक !

मानसिक र शारीरिक रुपमा तन्दुरुस्त रहन मदीरा सेवनबाट टाढै रहन आवश्यक !

काठमाडौं/एजेन्सी । विश्वमै मदीरा सेवन नगर्नेको संख्या न्यून छ । त्यसैले कम मदीरा सेवन गर्दा तपाई÷हाम्रो स्वास्थ्यमा त्यति धेरै असर गर्दैन भने एक पटक सोच्न जरुरत नै पर्छ । अनुसन्धानकर्ताका अनुसार मदीरा सेवन गर्न छोडियो भने तपाई÷हाम्रो मानसिक स्वास्थ्यमा पूर्ण सुधार आउँछ ।

विचित्र विश्व

कति छ प्रियंका गान्धीको सम्पत्ति ?

कति छ प्रियंका गान्धीको सम्पत्ति ?

एजेन्सी । पछिल्लो समय भारतीय राजनीतिमा प्रियंका गान्धीको नाम चर्चामा रहेका छन् । मिडिया रिपोर्टका अनुसार उनी भारतीय काँग्रेस पार्टीको अध्यक्षका लागि पनि दाबेदारी प्रस्तुत गर्न लागि परेकी छिन् ।