“अब म लुक्न चाहन्नँ”

पेरिस । इरानी सर्वोच्च धार्मिक नेता आयातोल्लाह रुहोल्लाह खोमेनीले मृत्युदण्डको सजाय सुनाएपछि झण्डै तीन दशकदेखि अर्ध भूमिगत रहेका प्रसिद्ध साहित्यकार सल्मान रुस्दी बिस्तारै विद्रोही देखिन थालेका छन् । 

 

“म अब लुक्न चाहन्नँ,” पेरिस भ्रमणका क्रममा रुस्दीले एएफपीलाई सुनाए । 

 

यी उपन्यासकारको जीवन सन् १९८९ फेब्रुअरी १४ मा सदाका लागि एकाएक परिवर्तन भएको थियो । इरानी धार्मिक नेता खोमेनीले रुस्दीको पुस्तक “दी सटानिक भर्सेज” इस्लाम विरोधी भएको जनाउँदै रुस्दीको हत्या गर्न “आदेश (फतवा)” जारी गरेका छन् । 

 

तेहरानले हरेक वर्ष यो फतवा जारी गरिरह्यो । 

 

रविन्द्रनाथ टेगोर पछिका सर्वाधिक सफल भारतीय लेखक मानिएका रुस्दीले १३ वर्षसम्म कसैले सहजै नचिनुन् भनेर नक्कली नाम राख्नुभएको थियो । उहाँलाई प्रहरीले निरन्तर सुरक्षा दिएको थियो । 

 

“म त्यतिखेर ४१ वर्षको थिएँ, अहिले ७१ वर्ष पुगिसकें । अहिले परिस्थिति ठिकै देख्छु,” उनले गत सेप्टेम्बरमा भनेका थिए । “हामी निकै तिब्र रुपमा परिवर्तन भइरहेको विश्वमा छौं । र यो निकै पुरानो विषय पनि हो । अहिले अरु धेरै कुराले मानिसलाई व्यग्र बनाउन थालेका छन्, र अरु कुनै व्यक्तिले पनि कसैको हत्या गर्न सक्छ ।” 

 

रुस्दीले सन् २००१ को सेप्टेम्बर ११ देखि नक्कली नाम राख्न छाडेका थिए । तेहरानले रुस्दीमाथिको चेतावनी फिर्ता लिएको तीन वर्षपछि उहाँले नक्कली नाम राख्न छाडेका हुन् । 

 

तर एएफपीलाई पेरिसको एक प्रकाशन गृहमा अन्तर्वार्ता दिँदा पनि कार्यालयको मूलगेटमै सादा पोशाकका प्रहरीको निगरानी थियो । कार्यालय बाहिरको परिसरमा पनि अरु प्रहरीले सुरक्षा दिएका थिए । 

 

यसअघि, पूर्वी फ्रान्समा आयोजित एक पुस्तक प्रदर्शनीमा सर्वसाधारण श्रोताकै रुपमा उनी सहभागी भएका थिए, तर न्यूयोर्कमा भने उनी विल्कुलै सामान्य जीवनमा रहने गर्छन् । न्यूयोर्कमा उनी झण्डै दुई दशक बसे । “म भूमिगत बाटो (सब वे) बाटै यात्रा गर्दछु,” उनले भने । 

 

“दी सटानिक भर्सेज” रुस्दीको पाँचौं पुस्तक हो । अहिले उहाँको १८औं पुस्तक आइसकेको छ । भर्खरौं उनको “दी गोल्डेन हाउस” प्रकाशन भएको छ जुन भारतको मुम्बईका एक व्यक्तिको बारेमा छ । 

 

दङ्गा, बम आक्रमणको योजना तथा दी सटानिक भर्सेज पुस्तकका एक अनुवादकको हत्या एवं अरु दुई जनामाथि गोली र चक्कु प्रहारको दुर्दान्त विगत देखेका रुस्दीले भने, “त्यो अब अतितको भइसक्यो ।” 

 

“इस्लामको केही कुरै होइन । कसैले पनि त्यसरी सोचेका थिएनन्,” द सटानिक भर्सेज प्रकाशनका दिनहरुको स्मरण गर्दै उनले भने, “पश्चिमा मुलुकका मानिसहरु पहिलेभन्दा बढी जानकार देखिएका थिए ।” 

 

त्यति हुँदा पनि, पुस्तकका बारेमा गलत बुझियो । उनले भने, “यो पुस्तक मुलतः लन्डनमा रहेका दक्षिण एसियाली आप्रवासीहरुका बारेमा थियो ।” 

 

रुस्दीका साथी बेलायती–पाकिस्तानी लेखक हनिफ कुरेसी यो पुस्तक लेख्ने दुस्साहस कसैले नगर्ने बताउँदै छाप्ने त अझ कठिन रहेको बताउँछन् । 

 

कुरेसीले द सटानिक भर्सेजको पाण्डुलिपी पढ्दा समेत आफूले कुनै विवादित विषय नदेखेको स्वीकार गरेका छन् । उनले भनेका छन्, “पुस्तकमा अतिवादीहरुलाई उत्तेजित तुल्याउने त्यस्तो केही थिएन । मैले यो पुस्तकमा पागलपन, नवीनता र परिवर्तनका कुरा देखेको छु ।” 

 

तैपनि यो पुस्तकले सिर्जना गरेको रापतापले राजनीतिक इस्लामको उदयलाई प्रश्रय दिएको छ । 

 

रुस्दी आफैँ पनि दार्शनिक हुनुहुन्छ । यस्तो पुस्तक लेखेकामा पश्चाताप लागेको छैन भनी सोधिएको प्रश्नमा उनले भने, “मलाई कुनै पछुतो छैन ।” 

 


थप समाचार

मिडल्याण्डमा एनआरएन यूकेको भोइस अफ नेपाल च्यारिटी कन्सर्टमा व्यापक सहभागिता

  • 10 hours ago
मिडल्याण्डमा एनआरएन यूकेको भोइस अफ नेपाल च्यारिटी कन्सर्टमा व्यापक सहभागिता

भोइस अफ नेपालका विजेतासहितका ७ प्रतियोगीहरुले प्रस्तुति गरेको उक्त कार्यक्रममा झण्डै ६ सय स्थानीय नेपालीहरु सहभागी भएको एनआरएन यूके उपाध्यक्ष एवम् च्यारिटी विभाग संयोजक प्रेम गाहा मगरले जनाएका छन् ।

मुस्लिम आयोगका प्रस्तावित अध्यक्षकाे कागजात संसदीय समितिले अध्ययन गर्ने

  • 10 hours ago
मुस्लिम आयोगका प्रस्तावित अध्यक्षकाे कागजात संसदीय समितिले अध्ययन गर्ने

काठमाडौँ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीको कागजात अध्ययन गर्ने निर्णय गरेको छ । समितिको सिंहदरबारमा बसेको बैठकले अन्सारीमाथि परेको उजुरीक

'नयाँ ढंगले अघि नबढे काँग्रेसकाे अस्तित्व संकटमा'

  • 10 hours ago
'नयाँ ढंगले अघि नबढे काँग्रेसकाे अस्तित्व संकटमा'

काठमाडौँ । नेपाली काङ्ग्रेसलाई नयाँ ढङ्गले अगाडि लैजान नसके पार्टीको अस्तित्व नै खतरामा पर्नसक्ने काङ्ग्रेस नेता एवं बुद्धिजीवीहरुले बताएका छन् । ६८औँ प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरिएको ‘



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आफ्नो घरमा आउन नदिनुहोस् यस्ता चिज, जसले निम्त्याउँछ संकट र खतरा

आफ्नो घरमा आउन नदिनुहोस् यस्ता चिज, जसले निम्त्याउँछ संकट र खतरा

एजेन्सी । हिन्दु धर्ममा वास्तु शास्त्रलाई निकै मान्यता दिने गरिन्छ । तर पनि कहिले काहिँ हामी आफ्नो घरमा भइरहेका कति चीजहरुलाई वेवास्ता गरिरहेका हुन्छौ जसले तपाईलाई अन्त्यमा समस्यामा पार्न सक्छ ।