शरीरमा आवश्यक भन्दा बढी नुन सेवन गरेमा...

प्रतिकात्मक तस्बिर

काठमाडौं । हाम्रो शरीरका लागि नुन अत्यावश्यक खाद्यपदार्थ हो । यसले शरीरमा सोडियमको मात्रा कायम राख्छ । मांसपेशी, तन्त्रिका, तरल पदार्थ आदिलाई सन्तुलनमा राख्न पनि नुनमा पाइने तत्वले विशेष भूमिका खेलिरहेको हुन्छ । तर, अत्यधिक नुन खाएमा त्यसले शरीरमा नकारात्मक असर पार्छ भन्ने बुझ्न जरुरी छ । 

 

 नुनको बढी सेवनले मस्तिष्क, धमनी र मुटुमा बढी असर गर्छ । शरीरका रसायनमा असन्तुलन आई मानिसको मृत्युसमेत हुन सक्छ । 

 

विश्व स्वास्थ्य संगठनका अनुसार एउटा व्यक्तिले प्रत्येक दिन ५ ग्रामभन्दा बढी नुन सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक छ । तर, दक्षिण अफ्रिकीहरू एक दिनमा ८ दशमलव ५ ग्राम नुन खाने गर्छन् । जुन पक्षाघात ९स्ट्रोक० र हृदयाघातको कारण बनिरहेको छ । 

 

 वयस्क मानिसमा आवश्यकभन्दा बढी सोडियम हृदयरोगको कारक बन्ने गर्छ । 

 

 खानेकुरामा प्रयोग गरिने सोडियमको अत्यधिक मात्राले उच्च रक्तचाप निम्त्याउँछ । बुढेसकालमा सोच्ने शक्तिमा समेत 

ह्रास ल्याउँछ ।

 

शरीरमा सोडियमको मात्रा बढी हुँदा घुँडा र हातखुट्टा सुन्निने समस्या देखा पर्छ । 

 

खानेकुरामा नुनको प्रयोग गर्दा त्यो स्वादिष्ट अवश्य हुन्छ । तर, कतिपय खानेकुरा छन्, जसमा नुनको मात्रा मिल्दैन । यस्तो हुँदा त्यसले झनै बढी असर गर्ने गर्दछ । 

 

प्रशोधित खानेकुरामा प्रयोग गरिने अत्यधिक नुनले पेटमा क्यान्सर हुने सम्भावना रहन्छ । यसबाट महिलाभन्दा पुरुष बढी प्रभावित हुने गरेका छन् । सिामान्यतया मिर्गौलाले शरीरमा रहेका विकारजन्य वस्तु हटाउने, तरल पदार्थ सन्तुलनमा राख्ने र रातो रक्तकोषिकाको वृद्धिलाई नियन्त्रण गर्ने काम गर्छ । यद्यपि, उच्च रक्तचापका बिरामीले बढी नुन सेवन गर्दा मिर्गौलाले शरीरका विषाक्त तत्व हटाउन असमर्थ हुन्छ । परिणामस्वरूप मिर्गौला बिग्रने सम्भावना रहन्छ । 

 

 उच्च सोडियमयुक्त खाना, खासगरी प्रशोधित खाद्यपदार्थले शरीरमा आवश्यकताभन्दा बढी पानीको मात्रा कायम गर्छ । जसले गर्दा स्वास्थ्यमा विभिन्न समस्या देखा पर्छ ।


थप समाचार

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५६७ पुग्यो

  • 23 minutes ago
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५६७ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५६७ पुगेको छ । थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५६७ पुगेको हो ।

प्रधानमन्त्री मोदीको जीवनचित्र सार्वजनिक

  • 36 minutes ago
प्रधानमन्त्री मोदीको जीवनचित्र सार्वजनिक

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अर्को जीवनचित्र सार्वजनिक गरिएको छ । उनको बाल्यकालदेखिका तस्वीरहरुको संग्रहसहितको जीवनचित्र पुस्तक शुक्रबार सार्वजनिक गरिएको हो ।

सुजङ अस्पतालमा एकजना सुत्केरीको मृत्यु

  • 41 minutes ago
सुजङ अस्पतालमा एकजना सुत्केरीको मृत्यु

दिपायल । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीका अनुसार मृत्यु हुनेमा जिल्लाको केआइसिंह गाउँपाल



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।