बेलायत निवासी दुई स्रष्टा सम्मानित

 

विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले मंगलबार एक समारोहबीच घट्टेकुलो विकास समाजको हल, काठमाण्डौंमा तिहारको शुभकामना  आदान प्रदान गर्नुको साथै  बेलायत निवासी दुईजना स्रष्टालाई सम्मान गरेको छ।

 

बेलायतको नेपाली डायस्पोरामा रहेर नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्नामा लागि परेकी विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान बेलायत९युरोप च्याप्टर०की महासचिव मन्जु भण्डारी र विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानको विशिष्ट सदस्य एवम वांगमय प्रेमी सर्जक विदुर सिटौला आज सम्मानित हुनु भयो।

 

प्रमुख अतिथि पूर्व मन्त्री हरिप्रसाद न्यौपानेले बिदेशमा बसेर आफ्नो भाषा,साहित्यलाई जगेर्ना गर्न सांगठनिक रूपमा, व्याक्तिगत रूपमा लागिपरेका स्रष्टाहरूलाई सम्मान गरेर संस्थाले उहांहरूमा हौसला र  जांगर थपेको कुरा बताउनु भयो।

 

यसैगरि संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईले संस्थाको गतिविधिबारे प्रकाश पार्दै बेलायतको नेपाली डायस्पोरामा नयाँ पिंढीलाई भाषा हस्तान्तरण गर्ने जुन चुनौती छ त्यसको सामना  गर्न हाम्रा सर्जकहरू लागिपरेका छन्  र यस्तो सत्प्रयासमा जुटेका साथीहरूलाई उर्जा थप्न हामी हरदम तयार छौं भन्दै  दुईजना सम्मानित स्रष्टाहरूको संक्षिप्त परिचय  पनि प्रस्तुत गर्नु भयो।

 

बिशेष अतिथि  एवम बरिष्ठ कलाकार मदनदाश श्रेष्ठले  सम्मानित स्रष्टालाई बधाई दिंदै भाषा साहित्यको अनुरागले आफुलाई संधै तानिरहने र संसारमा जहांपुगेपनि नेपालीहरूको नेपाल प्रेम देखेर आफु भावुक हुने कुरा व्यक्त गर्नु भयो। 

 

अर्का बिशेष अतिथि प्रा। डा पारसमणि भण्डारीले आफ्नो माटोको सुवास र भाषालाई मुटुमा बोकेर हिंड्ने साथीहरूको कदर गरेर यो संस्था अनुकरणीय बनेको कुरा बताउनु भयो।

 

यसैगरि बिशेष अतिथि शिवराम राजवंशीले  साहित्य संस्कृतिको उत्थानमा  आफु सदैव लागिरहने प्रण गर्नु भयो। 

 

 संस्थाकी बरिष्ठ उपाध्यक्ष एवम प्राज्ञ लक्ष्मी उप्रेतीले सम्मानित बहिनी र भाईमा अझ नयाँ उर्जा थपियोस्  भन्दै निरन्तर भाषाको समृध्दिमा  लगिरहन शुभकामना व्यक्त गर्नु भयो।

 

अतिथिको आसनबाट बोल्दै नोबेल साकोस प्रतिष्ठानका संयोजक राजन न्यौपानेले संसारभरिका नेपालीहरूलाई जोड्ने हाम्रो भाषा र साहित्य यसरी सबल भएको देखेर आफु आल्हादित भएको कुरा व्यक्त गर्नु भयो।

 

सम्मानित स्रष्टा मन्जु भण्डारीले यो  बिशेष सम्मानलाई आफूले सब्दमा व्यक्त गर्न कठिन भएको र यसले वांगमयको क्षेत्रमा अरू धेरै काम गर्न   उर्जा थपेको कुरा व्यक्त गर्नु भयो। यसैगरि अर्का सम्मानित स्रष्टा विदुरकान्त सिटौलाले पनि भाषा र साहित्यका लागि निरन्तर लाग्न यस सम्मानले बल प्रदान गरेको छ भन्नु भयो।

कार्यक्रमको आरम्भमा संस्थाका सल्लाहकार एवम पत्रकार लक्ष्मीप्रसाद प्रसाईले आफ्नो सारगर्भित भनाई सहित उपस्थित सबैलाई हार्दिक स्वागत गर्नु भयो।

 

कार्यक्रममा गोरखापत्र संस्थानका पू्र्व नायव महाप्रबन्धक भरत प्रसाई, नोबेल साकोस प्रतिष्ठानका अध्यक्ष सरस्वती गौतम, संस्थाका सल्लाहकार किशोर उप्रेती,संस्थाका सल्लाहकार एवम साहित्यकार बाबा बस्नेत, जेष्ठ नागरिक समाज वडानं२९ का अध्यक्ष ध्रुब केसी, घट्टेकुलो विकास समाजका संस्थापक ध्रुब प्रसाई, पत्रकार यज्ञ ढकालको गरिमामय उपस्थिति रहेको थियो। 

 

संस्थाका कार्यसमिति सदस्यहरू राधिका दाहाल एवम कल्पना प्रसाई पाठकले सुन्दर सृजनाहरू वाचन गर्नु भयो ।संस्थाका महासचिव पुकार तमिल्सिनाले सहज र रोचक ढंगले कार्यक्रम संचालन गर्नु भएको थियो भने कार्यसमिति सदस्य तीर्थराज दाहालले आफ्नो संक्षिप्त भनाई राख्दै कार्यक्रमको बिट मार्नु भयो।

कमलराज प्रसाई,दीपक घिमिरे,रामबहादुर घिसिंग,बुध्दिप्रसाद आचार्य,यादृक्षा उप्रेती,चन्द्र थापा,लोकराज जोशी,देवीदाश भट्टराई,श्यामकृष्ण खड्गी,सम्राट न्यौपाने,हर्क गुरूंग लगायतका साहित्य अनुरागीहरूको उपस्थित र सहयोगले कार्यक्रममा  बेग्लै रौनक थपेको थियो।


थप समाचार

चीनमा कोरोना भाइरस, यस्तो छ पछिल्लो रिपोर्ट

  • 24 minutes ago
चीनमा कोरोना भाइरस, यस्तो छ पछिल्लो रिपोर्ट

एजेन्सी । चीनमा थप ५१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित भएकामध्ये अधिकांश कोरोनाभाइरसको उद्गमस्थल मानिएको वुहानका रहेको जनाइएको छ । त्यस ठाउँमा पछिल्लो दश दिनमा ६० लाख मानिसको स्व

कोरोनाभाइरस महामारीबीच सातामा चार दिन काम गर्ने बहस चर्चामा

  • 34 minutes ago
कोरोनाभाइरस महामारीबीच सातामा चार दिन काम गर्ने बहस चर्चामा

एजेन्सी । अमेरिकी धेरैजसो कम्पनीहरूले काम गर्न पाउने यस पहिलेको साप्ताहिक कार्यक्रमलाई हप्तामा चार दिन काम गर्न पाउने गरी तयारी गरेको बताइएको छ ।

ब्याज ६ महिनासम्म मिनाहा गर्न पेट्रोल पम्प व्यवसायीको माग

  • 1 hour ago
ब्याज ६ महिनासम्म मिनाहा गर्न पेट्रोल पम्प व्यवसायीको माग

काठमाडौँ । नेपालभर सञ्चालनमा रहेका पेट्रोल पम्पमा लगानी भएका बैँकहरुको कर्जाको व्याज ६ महिनासम्मका लागि मिनाहा गर्न पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले नेपाल आयल निगमसँग माग राखेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

पर्याप्त समय नसुतेमा के हुन्छ ?

पर्याप्त समय नसुतेमा के हुन्छ ?

एजेन्सी । एक अध्ययनका अनुसार, निद्राको सिधा सम्बन्ध हाम्रो इम्यून सिस्टमसँग हुन्छ । नेशनल हेल्थ एन्ड न्यूट्रीशन एक्जामिनेशन द्वारा गरिएको एक सर्वेमा, इम्यून सिस्टमको सक्रियता तपाईँ कति घण्टा सुत्नु हुन्छ त्यसमा निर्भर हुन्छ ।