IIMS College

ISMT

HUB Education

उत्तम सञ्जेल दम्पत्ती प्रहरी नियन्त्रणमा, विमला तामाङमाथि बलात्कार भएकाे आशंका

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । बौद्धस्थित समता अस्पतालमा कार्यरत कर्मचारी विमला तामाङ अस्पताल परिसरमै झुण्डिएको अवस्थामा मृत फेला परेपछि अस्पतालका सञ्चालक उत्तम सञ्जेल पक्राउ परेका छन् ।

 

अस्पतालमा क्लिनरको रूपमा कार्यरत तामाङ मंगलबार बिहान अस्पताल परिसरमा झुण्डिएको अवस्थामा फेला परेपछि प्रहरीले सञ्जेल र उनकी श्रीमतीलाई नियन्त्रणमा लिएको हो ।

 

रामेछापको दोरम्बा घर भएकी २७ वर्षीया तामाङ विगत २ महिनायता अस्पतालमा कार्यरत रहेको बताइएको छ । तामाङका आफन्तले उनको बलात्कार र हत्या भएको आशंका गरेका छन् । उनका आफन्तहरू मंगलबार दिउँसो अस्पतालमा तोडफोड समेत गरेका थिए ।

 

तामाङका आफन्तजनले सोमबार साँझ ६ः०० सम्म घर नआएपछि खोज्न अस्पताल आउँदा अस्पताल नआएको भन्ने जानकारी दिइएको तर सिसिटिभीमा ९ः२७ मा पसेको देखिएको दाबी गरेका छन् ।

 

सिसीटिभीमा अस्पतालभित्र पसेको देखिएको तर बाहिर निस्केको नदेखिएको, सबै कोठा हेरेको तर २ वटा कोठामा ताल्चा लगाएको र खोल्न नमानेको उनका आफन्तहरूले दाबी गरेका छन् ।

 

सो बारेमा प्रहरीलाई राति नै पुलिसलाई जानकारी दिइए पनि मंगलबार बिहान ८ बजे बन्द कोठा खोल्न लगाएर हेर्दा झुन्डिएको अवस्थामा तामाङको शव भेटिएको आफन्तहरूले बताएका छन् ।

 

हाल सञ्जेल दम्पत्तीलई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ । प्रहरीले भने सञ्जेललाई पक्राउ नगरिएको तर आन्दोलनको स्थिति हेरेर शान्ति सुरक्षाको लागि वृत्तमा राखिएको जानकारी दिएको छ ।

 

घटनाको अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ । अनुसन्धानका लागि अस्पतालमा कार्यरत ३ जना कर्मचारीलाई समेत नियन्त्रणमा लिइएको बताइएको छ ।


थप समाचार

रुखसँग बिहे गर्ने महिला

  • 1 hour ago
रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।

काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

  • 1 hour ago
काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

एजेन्सी । कुनैपनि घर निर्माण गर्नका लागि सिमेन्ट, ईटा, ढुङ्गा, बालुवा लगायतका विभिन्न सामानहरु आवश्यक पर्दछ । तर एक यस्तो भवन निर्माण भएको छ जसलाई निर्माण गर्न त्यसको पिल्लरलाई छाडेर अन्य सबै प्रयोग क

सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

  • 1 hour ago
सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

एजेन्सी । पछिल्लो समय डिभोर्स हुने जोडीहरुको सख्ंया अत्याधिक बढेको छ । नेपालमा पनि दैनिक रुपमा सयौँ श्रीमान श्रीमतीहरु डिभोर्स लिइराखेको खबर बाहिर आइरहेको छ ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

केरा एउटा यस्तो फल हो, जुन केवल खानमा मात्र स्वादिष्ट नभइ सस्तो र स्वास्थ्यको लागि पनि फाइदाजनक छ । एक अनुसन्धानले आफ्नो डाइटमा केराको सेवन गर्दा उच्च रक्तचाप अथवा हाइपरटेनसका बिरामीका लागि फाइदा पुग्ने देखाएको छ ।

विचित्र विश्व

रुखसँग बिहे गर्ने महिला

रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।