IIMS College

ISMT

HUB Education

शर्मालाई हरि–अभिनव सम्मान

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । साहित्यकार तथा शिक्षासेवी रमा शर्मालाई यस वर्षको ज्योतिष हरिप्रसाद घिमिरेको नाममा स्थापित हरि–अभिनव विद्वत् पुरस्कारबाट सम्मान गरिएको छ । 

 

अभिनव साहित्य समाजले प्रत्येक वर्ष कात्तिकमा प्रदान  गर्दै आएको सो पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले शनिबार जोरपाटीमा आयोजित कार्यक्रममा वितरण गरे । पुरस्कारको राशि रु ३० हजार रहेको छ । समाजका अध्यक्ष साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ले पिता हरिप्रसादको स्मृतिमा २०६४ सालमा उक्त पुरस्कार स्थापना गर्नुभएको हो । विसं २०६५ कात्तिकदेखि सो पुरस्कार प्रदान गरिँदै आएको छ । हरिप्रसाद राजधानीको उत्तरपूर्वी भेगमा चर्चित ज्योतिष एवं साधकका रुपमा परिचित थिए । 

 

रु चार लाखको अक्षयकोष राखी त्यसबाट आउने ब्याजले वार्षिक रुपमा पुरस्कार प्रदान गर्न थालिएको हो । कार्यक्रममा सदस्य सचिव उपाध्यायले घिमिरेले पिताका नाममा शिक्षासेवी एवं साहित्यकारलाई सम्मान गरेर उदाहरणीय काम गरेको बताए । सम्मानित व्यक्तित्व शर्माका बारेमा साहित्यकार विष्णु प्रभातले जानकारी गराएका थिए । 

 

समाजले २०५८ फागुन २५ गतेदेखि प्रत्येक हप्ताको अन्तिम शनिबार जोरपाटीमा मासिक कवि गोष्ठीसमेत आयोजना गर्दै आएको छ । आजको २१३औँ श्रृङ्खलामा ३४ कवि एवं कवयित्रीले कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायत सीमा विवादबारे आ–आफ्ना रचनामार्फत चर्चा गरेका थिए । कार्यक्रममा विद्यार्थीसमेत सहभागी थिए ।


थप समाचार

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ समिति, नेतृत्व बानियाँलाई

  • 6 hours ago
शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ समिति, नेतृत्व बानियाँलाई

आइतबार सम्पन्न संस्थाको सातौं अधिवेसनबाट भिम बानियाँको नेतृत्वमा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिमा बाचस्पति रेग्मी उपाध्यक्ष , विक्रम भट्टराई महासचिव, हरि भट्टराई कोषाध्यक्ष र

मेसीको विकल्प असम्भवः बार्सिलोना अध्यक्ष

  • 7 hours ago
मेसीको विकल्प असम्भवः बार्सिलोना अध्यक्ष

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले कप्तान लियोनल मेसीको विकल्प असम्भव भएको बताएका छन् । ऐतिहासिक छैटौं पटक बलोन डी’ओर अवार्ड थापेका मेसीको बारेमा कुरा गर्दै बार्तोमेउ

भरतपुरमा विषादी परीक्षण प्रयाेगशाला सञ्चालनमा

  • 8 hours ago
भरतपुरमा विषादी परीक्षण प्रयाेगशाला सञ्चालनमा

चितवन । बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण शुरु गरिएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यी १० वटा कामहरु गर्ने व्यक्तिको घरमा कहिल्यै पैसा टिक्दैन

यी १० वटा कामहरु गर्ने व्यक्तिको घरमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रकाअनुसार देवी लक्ष्मी आफ्ना भक्तमाथि सधैं कृपा बनाइरहन्छन् । तर, केही यस्ता कार्यहरु छन्, जो गर्नाले लक्ष्मी रिसाउँछिन् ।