डोनेस्क ‘नायक’ को सम्झना र सम्मानमा आयोजित ¥यालीमा दशौँ हजार सहभागी

डोनेस्क, रूस । यूक्रेनी पृथकतावादी नेताको गत शुक्रबार भएको हत्याको विरोध गर्दै हजारौँको सङ्ख्यामा डोनेस्कमा जम्मा भएका नागरिकले उनको सम्झना तथा सम्मानमा आइतबार गरिएको शोक ¥यालीमा सहभागिता जनाएका छन् । 

 

रूसी राष्ट्रपतिका समर्थकले मृतक ४२ बर्षीय अलेक्जेन्डर जाखारचेन्कोलाई यूक्रेनी नायकको नामले सम्बोधन गर्ने गर्थे । दशौँ हजारको सङ्ख्यामा सहभागी भएका डोनेस्कबासीले शुक्रबार एउटा रेष्टुरेन्टमा बिष्फोटमा मारिएका जाखारचेन्कोको अन्तिम सम्मानका लागि शोक गरिएको ¥यालीमा सहभागिता जनाएका थिए । 

 

शुक्रबारको घटनामा जाखारचेन्कोसहित उनका सुरक्षा सहयोगीको मृत्यु भएको थियो भने करिब दश जना घाइते भएका थिए । उनी विगत चार बर्ष यता मारिएका मस्को समर्थक यूक्रेनी उच्च अधिकारी हुन् । 

 

कम्तीमा लाख जनाले जाखारचेन्कोको मृत शरीर राखिएको स्थानमा पुगी श्रद्धाञ्जलि अर्पण गरेका थिए । स्वघोषित डोनेस्क गणराज्यका प्रमुख जाखारचेन्कोको अन्तिम संस्कारका लागि गरिएको सभामा अलेक्जेन्डर जाल्देभस्तानोभ, रुसी सांसद नाटालिया पोकलोन्सकाया लगायतका रूसी पक्षधर उच्च नेताहरूको सहभागिता रहेको थियो । 

 

सहभागी ४१ बर्षीय ओक्सानाले भने, “उनीहरूले हाम्रो मुटुको टुक्रा चुडेर लगेका छन् । हामीले यो दुखद घटनालाई कहिल्यै विर्सने छैनौँ । उहाँ सधैँ एकै परिवारको सदस्यजस्तो व्यवहार गर्नुहुन्थ्यो । यो म र मेरा साथीका लागि अपुरणीय क्षति भएको छ ।” 

 

उनको हत्यारालाई क्षमा हुने छैन, अर्का सहभागी ३५ बर्षीय सेर्गेई कापुस्टिनले थपे । 

 

‘¥यालीमा हामी सबैको एउटै मातृभूमि–– रूस’ भन्ने व्यानर बोकेका सहभागीले आँखाभरी आँसु लिएर शहरको विभिन्न भाग पुगेका थिए । 

 

रूसले हत्यालाई उत्तेजना फैलाउने काम भनेको छ । उसले पश्चिमा राष्ट्रहरूको पहलमा भएको शान्तिवार्ता भङ्ग गर्ने प्रयास भनेको छ । 

 

जाखारचेन्कोले रूसी पक्षधर विद्रोहीको विगत चार बर्ष यता नेतृत्व गर्दै आएका थिए। 

 

सन् २०१४ मा जाखारचेन्को डोनेस्कको प्रथम राष्ट्रपतिमा सर्वसम्मत रूपमा चुनिएका थिए । 

 

सन् २०१४ मा रूसले क्रिमियालाई गाभेपछि पूर्वी यूक्रेनको डोनेस्क र लुगान्सकमा रूसी समर्थनमा विद्रोह भएपछि करिब १० हजार नागरिकले ज्यान गुमाएका थिए । 

 

कीभ र पश्चिमा मुलुकहरूले उक्त विद्रोहका लागि मस्कोले उक्साएको दावी छ तर रूसले यसलाई नकार्दै आएको छ । 


थप समाचार

विश्वकै खतरनाक मार्गहरु

  • 18 minutes ago
विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।

यसरी बस्दै नबस्नुहोस्...

  • 25 minutes ago
यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा य

रक्सी पिएपछि यी पाँच काम नगर्नुस्...

  • 32 minutes ago
रक्सी पिएपछि यी पाँच काम नगर्नुस्...

रक्सी पिएपछि यी पाँच काम नगर्नुस्



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।