नेपाली बजारमा ग्यालेक्सी एम ३० एस

काठमाडौँ । सामसङले नयाँ ग्यालेक्सी एम स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । आफ्नो विद्यमान ग्यालेक्सी एम स्मार्टफोनहरुको लाइनमा अब एम ३० एस  पनि समावेश भएको छ । 

 

ग्यालेक्सीका एम लाइनमा– एम १०, एम २० तथा एम ४० समावेश छन् । यस फेस्टिभ सीजनमा उपभोक्ताहरूको लागि अब सामसङको शक्तिशाली विकल्प रहेको छ । 

 

ग्यालेक्सी एम ३० एस मा शक्तिशाली ६००० एमएएच व्याट्री रहेको छ । जुन व्याट्री परै एक दिन भन्दा धेरै टिक्दछ । यसलाई एक पटक चार्ज गरेपछि २९ घण्टाको भिडियो प्लेब्याक, ४९ घन्टाको भ्वाइस कल, १३१ घन्टा भन्दा बढी म्यूजीक प्लेब्याकको सुविधा प्राप्त गर्न सकिन्छ । 

 

यसमा टाईप सी १५ वाट फास्ट चार्जर रहेको छ । ६००० एमएएचको शक्तिशाली ब्याट्री लाग्ने बाजबुत, ग्यालेक्सी एम ३० एस केवल  ८।९ मीमी पातलो रहेको छ भने यसको वजन १८८ ग्राम मात्र रहको छ । 

 

सामसङ मोबाइल विजिनेस हेड प्रणय रत्न स्थापितले ग्यालेक्सी एममा यस अघि प्रयोग नभएको प्रविधिलाई उपयोग गरिएको छ । यसमा भएको सुपर एमओलेड डिस्प्ले, ४८ मेगा पिक्सलको क्यामरा, जस्ता सुविधाहरुले आजका युवापुस्ताले सहजै मनपराउने छन् ।

 

ग्यालेक्सी एम ३० एस मा ६।४ इन्च एफएचडी ं सुपर एमोलेड इन्फिनिटी यू डिस्प्ले, जो धेरै सुविधाजनक र भाइव्रेन्ट करहरुयुक्त रहेको छ । यसमा वाइडभाइन एल१ को सर्टिफिकेसन छ, जसले उपभोक्ताहरूलाई विभिन्न स्ट्रीमिंग प्लेटफर्महरुमा हाईडेफिनिशिन कन्टेन्ट हेर्न सक्ने सुविधा प्रदान गर्दछ । 

 

ग्यालेक्सी एम ३० एसमा ट्रिपल रियल क्यामेरा रहेको छ  जसको मुख्य क्यामेरा मा ४८ मेगापिक्सलको रहेको छ जसले उपभोक्ताहरुलाई आकर्षक फोटो लिन मद्दत गर्दछ । ग्यालेक्सी एम ३० एस मा ८ मेगापिक्सल को अल्ट्रा वाइड लेन्स रहेको छ, जुन १२३ डिग्री फिल्ड अफ व्यू को साथ उपलब्ध छ, यसले मानव आँखाले जस्तो देख्दछ त्यस्तै फोटो कैद गर्न सक्षम हुन्छ । 

 

ग्यालेक्सी एम ३० एसमा ५ मेगापिक्सलको क्यामरा लाइभ फोकस फिचरको साथ उपलब्ध छ । यसमा  १६ मेगापिक्सल फ्रन्ट क्यामेरा सेल्फी फोकस र इन–डिस्प्ले फ्ल्यास रहेको छ । 

 

ग्यालेक्सी एम ३० एस क्यामेरामा एआई– व्याक्ड सिन अप्टिमाइजर तथा इन्टेलिजेन्ट फ्लो डिटेक्टर फीचर उपलब्ध रहेको छ । ग्यालेक्सी एम ३० एस ले २० प्रकारका सिनहरु जस्तै फुड, सिनरी आदि लाई सहजै पहिचान गर्न सक्दछ । 

 

कम उज्यालोमा फोटो खिच्नको लागि नाइट मोड पनि रहेको छ । ग्यालेक्सी एम ३० एसमा उत्कृष्ट भिडियो खिच्न सक्ने क्षमता छ । ग्यालेक्सी एम ३० एस मा भिडियो, सुपर स्लो मो, सुपर स्टेडी र हाइपरल्याप्सको रेकर्ड गर्न पनि सकिन्छ । 

 

ग्यालेक्सी एम ३० एस मा पूर्ण नयाँ जाइनस ९६११ अक्टा कोर प्रोसेसर रहेको छ । यसले २।३ गिगाहर्जको गति प्रदान गर्दछ । गेम खेल्दा होस् या अन्य ग्राफिक्स सम्बन्धी कार्य गर्दा उत्कृष्ट कार्य क्षमता प्रदान गर्दछ ।  यसमा माली जी७२ एमपी३ ग्राफिक्स प्रोसेसिङ्ग युनिट प्रयो अत्यन्त सुरक्षित रहेको छ । 

 

ग्यालेक्सी एम ३० एस ४ जीवी र्याम ६४ जीवी स्टोरेज तथा ६जीवी र्याम १२८ जीवी स्टोरेजका साथ उपलब्ध रहेको छ । यसको खरिद मूल्य २७ हजार ९ सय ९० र ३३ हजार ५ सय ९० तोकिएको छ ।  यो फोन विभिन्न तीन आकर्षक रंगहरु नीलो, सेतो तथा कालोमा उपलब्ध रहेको छ ।

 


थप समाचार

क्वारेन्टाइनमा राम्रो व्यवस्थापन नभएको भन्दै प्रशासकीय अधिकृतमाथि हातपात

  • 1 hour ago
क्वारेन्टाइनमा राम्रो व्यवस्थापन नभएको भन्दै प्रशासकीय अधिकृतमाथि हातपात

दैलेख । भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि क्वारेन्टिनमा बसेकाहरुले बुधबार हातपात गरेका छन् । गाउँपालिका ४ मा बसेकाहरुले क्वारेन्टिनमा उचित व्यवस्थापन नभएको आरोप लगाउँदै प्रशासकीय अधिकृतमा

लकडाउनका कारण गाउँमा फस्टायो यो व्यवसाय: मासिक ५० हजार आम्दानी

  • 1 hour ago
लकडाउनका कारण गाउँमा फस्टायो यो व्यवसाय: मासिक ५० हजार आम्दानी

म्याग्दी । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरिएको बन्दाबन्दीका कारण उद्योग, व्यापार, व्यावसाय र अन्य रोजगार पनि बन्द छ ।

कोरोनाका कारण थप एकको मृत्यु, मृतक सङ्ख्या ९ पुग्यो

  • 2 hours ago
कोरोनाका कारण थप एकको मृत्यु, मृतक सङ्ख्या ९ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । पछिल्ला मृतक दोलखाका ७



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।