स्व. मानन्धरको 'कैदीको पत्र' कथामा चलचित्र बनाउँदै वैराग

  • बिहीबार, २६ पुष, २०७५
  • 5 months ago
  • युके
निर्देशक / कलाकार सनमकुमार वैराग
Education Park

 

लण्डन । सन् २००२ मा साहित्यकार ईश्वरप्रसाद मानन्धरसंगको पहिलो भेटमै निर्देशक / कलाकार सनमकुमार वैरागले २ पुस्तक कोसेली पाए । जसमध्ये एक थियो मानन्धरको कथासंग्रह 'कैदीको पत्र' । 

 

संग्रहभित्रका कथाहरु पढ्दै जांदा वैरागको मन छोयो । त्यतिबेला नै उनलाई यस्तो मन छुने कथालाई चलचित्रमा उतार्ने रहर जागिसकेको थियो । तर विदेशको ठाउं, सजिलो थिएन । तत्कालै चलचित्र बनाउन सम्भव भएन । 

 

दशौं वर्ष बितिसकेपछि कुनै एक कार्यक्रममा वैरागले साहित्यकार मानन्धरलाई फेरि भेटे । उनको कथामा चलचित्र बनाउने आफ्नो मनभित्रको वर्षौ पुरानो ईच्छा वैरागले यसपटक मानन्धरलाई सुनाए र अनुमति पनि मागे । मानन्धरले सहजै अनुमति दिए र लिखित अनुमति लिन आफ्नै घरमा बोलाए । 

 

तर त्यसको केहि समयपश्चात नै मानन्धरको निधन भएपछि फिल्मको लागि लिखित अनुमति लिने कार्य अधुरो रह्यो । 

 

साहित्यकार मानन्धरको निधनपछि पनि उनले लेखेको 'कैदीको पत्र' कथामा चलचित्र बनाउने वैरागको चाहना मरेको थिएन । अन्तत: वैरागले स्व मानन्धरका छोरा विनोद मानन्धरसंगबाट अनुमति लिएर चलचित्र बनाउने आफ्नो चाहनालाई मुर्त रुप दिन लागेका छन् ।

 

निर्देशक वैरागको पटकथा, संवाद तथा निर्देशन रहने चलचित्र आउंदो अप्रिलदेखि छायांकन हुंदैछ । मुख्यतः बेलायतमै छायांकन हुने चलचित्रको निर्माण कार्य अगस्ट महिनासम्ममा पूरा गर्ने उनको योजना छ । 

 

चलचित्रको लागि केहि कलाकारहरु छनौट भइसकेको र थपको लागि कुराकनी भइरहेको निर्देशक वैरागले बताएका छन् । चलचित्रमा अभिनय गर्न केहि कलाकार नेपालबाट समेत ल्याइंदैछ । 

 

'चलचित्र कैदीको पत्र स्व साहित्यकार मानन्धरको सम्मानमा उहांप्रति समर्पित गरेर बनाइन लागेको चलचित्र हो', निर्देशक वैराग भन्छन्, 'मन छुने सामाजिक विषयवस्तु बोकेको कथालाई न्याय हुने गरी चलचित्रमा उतार्ने मेरो हरसम्भव कोशिस रहनेछ ।' 

 

 २ दशक पहिला बेलायत आउनुअघि निर्देशक वैरागले थुप्रै सडक नाटक तथा दर्जनौं टेलिफिल्महरुमा निर्देशन, लेखन तथा अभिनय गरेका थिए । वैरागले केहि चलचित्रको लागि समेत संवाद, गीत लेखनको कार्य गरेका थिए । पछिल्लो समय उनको लेखन, निर्देशन तथा अभिनयमा बेलायतमा देखाइएका नाटकहरु भिमसेन थापा, जिगिषा र समयदृश्य निकै रुचाइएका थिए । 

 

 

 


थप समाचार

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

  • 10 minutes ago
किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

काठमाडौं । हर्मोन कुनै कोष वा ग्रन्थीबाट उत्पादन हुने रसायन हो । हाम्रो शरीरमा कुल दुई सय तीन किसिमका हर्मोन हुन्छन्, जसले फरक–फरक क्रियालाई नियन्त्रण गर्छन् ।

लोपउन्मुख मोहली बाजा बजाउँदै ढकाल

  • 19 minutes ago
लोपउन्मुख मोहली बाजा बजाउँदै ढकाल

रामपुर । पाल्पाको रामपुुर नगरपालिका–६ मा बस्ने टिकाराम ढकालले लोपउन्मुख मोहली बाजा बजाउँदै ।

सिलाई कटाई तालिमका १० जना उत्कृष्टलाई सिलाई मेशिन वितरण

  • 29 minutes ago
सिलाई कटाई तालिमका १० जना उत्कृष्टलाई सिलाई मेशिन वितरण

दाङ, घोराही । दाङको गडवा गाउँपालिकाद्वारा जीविकोपार्जनका लागि सञ्चालित सिलाई कटाई तालिमका १० जना उत्कृष्ट सहभागीलाई सिलाई मेशिन वितरण ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

काठमाडौं । हर्मोन कुनै कोष वा ग्रन्थीबाट उत्पादन हुने रसायन हो । हाम्रो शरीरमा कुल दुई सय तीन किसिमका हर्मोन हुन्छन्, जसले फरक–फरक क्रियालाई नियन्त्रण गर्छन् ।

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।