पूर्वएमाले नेताको खुलासाः ‘माछा मार्न भन्दै गोरेले ब्याट्री र तार लगेका थिए’

ब्याट्रीले करेन्ट लगाएर सनमको हत्या

  • शुक्रबार, ११ जेष्ठ, २०७५
  • 10 months ago
  • नेपाल
सुनकाण्डका नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’

काठमाडौं । सुनकाण्डका नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’ ले माछा मार्न भन्दै लगेको ब्याट्रीबाट करेन्ट लगाएर आफ्ना साथी सनम शाक्यको हत्या गरेको खुलेको छ । 

मोरङको उर्लाबारी निवासी  ‘गोरे’ ले बिहीबार साँझ पक्राउ परेका उर्लाबारी नगरपालिका–२ निवासी सुन व्यापारी रेवत आचार्यले शुक्रबार यस्तो खुलासा गरेका हुन् । 

साढे ३३ किलो सुनकाण्ड र सनम हत्याकाण्डमा मुछिएका चुडामणि उप्रेती गोरेसँग कनेक्सन पाइएपछि प्रहरीले ३८ वर्षीय आचार्यलाई उर्लाबारीबाटै पक्राउ गरेको थियो । आचार्य पूर्वएमाले स्थानीय नेता पनि हुन् । 

‘बक्राहा खोलामा माछा मार्न भन्दै गोरले मेरैबाट ब्याट्री र तार लगेका थिए’, उनले भने, ‘तर, त्यही ब्याट्रीबाट करेन्ट लगाएर सनमको ज्यान लिएको मैले पनि प्रहरीबाट थाहा पाएँ ।’

उर्लाबारीकै कान्छी चोक नजिकै रहेको जंगलमा पिकनिक खान भन्दै लगिएका सनमलाई गोरे र उनका अन्य सहयोगीले यातना दिने क्रममा करेन्ट लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

गत माघ ७ गते त्रिभुवन विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन हराएपछि तस्करीका नाइके भनिएका चूडामणि उप्रेती ‘गोरे’ नेतृत्वको समूहले सनम शाक्यलाई गत फागुन १८ गते हत्या गरेका थिए । 

तस्करी गरेर विमानस्थलबाट निकालिएपछि अनामनगर र पुरानो बानेश्वर आसपासबाट हराएको सुन अझै फेला परेको छैन ।  

थप समाचार

क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

  • 2 hours ago
क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

एजेन्सी–लिबियाका पुर्व शासक जनरल मुअम्मर गद्धाफीको अन्त भएको ५ वर्ष बितिसकेको छ । तर, आज पनि उनको चर्चा हुने गरेको छ ।

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

  • 3 hours ago
कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

  • 3 hours ago
याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

विचित्र विश्व