सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग खेल्ने, पहिलाे राेजाइमा रहेर लाहाेर क्वालन्डर्समा अाबद्ध

  • मंगलबार, ४ मंसिर, २०७५
  • 2 months ago
  • खेल
फाइल फाेटाे

काठमाडौं । पाकिस्तान सुपर लिग (पिसिएल)मा नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने आबद्ध भएका छन् ।

 

मंगलबार भएको अक्सनमा सन्दीपलाई लाहोर क्वालन्डर्सले पहिलो नम्बरमा भित्र्याएको हो । 

 

लाहोरले गोल्ड क्याटागोरीमा पहिलो रोजाइका साथ भित्र्याएसँगै सन्दीपले न्युनतम ५० हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । 

 

पिएसएलमा आगामी १४ फेब्रुअरीदेखि १७ मार्चसम्म यूएई र पाकिस्तानमा गरी ५ टीमबीच प्रतिस्पर्धा हुनेछ ।

 

सन्दीप आवद्ध टिममा पाकिस्तानका फखर जमान, दक्षिण अफ्रिकाका एबी डिभिलियर्स, पाकिस्तानकै मोहमद हाफिज, यासिर साह, वेस्ट इन्डिजका कार्लोस बाथवेट, दक्षिण अफ्रिकाका कोरि एन्डर्सन छन् । 

 

पिएसएलमा आबद्ध भएसँगै सन्दीप नवौं विदेशी फ्रेन्चाइज लिगमा आवद्ध भएका छन् ।


थप समाचार

स्थानीय तहमा जनप्रतिनिधि आएपछि बढ्न थाल्याे अख्तियारमा उजुरी

  • 24 minutes ago
स्थानीय तहमा जनप्रतिनिधि आएपछि बढ्न थाल्याे अख्तियारमा उजुरी

डोटी । सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा जनप्रतिनिधि आएपछि अनियमितता र भ्रष्टाचारका उजुरी बढी पर्न थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

  • 1 hour ago
बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

बाजुरा । जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन् ।

‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

  • 1 hour ago
‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

काठमाडौं । फिल्म ‘परीः उड्न देऊ’ फिल्मको निर्माणको औपचारिक घोषणा भएको छ । यो फिल्मलाई निशान कश्यापले निर्देशन गर्ने भएका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।