सन्दीप लामिछानेकाे उत्कृष्ट प्रदर्शनसँगै मेलबर्न स्टार्स बिबिएलकाे सेमिफाइनलमा

  • आइतबार, २७ माघ, २०७५
  • 6 days ago
  • खेल
फाइल फाेटाे

अष्ट्रेलियामा जारी बिग बास लिगमा नेपाली क्रिकेटर सन्दीप लामिछाने सहभागि टोली मेलबर्न स्टार्सले सेमिफाइनलको यात्रा तय गरेको छ । मेलबर्न स्टार्सले सेमिफाइनल यात्रा तय गर्दै गर्दा टोलीको जितमा लामिछानेले प्रभावशाली प्रदर्शन गरे ।

 

उत्कृष्ट चारमा पुग्नका लागि अनिवार्य जित आवश्यक परेको खेलमा टोलीले सीड्नी सिक्सर्सलाई ९४ रनले पराजित गरेको हो। मेलबर्न स्टार्सले बनाएको १६८ रनलाई पार गर्न आएको सिड्नी सिक्सर्स ७४ रनमा नै अलआउट हुन पुगेको थियो।

 

पछिल्लो क्रमका खेलाडीहरू सन्दीपको घुमाउरो बलको शिकार भएका थिए । ३.४ ओभर बलिङ गरेका उनले ११ रन दिएर तीन विकेट लिए । लिगको तीन खेलमा तीन कप्तान सन्दीप लामिछानेको बलिङको सिकार भए ।

 

आठौं ओभरमा बलिङ गर्न आएका उनले आफ्नो पहिलो ओभरको पाँचौ बलमा साम कुरेनलाई एलबीडब्लुको धरापमा पारेका थिए ।

 

त्यसपछि १२ औं ओभरमा बेन ड्वारसुइसलाई कप्तान म्याक्सवेलबाट क्याच आउट गराएका थिए । उनले तेस्रो विकेट लिएसँगै विपक्षी टीमको सबै विकेट पतन भएको थियो ।

 

यसअघि उनको टोली मेलवर्न स्टार्सले टस जितेर पहिलो ब्याटिङ पाएपछि पुरा ओभर खेलेर १६८ रन जोडेको थियो।

 

टोलीको प्रदर्शन कप्तान ग्लेन म्याक्सवेलको वरिपरि घुमेको थियो । उनले ४३ बल खेलेर ८२ रन जोडेपछि टोली चुनौतीपूर्ण स्कोर बनाउन सफल भएको हो । जसमा उनले ६ छक्का र चार चौका प्रहार गरेका थिए ।

 

कप्तानलाई साथ दिने क्रममा पिटर ह्यान्ड्सकमले ३५ रन जोडे। यसअघि ओपनर मार्कुस स्टोइनिसले ३४ रन जोडेका थिए ।


थप समाचार

खराब माैसमका कारण साेलुखुम्बुमै राेकिइन् राष्ट्रपति भण्डारी

  • 1 hour ago
खराब माैसमका कारण साेलुखुम्बुमै राेकिइन् राष्ट्रपति भण्डारी

सोलुखुम्बु । सोलुखुम्बु बहुमुखी क्याम्पसको रजत जयन्ती समारोह उद्घाटनमा सहभागी हुन पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी उतै रोकिएकी छन् ।

नयाँ बानेश्वरबाट तीन थान बन्दुक बरामद

  • 1 hour ago
नयाँ बानेश्वरबाट तीन थान बन्दुक बरामद

काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरबाट ३ थान बन्दुक बरामद गरिएको छ ।

पाँच कम्पनीकाे शेयर सूचिकृत

  • 1 hour ago
पाँच कम्पनीकाे शेयर सूचिकृत

काठमाडौँ । धितोपत्र बजारमा यस साता विभिन्न पाँच कम्पनीका शेयर सूचीकृत भएका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।

विचित्र विश्व

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

एजेन्सी । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।