क्यानेडीयन लिगमा सन्दीप लिए ३ विकेट, मोन्ट्रेलको दोस्रो जित

  • बुधबार, २७ आषाढ, २०७५
  • 1 year ago
  • खेल
Education Park

काठमाडौं । नेपाली युवा खेलाडी सन्दिप लामिछानेले क्यानेडीयन लिग ग्लोबल टी–२० क्रिकेट लिगमा पुनः शानदार प्रदर्शन गरेका छन् । 

 

मंगलबार राति सम्पन्न खेलमा लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम मोन्ट्रेल टाइगर्सले शीर्ष स्थानको वेष्ट इण्डिज ‘बी’ लाई ६ विकेटले हराएर मोन्ट्रेलले दोस्रो जित निकालेको हो ।

 

खेलमा सन्दीपले उकृष्ट बलिङ गरे । सन्दीपले वेष्ट इण्डिज ‘बी’ विरुद्ध चार ओभर बलिङ गर्दै ३१ रन खर्चेर ३ विकेट लिए । प्रतियोगितामा यो सन्दीपको आठौं विकेट हो । सन्दीपले अघिल्ला तीन खेलमा समान एक एक विकेट लिएका थिए । त्यस्तै चौथो खेलमा दुई विकेट लिएका थिए ।

 

सन्दीपले ३ विकेट लिएपछि वेष्ट इण्डिज ुबीु ले मोन्ट्रेललाई जितका लागि १६३ रनको लक्ष्य दिएको थियो । वेष्ट इण्डिज ुबीु ले दिएको १६३ रनको लक्ष्य मोन्ट्रेलले १७ ओभर ३ बलमा ४ विकेट गुमाएर पुरा गर्यो । मोन्ट्रेलको लागि सुनील नारिनेले ६१ रन जोड्दा मोसेस हेनरिक र सिकन्दर राजाले समान ३२(३२ रन जोडे ।

 

पहिला ब्याटिङ गरेको वेष्ट इण्डिजले पुरै २० ओभरमा ७ विकेट गुमाएर १६२ रन जोडेको थियो । वेष्ट इण्डिजका शामर स्प्रिनगरले ६२ रन जोडे । मोन्ट्रेलका सन्दीपले ३ विकेट लिदा सिसिल परभेजले २ विकेट लिए ।

 

यो जितसँगै मोन्ट्रेलले ६ खेलबाट ४ अंक जोडेको छ । मोन्ट्रेल लिगको पाँचौ स्थानमा छ ।


थप समाचार

एनआरएन यूके अध्यक्षमा न्यौपानेको उम्मेदवारी घोषणा

  • 7 hours ago
एनआरएन यूके अध्यक्षमा न्यौपानेको उम्मेदवारी घोषणा

शनिबार प्लमस्टिडको गेसो हलमा घोषणासभा गरेर वर्तमान कार्यसमितिका उपाध्यक्ष न्यौपानेले आउँदो कार्यकाल को अध्यक्षको लागि उम्मेदवारी घोषणा गरे । 

युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

  • 14 hours ago
युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

काठमाडौँ । सरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ । राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्र

बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

  • 14 hours ago
बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

रुपन्देही । अखिल नेपाल भिक्षु महासङ्घले रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र सिद्धार्थ राजमार्गको शङ्करनगर चोकदेखि नयाँ मिलसम्म सुनियोजित तवरमा एकै पटक पाँच वटा बुद्धमूर्ति तोडफोड भएको घटनाले शान्तिका



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

नियमित महको सेवनले हाम्रो स्वास्थमा धेरै फाइदा पुर्याउछ । मानव स्वास्थको लागि बहुउपयोगी मानिन्छ । मह सही तरिकाले खाइएन भने यसले स्वास्थमा नराम्रो असर पनि गर्न सक्छ ।