सन्दिपको उत्कृष्ट प्रदर्शन, तर टिम भने ६ विकेटले पराजित

  • शुक्रबार, २५ साउन, २०७५
  • 4 months ago
  • खेल

काठमाडौं । क्यारेबियन प्रिमियर लिगको डेब्यु खेलमा नेपाली युवा स्पिनर सन्दिप लामिछानेले व्यक्तिगत उत्कृष्ट प्रदर्शन गरेका छन् । लिगको दोस्रो खेलका क्रममा सन्दिपको टोली एसटी किट्स एन्ड नेभिस प्याट्रियोट्सलाई गुयना एमाजोन वारियर्सले २४ बल बाँकी रहँदै ६ विकेटले पराजित गरेको हो ।

 

यद्यपि व्यक्तिगत रुपमा भने सन्दीपले क्यारेबियन प्रिमियर लिगमा पनि आफ्नो जादु चलाए । दोस्रो ओभरमा बलिङमा उत्रेका सन्दिपले आफ्नो पहिलो बलमै गुयना अमाजोन वारियर्सका चाडविक वाल्टनलाई ५ बलमा ९ रन बनाएको अवस्थामा आउट गरेका थिए ।

 

सन्दिपको टिमका लागि ब्याटिङमा कप्तान क्रिस गेलले गतिलो पारी खेले पनि जिताउन सकेनन् । उनले ६५ बलमा ८६ रनको शानदार पारी खेले पनि गुयना वारियर्सले जित निकाल्दै त्यो स्कोरलार्इ छायामा पारिदियो ।

 

आफ्नो टिमका लागि कसिलो बलिङ गरेका सन्दिप सबैभन्दा किफायती बलर पनि बने । ४ ओभर बलिङ गर्दै उनले केबल १२ रन मात्रै खर्चेर २ विकेट लिन पनि सफल भए ।

 

खेलको १० औँ ओभर पनि सन्दिपले विकेट लिए । दशौँ ओभरको दोस्रो बलमा उनले गुएना वारिर्यसका जोसन मोहम्मेदलाई पेभेलियन पठाए । मोहम्मेदले १६ बलमा १८ रन बनाएको अवस्थामा सन्दीपले कुपरमार्फत् क्याच आउट गराइदिएका थिए ।

 

यद्यपित यसअघि सन्दिपको टोली एसटी किट्स एन्ड नेभिस प्याट्रियोट्सले पहिले ब्याटिङ गर्दै तुलनात्मकरुपमा कम्जोर प्रदर्शन गरेको थियो । उसले ५ विकेटको क्षतिमा केबल १४५ रन मात्रै बनाएको थियो । 

 

१४६ रनको चुनौती पाएको गुएना वारियर्सले १७ औ ओभरमा ४ विकेट गुमाउँदै १४८ रन बनाएर जित दर्ता गर्न सफल भयो ।


थप समाचार

यसकारण च्याउ खानुहोस्

  • 1 hour ago
यसकारण च्याउ खानुहोस्

च्याउले प्रसस्त मात्रामा भिटामिन र खनिज पदार्थ प्रदान गर्छ । खानपानले विभिन्न रोगहरु लाग्न नदिन र निराकरणमा मद्दत गर्ने त सबैलाई थाहै छ । त्यस्तै, च्याउको सेवनले पनि विभिन्न रोग लाग्नबाट बच्न सकिन्छ ।

सर्वोच्च अदालतको फैसलापछि राजापाक्षेद्धारा राजिनामा

  • 1 hour ago
सर्वोच्च अदालतको फैसलापछि राजापाक्षेद्धारा राजिनामा

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा प्रधानमन्त्रीमा नियुक्त महेन्दा राजापाक्षेले शनिबार राजीनामा दिएका छन् । राजापाक्षेले आफ्नै निवासमा राजीनामा पत्रमा हस्ताक्षर गरेको भ

बेइजिङमा गोदाम खोल्न विलम्ब गर्दै ‘क्यानाडा गुस’

  • 1 hour ago
बेइजिङमा गोदाम खोल्न विलम्ब गर्दै ‘क्यानाडा गुस’

बेइजिङ । क्यानाडाको सुप्रसिद्ध कपडा ब्राण्ड, ‘क्यानाडा गुस’ ले बेइजिङमा बिस्तार गर्ने तयारीमा रहेको भनिएको आफ्नो भण्डारलाई क्यानाडा र चीनबीच देखिएको कूटनीतिक विवादले विलम्ब गराउने जनाएको छ ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

यसकारण च्याउ खानुहोस्

यसकारण च्याउ खानुहोस्

च्याउले प्रसस्त मात्रामा भिटामिन र खनिज पदार्थ प्रदान गर्छ । खानपानले विभिन्न रोगहरु लाग्न नदिन र निराकरणमा मद्दत गर्ने त सबैलाई थाहै छ । त्यस्तै, च्याउको सेवनले पनि विभिन्न रोग लाग्नबाट बच्न सकिन्छ ।

विचित्र विश्व

जीवनमा सदैव गोप्य राख्नुपर्ने केही कुराहरु

जीवनमा सदैव गोप्य राख्नुपर्ने केही कुराहरु

एजेन्सी । जीवनमा केही यस्ता कुराहरु हुन्छन् जसलाई गोप्य राख्नु नै उचित हुन्छ । गोप्यता राख्नुपर्ने कुरालाई पनि उजागर गर्दा जीवनमा धेरै समस्याहरु आउने गरेका छन् ।