सीपीएलमा सन्दीपले लिए ‘गेम चेन्जिङ’ विकेट

  • बुधबार, ६ भदौ, २०७५
  • 8 months ago
  • खेल

काठमाडौं । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले क्याराबिन प्रिमियर लिग (सीपीएलं) अन्तरगत बुधबार बिहान (स्थानीय समय अनुसार मंगलबार साँझ) चौथो खेल खलेका छन् । यस अघिका तीन खेलमा झैं यसमा पनि सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका छन् । 

 

सीपीएलको चौथो खेलमा २ ओभर बलिङ गर्न पाएका सन्दीपले आफ्नो टोली ‘सान्ट किट्स एण्ड नेभिज प्याट्रियट’ का लागि १३ रन खर्चिएर २ विकेट लिएका छन्।  क्रिस गेलको कप्तानीमा रहेको सन्दीपको टोली ‘सान्ट किट्स एण्ड नेभिज प्याट्रियट’ले  चौथो खेलमा किरन पोलार्डको कप्तानीमा रहेको ुसान्ट लुसिया स्टार्सुसँग प्रतिस्पर्धा गरेको थियो । यस खेलमा सन्दीपको टोलीले ७ विकेटको जित हात पार्‍यो ।  

 

टस हारेर पहिले ब्याटिङको निम्ता पाएको सान्ट लुसिया स्टार्सले १२।३ ओभरमा सबै विकेट गुमाई ६९ रन मात्रै बनाउन सक्यो । ७० रनको झिनो लक्ष्य पाएको ‘सान्ट किट्स एण्ड नेभिज प्याट्रियट’ले ७।४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पार गर्‍यो । 

 

सन्दीप लामिछानेले ९ र १२औं ओभरमा बलिङ गरेका थिए । ९ औं ओभरमा ६ रन दिएर १ विकेट लिएका सन्दीपले अस्ट्रेलियाका आक्रमक ब्याट्सम्यान डेभिड वार्नरलाई आउट गराए । ओपनर वार्नर १७ बलमा १४ रन बनाएर पेभेलियन फर्किएर । यस ओभरमा ६ रन दिए ।  १२ औं ओभरमा आक्रमक ब्याटिङ गरिरहेका पाकिस्तानी क्रिकेटर क्वाइस अहमदलाई आउट गराए ।  उनले १८ बलमा २४ रन बनाएका थिए । यस ओभर उनले ७ रन दिए । 

 

सन्दीपले लिएका दुवै विकेट निकै महत्वपूर्ण रहे । विश्वकै उत्कृष्ट ब्याट्सम्यान मध्येका एक मानिने डेभिड वार्नरको विकेट लिनु र सान्ट लुसिया स्टार्सका लागि सबैभन्दा धेरै स्कोर गर्ने अहमदलाई आउउ गराइ टोलीको जितका लागि सन्दीपले महत्वपूर्ण योगदान गरे । 

 

यसअघिका ३ खेलसहित सन्दीपले सीपीएलमा विकेट ७ विकेट लिएका छन् । सन्दीपले पहिलो  खेलमा २, दोस्रो खेलमा १ र तेस्रो खेलमा २ विकेट लिएका थिए । आजको अन्नपूर्ण पोस्ट्बाट । 


थप समाचार

निर्मलाका हत्यारालाई कार्वाहीको माग गर्दै अधिकारकर्मीको धर्ना

  • 11 minutes ago
निर्मलाका हत्यारालाई कार्वाहीको माग गर्दै अधिकारकर्मीको धर्ना

महेन्द्रनगर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै आज अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना दिएका छन् ।

अस्थायी शिक्षकद्धारा आन्दोलनको घोषणा

  • 15 minutes ago
अस्थायी शिक्षकद्धारा आन्दोलनको घोषणा

काठमाडौँ । अस्थायी शिक्षकलाई रोजगार विहिन बनाएको भन्दै अस्थायी शिक्षक केन्द्रीय संघर्ष समितिले आन्दोलन गर्ने भएको छ । उनीहरु अस्थायी शिक्षकलाई विस्थापन नगरी पटक–पटक परीक्षा दिने व्यवस्था गर्न माग गरेक

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

  • 27 minutes ago
यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

एजेन्सी । कुनै चिजलाई एकै साथमा खाँदा शरिरमा बेफाइदा हुने गर्दछ । यी खानेकुरा खाँदा शरिरलाई गर्छ ठुलो हानी ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

एजेन्सी । कुनै चिजलाई एकै साथमा खाँदा शरिरमा बेफाइदा हुने गर्दछ । यी खानेकुरा खाँदा शरिरलाई गर्छ ठुलो हानी ।