सन्दीप लामिछाने अाज चेन्नर्इ सुपर किंग्स विरूद्ध मैदानमा उत्रने सम्भावना प्रबल !

  • शुक्रबार, ४ जेष्ठ, २०७५
  • 7 months ago
  • खेल

काठमाडौं । भारतीय क्लब क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता आइपिएलमा आज चेन्नई सुपर किंग्स र दिल्ली डेयरडेभिल्सबीच भिडन्त हुँदैछ ।

 

अंक तालिकाको पुछारमा रहेको दिल्ली डेयरडेभिल्सले अंक तालिकाको दोस्रो स्थानमा रहेको चन्नई सुपर किंग्ससँग दिल्लीको घरेलु मैदान फिरोज शाह कोट्ला स्टेडियममा प्रतिस्पर्धा गर्न लागेको हो ।

 

जारी प्रतियोगिताबाट बाहिरिसकेको दिल्ली डेयरडेभिल्सको लागि आजको खेलमा जित–हारको खासै अर्थ नभएपनि नेपाली राष्ट्रिय टोलीका १७ वर्षीय लेग स्पिनर सन्दीप लामिछाने यो टीममा रहेका कारण उनले खेल्न पाउँछन् कि पाउँदैनन् भन्ने प्रश्न नेपाली खेलप्रेमीका चासोको विषय बनेको छ ।

 

चेन्नईसँगको आजको खेलमा लेग स्पिनर सन्दीप लामिछानेले खेल्न पाउने सम्भावना प्रबल छ । रोयल च्यालेन्जर्स बैंग्लोर विरूद्धको अघिल्लो खेलबाट आइपिएलको मैदानमा डेब्यू गरेका सन्दीपले उक्त खेलमा राम्रो छाप छाडेका थिए । उक्त खेलमा गरेकाे प्रदर्शन लगत्तै सन्दीपले अाइसीसीकाे विश्व-११ टाेलीमा समेत स्थान बनाएका थिए ।

 

बैंग्लोरसँगको खेलमा सन्दीपले पूरै ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर १ विकेट झारेका थिए । उक्त खेलमा विश्वका चर्चित ब्याट्सम्यान बिराट कोहली र एबी डी भिलिसर्य सन्दीपको बलमा खुलेर खेल्न सकेका थिएनन् । त्यसैले बैंग्लोरविरुद्ध गरेको राम्रो प्रदर्शनपछि उनले फेरी टोलीमा स्थान बनाउने लगभग पक्का रहेको छ।

 

सन्दीपसँगै अघिल्लो खेलमा डेब्यु गरेका दक्षिण अफ्रिकाका जुनियर डालाले ३ ओभरमा ३४ रन खर्चिएकाले सन्दीपको सम्भावना धेरै देखिन्छ । प्रत्येक टोलीले ४ जना विदेशी खेलाडी खेलाउन पाउनेछन्। ग्लेन म्याक्सवेल पनि फर्ममा नरहेकाले सन्दीपले खेल्ने सुनिश्चित देखिएको छ ।


थप समाचार

दीपिकाद्वारा रणवीरको ‘श्रीमती’ बन्न अस्वीकार

  • 4 minutes ago
दीपिकाद्वारा रणवीरको ‘श्रीमती’ बन्न अस्वीकार

काठमाडौँ । अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंह केही समयअघि मात्र विवाह बन्धनमा बाँधिएका छन् । धूमधामका साथ विवाह गरेको यो जोडीलाई बलिउडको हट जोडी पनि मानिन्छ ।

यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुन्छः मन्त्री पुन

  • 18 minutes ago
यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुन्छः मन्त्री पुन

रोल्पा । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुने बताएका छन् । बिहीबार रोल्पाको थवाङमा आयोजित प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटनका क्रममा मन्

निराश आर्यनको कमेडी चाल

  • 30 minutes ago
निराश आर्यनको कमेडी चाल

काठमाडौँ । कुनै समय थियो, नायक आर्यन सिग्देलले खोके मात्रै पनि फिल्म हिट हुन्थ्यो । फिल्म निर्माताहरु उनलाई लिन तँछाडमछाड गर्ने तर अहिले समय उनको साथमा छैन । न निर्माण गरेको फिल्म चल्यो न पछ्याउने नि



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।