IIMS College

ISMT

HUB Education

संखुवासभा तमु समाज बेलायतको ल्होसार तथा १० औं वार्षिकोत्सव

  • सोमबार, १४ पुष, २०७६
  • 1 month ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । संखुवासभा जिल्ला घर भइ बेलायतमा बस्ने गुरुङ समुदायले एक कार्यक्रमका साथ तमु ल्होसार मनाएको छ ।   

 

संखुवासभा तमु समाज बेलायतले शनिबार लण्डनको फेल्थाम कम्युनिटी कलेजमा तमु ल्होसार महोत्सव तथा संस्थाको १० औं वार्षिकोत्सव मनाएको हो । 

 

कार्यक्रममा बेलायतभरबाट ३ सय बढि संखुवासभाली तमुहरु भेला भएका थिए । जसमा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु पस्किएको थियो । 

 

कार्यक्रममा अतिथिहरु नारायण श्रेष्ठ, अमृत घले , सल्लाहकार गोकर्ण गुरुङ, भीमबहादुर गुरुङ, भोलामान गुरुङ, अमृत गुरुङ, सुरेश गुरुङ, पदम गुरुङसहित विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

 

संखुवासभा तमु समाज बेलायतका कार्यवाहक अध्यक्ष विरेन गुरुङ ,संखुवासभा समाज बेलायतका अध्यक्ष नैनाशिंक गुरुङ र संखुवासभा तमु समाज बेलायतका निवर्तमान अध्यक्ष गोकर्ण गुरुङले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

 

 

कार्यक्रममा समाजका कार्यवाहक अध्यक्ष बिरेन गुरुङले उपस्थित सबैमा ल्होसार तथा १० औं वार्षिकोत्सवको शुभकामना व्यक्त गरे । संस्थाका महासचिव सल बहादुर गुरुङले औपचारिक कार्यक्रम सञ्चालन गर्दैै  वार्षिकोत्सवबारे जानकारी गराए ।      

 

त्यस्तै, निवर्तमान अध्यक्ष गोकर्ण गुरुङले तमु ल्होसारको शुभकामना दिंदै संखुवासभा तमु समाज बेलायत कहिले र कसरी स्थापना गरियो भन्नेबारे जानकारी प्रस्तुत गरे । संखुवासभा समाज बेलायतका अध्यक्ष नैना शिंक गुरुङले समाज किन आवश्यक छ र कसरी संगठित रुपमा अघि बढ्ने भन्ने सम्बन्धमा मन्तव्य राखे । 

 

एनआरएनए यूके राज्य समन्वय परिषद वेल्सका उपाध्यक्ष तथा नेपाली समाज वेल्सका अध्यक्ष अमृत घलेले बेलायतस्थित सम्पुर्ण नेपाली संघसंस्थासंग मिलेर सामाजिक कार्य गर्नु आवश्यक रहेको धारणा राखे ।  

 

 

संखुवासभा तमु समाज बेलायतका महिला विभाग संयोजक तथा संस्थाकी उपाध्यक्ष सरिता घलेले उपस्थित सबैमा ल्होसारको शुभकामना दिंदैै औपचारिक कार्यक्रम समापन मारिन् । 

 

कार्यक्रमको अन्तिम चरणमा डिजिटल साउण्डका डिजे बाबुराम गुरुङको प्रस्तुतिमा मध्यरातसम्म डिजे नाचमा कार्यक्रमका सहभागीहरु रमाएका थिए । 

 

 


थप समाचार

युवाको आकर्षण भएन मकै खेतीमा

  • 25 minutes ago
युवाको आकर्षण भएन मकै खेतीमा

फिदिम । कृषि ज्ञान केन्द्रले मकैको उत्पादन र उत्पादकत्व वृद्धि गर्न पाँचथरमा १३५ हेक्टर क्षेत्रफलमा विशेष कार्यक्रम लागू गरेको छ । मकैको सघन उत्पादनका लागि तीन प्रकारका कार्यक्रम कार्यान्वयन गरेको हो

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

  • 31 minutes ago
आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर स

प्रिमियर लिगः पुछारमा रहेको नर्वीच सिटीले लेस्टर सिटीलाई हरायो

  • 44 minutes ago
प्रिमियर लिगः पुछारमा रहेको नर्वीच सिटीले लेस्टर सिटीलाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत नर्वीच सिटीले लेस्टर सिटीलाई पराजित गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा नर्वीच सिटीले लेस्टरलाई १-० गोलले पराजित गरेको हो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण एलोभेरा जुस पिउने

यसकारण एलोभेरा जुस पिउने

काठमाडौं । घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्येको एलोभेरा एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुसको सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

विचित्र विश्व

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर समेत हैरान भएका छन् ।